ईलाम,४ मंसिर | ईलाम जिल्लाका ६ ओटा मतदान केन्द्रमा बिस्फोट भएको छ । संघ र प्रदेशको निर्वाचनमा जनताको उत्साहजनक सहभागीता समेत नरहेकाबेला विभिन्न स्थानमा भएको विष्फोटले मतदाता त्रसित बनेका छन्, । यसपटकको चुनावमा आम मतदाता समेत निरास रहेको पाइएको छ।

ईलाम सदरमुकाम स्थित महेन्द्र रत्न बहुमुखि क्याम्पस हाता भित्रको केन्द्रमा बिहान अन्दाजी १० बजे विस्फोट भएको थियो भने सुर्योदय नगरपालिकाको फिक्कल माबिमा पनि बिहान अन्दाजी ९ बजे तिर बिस्फोट भएको थियोे । त्यस्तै सुर्योदयको अर्को एक ठांउमा पनि विस्फोट भएको बुझिएको छ ।

ईलामको माईजोगमाई गाउपालिका शिरिसेमा पनि बिहान बिस्फोटन भएको छ । उता देउमाई नगरपालिकाको खान्द्रुङ्ग माबी केन्द्रमा पनि विस्फोट भएको छ । ईलामको चुलाचुलिमा पनि शक्तिसाली बम विस्फोट भएको खबर प्राप्त भएको छ । कतैपनी मानविय क्षती नभएपनी मतदान स्थलमा केहिक्षण निर्वाचन रोकिएको थियो । बिस्फोटन कसले गरायो भन्ने थाहा नभएपनी निर्वाचनको बिरुद्धमा रहेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गराएको हुन सक्ने प्रहरीले जनाएको छ।

grace