Purbi Garjan

ताजा खबर

देवकोटा परिवारको सहयोगमा बन्यो जेसीज धारा, अध्यक्ष कार्कीद्वारा उद्घाटन

देवकोटा परिवारको सहयोगमा बन्यो जेसीज धारा, अध्यक्ष कार्कीद्वारा उद्घाटन

बाहुण्डाँगी । झापाको मेचीनगर नगरपालिका - ४ स्थित बाहुण्डाँगीमा जेसीज धारा उद्घाटन गरिएको छ । स्व टंकबहादुर देवकोटाको स्मृतिमा बाहुनडाँगी जेसीजको समन्वय तथा उनको परिवारको आर्थिक सहयोगमा निर्मित जेसीज धाराको आज सोमबार उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर -४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले धारामा पानी खोलेर उद्घाटन गरेका थिए भने कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिमबहादुर कुँवर, दाता परिवार , स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियोे । सार्वजनिक उपयोगका लागि स्व. देवकोटाको स्मृतिमा श्रीमती नर्वदा देवकोटा, छोरा बुहारीहरु सुरज, अनिसा, खेम, कला देवकोटा तथा देवकोटा परिवारले धारा निर्माण गर्न आर्थिक सहयोग गरेका थिए । सो अवसरमा…
Read More
महिलालाई आत्मनिर्भर बनाउन वडाद्वारा सिलाइ – कटाई मेसिन वितरण

महिलालाई आत्मनिर्भर बनाउन वडाद्वारा सिलाइ – कटाई मेसिन वितरण

शिवगञ्ज। शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले वडाका उद्यमी महिलालाई आत्मनिर्भर बनाउन सिलाइ–कटाई (हेभी खुट्टे) मेसिन वितरण गरेको छ । वडाको सिलिङ बजेटमा समावेस भएको उद्यमी महिलाका लागि सिलाईकटाई मेसिन वितरण गरिएको वडा सदस्य नरेन्द्र बस्नेतले बताए । उनका अनुसार वडामा सिलाई कटाईको शिप भएर पनि बेरोजगार एवम उद्यमी बन्न चाहाने महिलालाई आत्म निर्भर बनाउनका लागि मेसिन प्रदान गरिएको हो । वडाले बिभिन्न कार्यक्रम ल्याएर एउटा समुहलाई ९ थान मेसिन प्रदान गरिएको वडा पालिकाले जनाएको छ । सो समुहमा २१ महिला आवद्ध छन । मेसिन पाएपछि वडाका महिला खुसि भएका छन् । वडाले यी महिलालाई पहिलो पटक १ लाख खर्च…
Read More
अमेरिकाले आफ्नो स्वार्थ अनकुल नचले हसिनाको हालत बनाउँछ : विप्लव

अमेरिकाले आफ्नो स्वार्थ अनकुल नचले हसिनाको हालत बनाउँछ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका माहासचिव विप्लव सीले बंगलादेशमा शेख हसिना सत्ताच्युत हुनुका पछाडि अमेरिकाको हात रहेको बताएका छन् । मङ्गलबार जनपत्रिका अनलाइनसँग कुरा गर्दै महासचिव विप्लवले हसिनाको सत्ता गुम्नुमा अमेरिकाको मुख्य हात रहेको बताएका हुन् । महासचिव विप्लवले पुँजीवादी मुलुकहरुले विश्वका गरिव तथा अविकसित देशहरुलाई जनताको इच्छा बिपरित चलाउने गरेको बताउँदै बंगलादेशको घटना यसकै निरन्तरता जिकिर गरे । ‘गरिव तथा अविकसित देशहरु पुँजीवादीहरुको हित अनकुलका काम गरेर जनताको इच्छा विपरितका काम गरिरहेका हुनछन् ।’, विप्लवले भने, ‘शेख हसिनाले त्यो गरिनन् । अमेरिकाले सैन्य क्याम्प राख्न गरेको प्रस्ताव अस्वीकार गरेका कारण आफूले देश छाड्न परेको हो । उनी आफैले यो बताएकी…
Read More
साम्राज्यवादी शक्ति विरुद्ध लड्न माओवादी एकता- दिपेश सी

साम्राज्यवादी शक्ति विरुद्ध लड्न माओवादी एकता- दिपेश सी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा कोशी प्रदेशका इन्चार्ज दिपेश सी ले विश्व साम्राज्यवादी शक्ति एमसिसी र एसपिपी लगायतका विभिन्न प्रोजेक्टका नाममा नेपाल घुसेकाले यसका विरुद्ध लड्न नेपालका हरेक बामपंथी , कम्युनिस्ट शक्तिहरु मिल्नुपर्ने परिस्थिति सिर्जना भएको बताएका छन्। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले अहिले नेपालमा विभित्र शक्ति राष्ट्रहरुले षड्यन्त्र गरिरहेकाले यसलाई परास्त नगर्ने हो भने नेपाल देशै नरहने खतरामा पुगेकाले कम्युनिस्ट , देशभक्त , बामपंथी लगायतका शक्तिहरु बीच ध्रुवीकरणको आवश्यकता रहेको उनले बताएका हुन्। नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बीच एकीकरणको हल्ला चलिरहेका बेला उनले नेताकार्यकर्तालाई स्पस्ट पार्दै माओवादी ध्रुवीकरणको हल्ला…
Read More
जनता विद्रोहको तयारीमा छन्, त्यसको नेतृत्व नेकपाले गर्छ – सुमनसिंह

जनता विद्रोहको तयारीमा छन्, त्यसको नेतृत्व नेकपाले गर्छ – सुमनसिंह

झाप। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी ले नेपालमा जुनसुकै बेला जनताले विद्रोह गर्न सक्ने परिस्थिति देखा परेको र त्यसको निर्णायक नेतृत्व अग्र भागमा रहेर नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताएका छन्। आज झापाको सुरुङ्गामा जारी पार्टीको छैठौं जिल्ला बैठकमा आफ्नो धारणा राख्दै नेता सिंहले नेपालमा नयाँ ढंगले विदेशी साम्राज्यवादी शक्तिहरुले षड्यन्त्र गरिरहेको र जनता त्यसको विरुद्ध रहेकाले यसका लागि तयारी अवस्थामा रहन पार्टीका नेताकार्यकर्तालाई निर्देश गरेका छन्। दलाल पुजीवादी व्यवस्थालाई मिल्काउने ताकत नेकपा सँग रहेको र जनताले समेत एक मात्रै आशा भरोसाका रुपमा अहिले नेकपालाई मानिरहेका बेला अब जित्ने गरीको आन्दोलनको तयारी अवस्थामा…
Read More
नेपाल रुपान्तरणको उत्कर्षमा छ – दिपेश सी

नेपाल रुपान्तरणको उत्कर्षमा छ – दिपेश सी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश इन्चार्ज दिपेश सी ले पछिल्लो समय नेपाल रुपान्तरणको उत्कर्षमा रहेको बताएका छन्। आज झापाको सुरुङ्गामा सम्पन्न झापा जिल्ला कमिटीको छैठौं पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पछिल्लोपटक नेपालमा अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुले विभिन्न ढंगले खेल्ने काम गरिरहेकाले राजनिती, आर्थिक , सांस्कृतिक हरेक हिसाबले नेपाल रुपान्तरणको उत्कर्षमा पुगेको उनले बताए। जिल्ला बैठकलाई सम्बोधन गर्दै क्रान्तिकारीहरुका विरुद्ध साम्राज्यवादी शक्तिहरु लागि परेकाले यसलाई चिर्नुपर्ने परिस्थिति रहेको उनले बताए। पछिल्लो समय प्रविधिको विकास तिव्र भएकोले क्रान्ति सम्भव नभएको भन्ने कुरा गलत रहेको बताउँदै प्रविधिको विकास हुने बित्तिकै क्रान्ति हुन्न भन्ने कुरा…
Read More
दिवंगत छोरीको सम्झनामा आमाबाबुको रचनात्मक सहयोग

दिवंगत छोरीको सम्झनामा आमाबाबुको रचनात्मक सहयोग

धरमपुर। झापाको शिवसताक्षीमा दिवंगत छोरी रन्जना खनालको जन्मजयन्तीको अवसर पारेर बुबा राधाकृष्ण खनाल र आमा सावित्राले समाजका विभिन्न व्यक्ति र समुहलाई रचनात्मक सहयोग गर्ने गरेका छन् । छोरीको अल्पायुमै स्वर्गबास भएपछि उनको सम्झनामा वर्षेनी विभिन्न कार्यक्रम गर्दे खनाल परिवारले रञ्जनाको जन्मजयन्ती मनाउने गरेका छन् । कहिले व्यक्तिलाई सहयोग हुन्छ भने कुनै वर्ष समुहलाई सहगोग गर्ने गरेको खनाल परिवारले जनाएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश क का सांसद राधाकृष्ण खनालले सडक दुर्घटनामा परेर मृत्यु भएकी छोरी रञ्जनाको स्मरणमा उनको जन्मदिनको अवसर पारेर विपन्न परिवारलाई सोमबार खाद्यान्न सामग्री प्रदान गरेका छन् । रञ्जनाको ०४९ साउन २८ जन्मदिन हो ।…
Read More
युवा संघद्वारा घैलाडुब्बा शिवालय मन्दिरमा निःशुल्क पानी वितरण

युवा संघद्वारा घैलाडुब्बा शिवालय मन्दिरमा निःशुल्क पानी वितरण

मेचीनगर । पुर्वको पवित्र धार्मिक तथा पर्यटकीय स्थल घैलाडुब्बा शिवालय पातालगंगा मन्दिर परिसरमा राष्ट्रिय युवा संघ मेचीनगर-८ वडा कमिटीले निःशुल्क पानी वितरण गरेको छ । साउनको अन्तिम सोमबार आज मन्दिरमा पुजा आरधाना गर्न आउने भक्तजनहरूलाई सहजताको लागि निःशुल्क पानी वितरण गरिएको हो। साउन महिना भरिको सोमबार भगवान् शिवको पुजा गर्न घैलाडुब्बा शिवालय पातालगंगा मन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति रहने गर्छ । त्यसमा पनि बिशेष गरि अन्तिम सोमबार बढी भिड हुने हुँदा युवा संघले निःशुल्क पानी वितरण गरेको आयोजक कमिटीले जानकारी दिएको छ। युवा संघ मेचीनगर वडा नम्बर -८ कमिटीले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता ललित थामीले गरेका थिए भने प्रमुख अतिथिका…
Read More
दमकबाट पेस्तोल र दुई थान म्यागेजिनसहित गजमेर पक्राउ

दमकबाट पेस्तोल र दुई थान म्यागेजिनसहित गजमेर पक्राउ

दमक। झापाको दमकबाट एउटा पेस्तोल र दुई थान म्यागेजिन सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान दमक नगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय सञ्जीव गजमेर पक्राउ परेका हुन्। दमक नगरपालिका ५ बानेश्वर हाइटमार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमको टोलीले गजमेरलाई पक्राउ गरेको हो। गजमेर काे ३८ प ५६४९ नम्बरको स्कुटरमा सवार थिए। स्कुटरको चाबी लगाउने भागको तल लुकाई राखेको खैरो रङको कभर सहितकाे पेस्तोल फेला परेको हो । झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले गजमेरलाई खानतलासी लिँदा दुई थान म्याग्जिन पनि फेला परेको बताए । गजमेरलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा…
Read More
भरुवा बन्दुक र चोरीका सामान सहित अर्जुनधाराबाट ३ जना पक्राउ

भरुवा बन्दुक र चोरीका सामान सहित अर्जुनधाराबाट ३ जना पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिकाबाट भरुवा बन्दुक १ थान र चोरीका सामानसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। शुक्रबार राति अन्दाजी १०:१० बजे अर्जुनधारा नगरपालिका वडा नं.०७ मिलडाँडा बस्ने ईन्दिरा अधिकारीले संचालन गरेको किराना पसलमा ताला फुटाई विभिन्न सामानहरुचोरी भएको उजुरी प्रहरी चौकी शनिश्चरेमा परेको थियोे । उजुरी पछि प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटि गई चोरी गर्ने व्यक्तिहरुको अनुसन्धान तथा खोजतलास शुरु भएको थियोे । सोही क्रममा हिजो शनिबार २६ गते अन्दाजी १०:३० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं. ०४ देवान चोक स्थित चोरीमा संलग्न युवाहरूलाई शंकाष्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको थियोे । उनिहरु मध्ये वर्ष २२ को…
Read More