मेचिनगर,२९ कात्तिक । झापाको मेचिनगर -६ काकडभिट्टाबाट नेपाल प्रहरी र भन्सार कर्मचारीको संयुक्त टोलीले भारतीय बजारबाट तस्करी गरी नेपाल ल्याइएको कपडा सहित अटो पक्राउ गरेको छ।

सोमबार बिहान १२:३० बजेको समयमा मेचि भन्सार कार्यालय काकरभिट्टा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी सहित संयुक्त टोलीले मेचीनगर वडा नं.६ भट्टराई चोक स्थित भारतबाट नेपाल तर्फ आई रोकी राखेको प्र.१-०१-००१ ह ८३५५ नम्बरको अटोलाई सामानसहित पक्राउ गरेको हो ।

उक्त अटोलाई शंका लागी चेकजाच गर्दा अवैध रुपमा भन्सार छली गरी ल्याएको मूल्य रु. ५८,२००।–बराबरको जाडोमा लगाउने टोपी २८२ थान, बच्चाको ट्राउजर ३०० थान फेला परेको र नियन्त्रणमा लिई उक्त अटोको मुल्य रु.२,५०,०००।– गरी जम्मा रु.३,०८,२००।– बराबरको सामान नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

उक्त अटो र सामान आवस्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको पनि प्रहरीले जनाएको छ।

grace