काठमाडौं,२ कात्तिक । नाबालिक बलात्कार अभियोगमा हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिनको म्याद थपेको छ ।

अघिल्लोपटक थपिएको सात दिनको म्याद सकिएपछि प्रहरीले आज सन्दीपलाई अदालत उपस्थित गराएको थियो । अनुसन्धान नसकिएको भन्दै प्रहरीले समय थप्न माग गरेपछि ४ दिनको म्याद थप भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले अदालतले थप चार दिनको म्याद दिएको जानकारी दिए।

grace