गणतन्त्र र संविधानको फल जनताको हातमा पुग्न सकेन- अधिवक्ता भण्डारी

काठमाडौ – जनअधिकार नेपालका संयोजक तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अहिलेको संविधान र गणतन्त्रको फल जनताको हातम पुग्न नसकेको भन्दै संबिधान पुनर्लेखन गर्न जरुरी रहेको बताएका छन। सरकारले देशव्यापी संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाईरहेको बेला सञ्चारकर्मीसङ्ग संक्षिप्त प्रतिक्रिया दिदै भण्डारीले यस्तो टिप्पणी गरेका हुन।
असोज ६ गते हुने जनअधिकार अभियान नेपालको साधारण सभा तथा प्रगतिशील कानुन व्यवसायीको रास्ट्रीय सम्मेलनको पुर्व तयारीबारे जानकारी दिने क्रममा वरिष्ठ अधिबक्ता भण्डारीले नेपालको संविधान बनेको ८बर्ष भएपनि जसले गणतन्त्र , शान्ति र परिवर्तनका लागि योगदान गरे उनीहरुको सपना पुरा नभएको बरु देशमा अस्थिरता, अराजकता र कुशासन हाबी भएको बताए।
“अहिलेको संविधानमा कैयौं राम्रा र प्रगतिशील प्रवाधान छन तर संविधानले अङ्गीकार गरेको संसदीय प्रणाली र विद्यमान निर्वाचन प्रणालीबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुका कारण जनताले गणतन्त्रको अनुभुति गर्न सकेका छैनन् ” उनले भने -“यस्तै अवस्था रह्यो भने देश अझै अफ्ठ्यारो दिशामा धकेलिने खतरा छ।”
संविधानमा शिक्षा , स्वास्थ , रोजगारी ,लगाएतका राम्रा र जनपक्षीय कुराहरू लेखिएको भएपनि समजको वर्गसंरचना र राज्यको दलाल पुँजीवादी चरीत्रका कारण संविधानमा व्यवस्था गरिएका मौलिक अधिकार समेत कार्यान्वयन हुने स्थिति नभएको उनको भनाइ थियो ।