झापा ,२ मंसिर । आसन्न मंसिर ४ को निर्वाचनकाे प्रचारप्रसार अवधि सकिएर मौन अवधि शुरु भैसक्दा पनि नेपाली काङ्ग्रेसका महामन्त्री तथा झापा क्षेत्र नम्बर -१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले डिजिटल प्लेटफर्मको दुरुपयोग गर्दै भोट मागिरहेको पाइएको छ।

मंसिर १ गते बिहिवार मध्य रातको १२ बजेदेखि मौन अवधि शुरु भैसकेको छ भने मौन अवधिमा कुनै पनि तवरबाट प्रचारप्रसार गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ।

यता AT Alert बाट विश्वप्रकाश शर्माको नाममा विभिन्न व्यक्तिहरुलाई मोबाइल नम्बरमा म्यासेज मार्फत विश्वप्रकाश शर्मालाई मत दिन भनिएको छ।

मौन अवधि शुरु भैसकेकाले यसरी मत माग्नु आचारसंहिताको ठाडो उल्लंघन भएको बताउँदै झापा क्षेत्र नम्बर -१ का निर्वाचन अधिकृत टंक बहादुर महतले उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत रहेको र आचारसंहिता विपरीत गतिविधि गर्ने उम्मेदवारलाई कानुनी कारबाही हुने बताएका छन्,।

यस्तो छ उनको म्यासेज :

आदरणीय व्यक्तित्व,
नमस्कार
मंसिर ४ गते मतदानमा सहभागी भएर रुख चिन्हमा मत दिएर विजय गराउनु हुनेछ भन्ने विश्वास लिएको छु l

तपाईंको –
-विश्वप्रकाश शर्मा
चुनाव चिन्ह `रुख´

grace