सुर्खेत,२९ कात्तिक । आसन्न मंसिर ४ को निर्वाचन बहिष्कारको घोषण गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले खारेजी अभियान तिव्र पारेको छ।

देशैभर भण्डाफोर तथा विरोध सभा गरिरहेको उक्त पार्टीका केन्द्रीय नेता तथा स्थायी समिति सदस्य विषम सीले एमसीसीमा ल्याप्चे लगाउनेहरुलाई भोट दिने नभई औंला काट्न जनतालाई अपिल गरेका छन्,।

सोमवार सुर्खेतको वीरेन्द्रनगरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी,ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल सहित तीन पार्टीले आयोजना गरेको राजनैतिक ‘भण्डाफोर सभालाई’ सम्वोधन गर्दै स्थायी समिति सदस्य विषमले आक्रमक अभिव्यक्ति दिएका हुन्,।

दलाल संसदीय व्यवस्थाको चुनाबले जनतालाई कहिल्यै पनि मालिक नबनाउने र थप राष्ट्रघात गर्न वैद्यता दिने ठोकुवा गर्दै उनले भने,-“हामीलाई जनता मालिक हुने व्यवस्था चाहिन्छ, एमसीसी जस्ता राष्ट्रघात गर्ने संसदवादी दलहरुको मंसिर ४ को संसदीय व्यवस्था र निर्वाचन होईन, उनीहरु भोट माग्न आउदा औंला काट्नु होस् ।”

नेता विषमले एमसीसीको पैसा खाएर दलालहरु चुनाब लड्न भनेर गाउँ –गाउँमा भोट माग्न आएको भन्दै भोट दिने होईन उनीहरुलाई जनताले चोट दिएर गाउँ– गाउँ बाट लखेट्न आग्रह गरेका छन्,।

नेता विषमले भने,- “एनसेलको ७२ अर्वको कर छुट गरेर कमिशन खाएर २०७४ सालको चुनाव लडे, एमसीसीको पैसा खाएर ०७९ वैशाखको स्थानीय चुनाव लडे र अहिले फेरी एमसीसीको पैसाले मंसिर ४ को चुनाव लड्न संसदवादी राष्ट्रघातीहरु गाउँ –गाउँमा आएका छन ।”

नेता विषमले सत्तामा भएका दलालहरुले चुनावमा कार्यकारी राष्ट्रपतिको एजेण्डा लिएर जनतालाई पुनः भ्रमित पार्दै अमेरिकी मोडलको संसद बनाउन खोजेको र पुन एमसीसीको अत्याचार संगै व्यवस्थामा पनि अमेरिकी मोडलको शासन चलाउन खोजेको टिप्पणी गरेका छन्,।

नेता विषमले भने,-“अपराध र अत्याचारको विरोध गर्दा मरिन्छ भने सहिद भईन्छ, जसले डरलाई जित्छ उसले देश र क्रान्तिलाई जित्नेछ र वैज्ञानिक समाजवादको स्थापना गर्नेछ ।”

उनले नेपालमा संसदीय व्यवस्था र प्रणाली पूर्ण असफल भइसकेकाले अब त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक भएको बताए। नेपालमा वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाले मात्र सवैका समस्या समाधन हुने दाबी गर्दै सबै क्रान्तिकारी शक्ति ,बामपंथी,बुद्धिजीवी,नागरिक समाज र आम जनता एकतावद्ध हुनुको विकल्प नभएको पनि उनलेे बताएका छन्, ।

grace