झापा । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी झापाको अध्यक्ष पदमा तीनजनाको दावी परेको छ। हालसम्म अध्यक्ष पदको दावेदारमा प्रदिप परियार, प्रकाश पौडेल र विशाल नेम्वाङको नाम अगाडि बढेको विशेष स्रोतको दावी छ। यसअघि संगठनको जिल्ला उपाध्यक्ष रहेका प्रदिप परियार यसपटक अध्यक्ष पदको दावेदार छन्। उनी हालै सम्पन्न निर्वाचनबाट नेपाल पत्रकार महासंघ झापाका निर्वाचित सचिव समेत हुन्। यस्तै अर्का उम्मेदवार प्रकाश पौडेल हाल संगठनका जिल्ला सचिव हुन् । उनी पनि अध्यक्ष पदको दावेदार हुन्। अर्का उम्मेदवार विशाल नेम्वाङ पनि अध्यक्षका दावेदार हुन्। उनी संगठनका प्रदेश सचिव समेत हुन्। अहिले संगठनले सर्वसम्मत अध्यक्ष बनाउने प्रयत्न गरिरहे पनि तीनजनाको दावीका कारण…

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन किराँत लिम्बुवान प्रदेश कमिटीले स्ववियु निर्वाचन केन्द्रित दोस्रो पुर्ण बैठक सम्पन्न गरेको छ। शनिबार झापाको विर्तामोडमा पार्टीका प्रदेश इन्चार्ज दिपेश सी को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले स्वबियुलाई एउटा अभ्यास जस्तै हेरेर सबैतिर चुनावी मोर्चा बनाउने र प्रयोग गर्ने निति अवलम्बन गरिएको प्रदेश इन्चार्ज नतासा सी ले जानकारी दिइन् । पछिल्लो चरणमा भ्रष्टाचारको चरम अखडा बन्दै गएको स्ववियुलाई फेरि विद्यार्थीहरुको हकहितको लागि काम गर्ने थलो बनाउने अभियानमा अखिल (समाजवादी ) अगाडि बढ्ने समेत बैठकले निर्णय गरेको छ। बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिपेश सी ले विद्यार्थी भनेको यो देशको खम्बा रहेको…

विर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका किराँत लिम्बूवान प्रदेश कमिटीका इन्चार्ज दिपेश सि ले अब देशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताएका छन्। आज जिल्ला समिति झापाको छैटौं पूर्ण बैठकमा आफ्नो भनाइ राख्दै उनले यतिबेला नेपालमा देखिएको संकटको समाधान अहिलेको दलाल नेत्रित्वको सत्ता बाट संभव नभएको बताउंदै अब नेकपाको नेत्रित्वमा मात्र आजको नेपालको संकटको समाधान गर्न संभव रहेको बताएका हुन । बैठकमा प्रमुख अथीतीको रुपमा सहभागी उनले नेपालको सत्ता कुनै पनि हालतमा यो अवस्थामा चल्न नसक्ने हुनाले अब नेकपाले अगाडि सारेका प्रस्तावहरुमा सबै अग्रगामी, परिवर्तनकामी शक्तीहरुले गंभिर भएर सोच्नु पर्ने बेला आएको उनले बताए । उनिहरु गंभिर नबन्ने र यसरी नै…

विर्तामोड । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम् झापा इन्चार्ज सुमनसिंहले आजको समाजको जीवनशिल पक्षको नेत्रित्व नेकपाले गरेको बताएका छन् । आज पार्टीको झापा जिल्ला समितीको छैटौं पूर्ण बैठकमा बोल्ने क्रममा उनले सो कुरा उल्लेख गरेका हुन्। संसारमा बिज्ञान नंया ठांउमा पुगेको, उद्योगमा नंया परिवर्तन देखा परेको र अर्थ सम्बन्ध नंया बनेको परीवेशमा सिंगो समाजले नंया कुराको खोजी गरेपनी पुरानै मान्यतामा समाजको नेत्रित्व गर्न खोज्नेहरु मरणशिल पक्षको नेत्रित्व गर्नेहरु रहेको समेत उनले बताए । मरणशिल पक्षले नेत्रित्व गरेका सम्पुर्ण संस्थाहरुमा कुनै न कुनै रुपमा बिघटन देखा पर्न थालेको र बिघटन देखा पर्न थालेको अवस्थामा भ्रमको खेती लगाएर देशलाई पश्चिमा शक्तीहरुको…

विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले पार्टीको आगामी रणनीति, सांगठनिक गतिविधि र उत्पादनका विषयमा विभिन्न निर्णयहरु गर्दै जिल्ला समितिको छैटौँ पूर्ण बैठक सम्पन्न गरेको छ । बैठकले विशेष महत्वका विभिन्न निर्णयहरू गर्दै पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी रणनीतिहरूमा नयाँ मार्गचित्र तय गरेको हो। जिल्ला बैठकमा पार्टीका केन्द्रीय नीतिहरूलाई जिल्ला हुँदै स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्नेबारे छलफल भएको बताइएको छ। साथै, जनवर्गीय संगठनहरूको विस्तार, आन्दोलनका स्वरूपहरू र जनसरोकारका मुद्दाहरूलाई केन्द्रमा राखेर कार्ययोजना बनाइएको पार्टीका झापा जिल्ला सचिव सञ्जय सी ले जानकारी दिए। पार्टीका किराँत लिम्बुवान प्रदेशका इन्चार्ज दिपेश सी ले बैठकलाई सम्बोधन गर्दै संगठनलाई जनतामुखी बनाउने, पार्टीलाई बलियो…

काठमाडौ। स्थानीयको अनुमतिबिना विद्युतको प्रशारण लाईन बिस्तार विरुद्ध आन्दोलनरत व्यक्तिलाई प्रहरीले पक्राउ गरेकोले उनिहरुलाई अबिलम्ब रिहा गर्न एमसीसी सरोकार समितिले माग गरेको छ।काठमाडौको शङ्खरापुर नगरपालिका वडा न ३ स्थित लफ्सीफेदी बझेनीमा जबर्जस्त सब स्टेशन खडा गरि लाइन बिस्तार गर्न खोजिएको बिरोधमा उत्रिएका स्थानीयलाई प्रहरीले पक्राउ गरेकोले उनीहरुलाई रिहा गर्न सरोकार समिति संयोजक भरत सी द्वारा शुक्रबार जारी प्रेस बिज्ञप्ति मार्फत रिहा गर्न माग गरिएको हो। एमसीसी सरोकार समितिद्वारा जारी बिज्ञप्तिमा लफ्सिफेदी बोझनीका जनतामाथि माघ ३ गते भएको प्रहरी दमनको घटनाप्रति एमसिसी सरोकार समितिको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। बिज्ञप्तिमा न्यायपूर्ण संघर्षमाथि सरकारले गरेको दमन र प्रहरी ज्यादतीको घोर निन्दा र…

मेचीनगर। सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आइरहेको बाहुणडाँगी जेसिजले वर्ष २०२५ को पहिलो कार्यक्रम रक्तदान कार्यक्रमबाट सुरुवात गरेको छ। मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै बुधबार बाहुणडाँगीमा रक्तदान कार्यक्रम सम्पन्न भएको वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाइँले जानकारी दिए। जेसिज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी रोशन गिरीको संयोजनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा जेसीजको बर्ष २०२५ को सिङ्गो बोर्ड , पुर्व अध्यक्षहरु, समाजसेवी, बुद्धिजीवी व्यक्तिहरु, नेपाल प्रहरी र जेसीज सदस्यहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा ५ जना महिला सहित २५ जनाले रक्तदान गरेको संयोजक रोशन गिरीले बताए । कार्यक्रमका अध्यक्ष साथै बाहुण्डाँगी जेसीज…

कचनकवल। झापाको कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोविन्द रिजालले धम्कीपूर्ण अभिव्यक्ति तथा चरित्रहत्या गर्ने शिक्षक रत्नकुमार बुढाथोकीसहित अन्य दुई व्यक्तिहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्। उजुरीमा सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिएर आफ्नो नाम, पद, र प्रतिष्ठामा आँच पुर्याइएको, धम्कीपूर्ण वातावरण सिर्जना गरिएको र कार्यक्षेत्रमा मानसिक दबाब पारेको आरोप लगाइएको छ। रिजालले पेश गरेको निवेदनमा लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक रत्नकुमार बुढाथोकीले फेसबुकमा लेखा अधिकृतलाई लक्षित गर्दै धम्कीपूर्ण शैलीमा लेखेका अभिव्यक्तिहरूलाई मुख्य प्रमाणका रूपमा समावेश गरिएको छ। बुढाथोकीले ‘भोलि शिक्षकको तलब आएन भने पर्सी सुरक्षाकर्मी अगाडि पछाडि राखेर बस्नु कचनकवलको लेखा अधिकृतज्यू’ लगायतका धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक गरेका थिए। साथै, उनले लेखा अधिकृतको…

मेचीनगर। दुर्लभ वन्यजन्तुको सुचीमा रहेको गैँडाको खाग र लागूऔषध सहित काकडभिट्टाबाट भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार दिउँसो ३ः३० बजे मेचीनगर ६ काँकडभिट्टास्थित हिमालय गेस्ट हाउसबाट प्रतिबन्धित लागूऔषध र खाग सहित उनलाई पक्राउ गरिएको हो । हिमालय गेष्ट हाउसको कोठा नं. १०२ बुकिङ गरी बसेका भारत पश्चिम बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामले लागूऔषध ल्याई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले कोठा तलासी लिएको थियो । त्यसक्रममा इन्टेक्स लेखिएको काटुनभित्र १ केजी ७०० ग्राम तौल भएको गैँडाको खाग, प्लाष्टिकसहित ३ ग्राम ७६० मिलिग्राम ब्राउनसुगर, पाइइभोन स्पास प्लस लेखिएको ट्याब्लेट…

कास्की । सेती नदिको ड्याममा खसेका एक युवाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेट्टाएको छ। पुस २४ गते साँझ ७:२०बजेको समयमा कास्की पोखरा महानगरपालिका १६ दिपहाउजिङ्ग नजिकै बस्ने कैलाली धनगढिका एक युवाको सेती नदिको ड्याममा खसेर मृत्यु भएको छ। पश्चिममाञ्चल ईन्जिनियरिङ्ग कलेज लामाचौरमा अध्ययनरत पो.म.न.पा १९ लामाचौरमा डेरा गरि बस्ने वर्ष २१ का संगम पौडेल सेती नदीको ड्याममा खसेका थिए। उनी खसेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा १३ जना (४जना गोताखोर र ९ जना ) बिशेष विपद् व्यवस्थापनको टोली खोजतलासका लागि पुगेको थियोे । साँझ ७:३०बजे खोजतलासका लागि पुगेको प्रहरी टोलीले ८:२५ बजेको समयमा उनको शव…