बिराटनगर ,१० असोज । नेपाल कम्युनिस्ट पार्टीले क्रान्ति नगर्ने भन्दै धर्मेन्द्र बास्तोलाको नेतृत्वमा रहेको नेकपा (बहुमत) मा गएका थुप्रै नेताकार्यकर्ता धमाधम पुनः नेकपामा फर्किन थालेका छन्,।

हिजो आइतबार नेकपा (बहुमत) का मोरङ जिल्ला सचिव पूर्ण घिमिरे सहित जिल्ला समिति र नगरका नेताकार्यकर्ता नेकपामा फर्किएका छन्,। उनिहरुले नेकपा बहुमतले क्रान्ति गर्न नसक्ने र स्वार्थको गुट रहेको निष्कर्ष निकाल्दै पुनः नेकपामा फर्किएको बताएका छन्,।

नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा, पार्टीका केन्द्रीय सदस्य तथा झापा /मोरङ इन्चार्ज सुमन लिम्बु लगायतको टोलीले उनीहरुलाई आत्मालोचना सहित पार्टीमा प्रवेश गराएका हुन्,। नेकपामा सचिव पूर्ण नेतृत्वको जिल्ला समिति, नगर समिति, गाउँ कमिटी र पार्टी सदस्य एवं शुभचिन्तकहरु सहित दर्जनौं नेता कार्यकर्ता नेकपामा फर्किएको झापा /मोरङ इन्चार्ज सुमन लिम्बूले जानकारी दिए। उनीहरुले धर्मेन्द्र समूह क्रान्तिबाट भागेको, पार्टीले अनुशासनको कारवाही गरेकाहरुकाे गुट रहेको बताउदै क्रान्तिको नेतृत्व विप्लव र नेकपाबाट मात्र सम्भव रहेको भन्दै मूलघरमा फर्किएको बताएका छन् ।

grace