सुमनसिंह सि
घामको गतिलाई समाउ
यसले तिमिलाई सहि बाटो हिंडाउछ

तिमि रहेको स्थानमा
एकछिन घाम ओझेल पर्न पनि सक्छ
तर घाम रोकिएको छ भन्ठान्ने लफङ्गाहरु मूर्ख हुन

घामको लयलाई समाउ
यसले तिमिलाई बिग ब्याङ् संग साक्षत्कार गरांउछ
ब्रह्माण्ड बुझ्ने तिम्रो टाउकोसंग लुटेराहरु तर्सन्छन

घाम संगै यात्रा गर
तिम्रो यात्राले जस्तासुकै षड्यन्त्र र दमन सहजै खरानी पारिदिन्छ

बिजयको सुनौलो दिन
ठुला ठुला ताप र चापको गर्भबाट जन्मन्छ
कमरेड तिमी यहि गर्भमा हुर्किंदै गरेको सुन्दर मानव हौ
तिमिले घामको गतिलाई समाउनै पर्छ…….

grace