झापा ,०६ असोज । झापाको बुट्टाबारीमा यात्रु बाहक बस र हाइलेक्स गाडी ठोक्किँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड -६ स्थित बुट्टावारिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ६४७२ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट गइरहेको बा २० च १७३८ नम्बरको हाइलेक्स गाडी एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

यात्रुबाहक बससँग हाइलेक्स गाडी ठोक्किँदा हाइलेक्सको अगाडिको भाग क्षतिग्रस्त भएको छ भने दुर्घटनामा परी हाइलेक्सका चालक कनकाई नगरपालिका- २ निवासी केशव चौधरी र सोही गाडीमा सवार बिर्तामोड- ५ निवासी योगेन्द्र भुर्तेल र
बसमा सवार मोरङकी स्वस्तिका राई सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको र इलाका प्रहरी कार्यालय अनारमनिले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । दुर्घटना हुँदा केही समय सडक अवरुद्ध बनेको थियो ।