काठमाडौं, ६ असाेज । नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन २५ असोजमा कपिलवस्तुमा हुने भएको छ ।

बुधबार सम्पन सचिवालयको बैठकले पार्टीको ९औं महाधिवेशन २५ असोज देखी ३१ सम्म कपिलवस्तुमा गर्ने भएको पार्टी प्रवक्ता प्रकाण्डले जानकारी दिएका छन्, ।

यसअघि यही असोज १ गतेदेखि काठमाडौंमा हुने भनिएको महाधिवेशन समय र परिस्थिति नै प्रतिकुल हुन गएकोले केही समय सरेको जानकारी गराएको नेकपाले अब २५ असोज देखी ३१ सम्म महाधिवेशन हुने जानकारी दिएको छ।

प्रवक्ता प्रकाण्डले महाधिवेशनले ९ औं महाधिवेशन विचार, राजनीतिक बहसको हिसाबले ऐतिहासिक हुने बताए । प्रवक्ता प्रकाण्डले महाधिवेशनको सम्पूर्ण तयारी अन्तीम चरणमा रहेको बताउदै बाँकी तयारीमा जुट्न सिंगो पार्टी पंक्तिलाई निर्देशन गरिएको जानकारी दिएका छन्,।