बिर्तामोड, झापा । झापाको बिर्तामोड नगरपालिका–१ स्थित बिर्तासिटी अस्पताल छेउमा रहेको एक चिया–नास्ता पसलमा आगलागी भएको छ। बलभद्र प्रसाईद्वारा सञ्चालित टिनको छानो र टिनको बेरा भएको भुईँतले पसलमा करिब ४ बजे आगो लागेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, पसल संचालककी श्रीमती ३८ वर्षीया सोईता प्रसाईले मादक पदार्थ सेवन गरेर श्रीमानसँग झगडा गरेपछि पेट्रोल छर्की आगो लगाएको खुलेको छ। आगलागी गरेपछि उनी फरार रहेको जनाइएको छ। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी टोली खटिएको थियो। स्थानीयवासी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा करिब ४:२० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट खाजा–नास्ता, भाँडाकुँडा, फ्रिज लगायत पसलभित्र रहेका सामग्री जलेर करिब…

झापा । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकबाट लाऔ गाँजासहित दुई जना पक्राउ परेका छन्। असार १२ गते दिउँसो ४:३० बजे जिल्ला प्रहरी कार्यालय झापाको शनिश्चरे प्रहरी चौकीबाट खटिएको प्रहरी नायब निरीक्षक उमेश श्रेष्ठको टोलीले गोप्य सूचनाका आधारमा अमृत माया लिम्बुको घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध बरामद गरेको हो। अर्जुनधारा–६ निवासी ५९ वर्षीया लिम्बुको घर खानतलासी गर्दा १ केजी ८८२ ग्राम लाऔ गाँजा फेला परेको प्रहरीको भनाइ छ। त्यस्तै, सोही ठाउँमा रहेका जिल्ला इलाम, इलाम नगरपालिका–१२ स्यानाङ्बाका २० वर्षीय रोशन भट्टराईको साथबाट थप ६ ग्राम ६३० मिलिग्राम लागुऔषध फेला परेको थियो। भट्टराई हाल अर्जुनधारा–१ मा निर्माणाधीन झुलुङ्गे पुलमा काम…

मेचीनगर, झापा । प्रहरीले झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा बसपार्कबाट हतियार सहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ ७:२० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले प्राप्त गोप्य सूचनाको आधारमा भारतको पश्चिम बङ्गाल, दुर्गानगर सिलिगुडी निवासी अन्दाजी ३५ वर्षीय जय प्रकाश कुमार पाठकलाई नियन्त्रणमा लिएको हो। पाठक सवार WB 70 G 3232 नम्बरको TUV300 मोडलको कार चेकजाँच गर्दा चालक सिटमुनि लुकाइएको अवस्थामा ‘STAR RX (IN XAMPL CO2 001907 4.5 MM) MAKE IN INDIA’ लेखिएको म्याग्जिनसहितको कालो रंगको एयर पेस्तोल जस्तो देखिने एक थान हतियार फेला परेको प्रहरीले जनाएको छ। उक्त पेस्तोलमा प्रयोग हुने ५ थान एयर बुलेट जस्तो देखिने…

झापा । सार्वजनिक यातायात व्यवसायी तथा श्रमिक संगठनहरूको संयुक्त केन्द्रीय संघर्ष समितिले आजदेखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन्। सरकारले गण्डकी प्रदेशका ६ नं. र ७ नं. सडक मार्गहरूमा २०८१ साल जेठ १० गतेदेखि एकीकृत सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो। यस निर्णयले निजी क्षेत्रको लगानीमा सञ्चालन भइरहेका सार्वजनिक यातायात व्यवसायहरू विस्थापित हुने भन्दै व्यवसायी तथा श्रमिक आन्दोलित भएका हुन्। संघर्ष समितिको भनाइमा, सरकारले 'राइड सेयरिङ'लाई प्रोत्साहन गर्दै सार्वजनिक यातायात क्षेत्रमा राज्यको लगानीका नाममा निजी व्यवसायलाई विस्थापित गर्न खोजेको छ। उनीहरूले सवारी तथा यातायात व्यवसायीको हक, अधिकार र स्वामित्वको रक्षा गर्न संघर्ष गर्ने बताएका छन्। विज्ञप्तिमा भनिएको…

बाहुनडाँगी। झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास एकेडेमीले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ औपचारिक रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ। प्रारम्भिक चरणमा व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषयमा अध्यापन सुरु गरिने विद्यालयले जानकारी दिएको छ। https://youtu.be/lCi6eaeLiAc एकेडेमीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विद्यालयका निर्देशक बद्री निरौला, एकेडेमिक निर्देशक प्रोफेसर हेमराज कार्की, मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, झापा जिल्ला शिक्षक संघका अध्यक्ष तोयानाथ दाहाल, अभिभावक, संघसंस्थाका प्रतिनिधि तथा शिक्षासम्बद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै निर्देशक बद्री निरौलाले श्री विद्या विकास एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम, आत्मविश्वासी र व्यवहारिक सीपयुक्त विद्यार्थी उत्पादन गर्ने लक्ष्य लिएको बताए ।…

प्रविण अधिकारी झापा । नेकपा (एमाले) का पुराना कार्यकर्ता तथा पूर्वगाउँ सचिव गोपाल सुब्बाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। साविक बाहुण्डाँगी गाउँ पञ्चायत, हाल मेचीनगर–४ निवासी सुब्बाले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक वक्तव्य जारी गर्दै विगत चार दशकभन्दा बढीको पार्टी जीवन अन्त्य गरेको जानकारी दिएका हुन्। विसं २०३९ सालदेखि विद्यार्थी जीवनमा नै कम्युनिष्ट विचारप्रति आकर्षित भएर राजनीतिमा सक्रिय भएका सुब्बाले पार्टीप्रतिको समर्पण, संघर्ष र योगदानलाई स्मरण गर्दै वर्तमान पार्टी नेतृत्वको बेथिति, भ्रष्टाचार र जनविरोधी प्रवृत्तिका कारण पार्टी परित्याग गर्न बाध्य भएको पुर्वी गर्जनलाई बताएका छन्। "२०४६ सालको जनआन्दोलनपछिका दिनहरूमा हामीले समाजवादको सपना देखेका थियौँ, तर आज गणतन्त्रको नाममा…

प्रविण अधिकारी झापा । झापाको विर्तामोड–५ बाट आइतबार साँझ नेपाल प्रहरीले भारतीय नम्बर प्लेटका तीनवटा कन्टेनर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको समाचार सार्वजनिक भएसँगै व्यापक चर्चा र भ्रम फैलिएको छ। उक्त कन्टेनरहरूमा बिना भन्सार अवैध रूपमा करोडौं मूल्य बराबरका सामान नेपाल भित्र्याइएको आशंकामा प्रहरीले कारबाही गरेको थियो। तर पछिल्लो विवरणअनुसार ती कन्टेनरहरू नेपाल सरकारले तोकेको कानुनी प्रक्रिया अनुसार भन्सार महशुल तिरेरै नेपाल प्रवेश गरेका प्रमाण पुर्वी गर्जनले फेला पारेको छ । धान रोप्ने मेसिन भित्रिएको थियोे कन्काई नगरपालिका–५ मा रहेको नोक्मा कृषि फर्मले चीनको वुहान शहरबाट ट्रयाक कम्बाइन हार्भेस्टर मेसिन आयात गरेको थियो। एलसी (लेटर अफ क्रेडिट) प्रणालीमार्फत…

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–३ का ३१ वटा टोल विकास समितिका किसानहरुलाई कृषि औजार वितरण गरिएको छ। वडा कार्यालयलाई नगरपालिकाबाट छुट्याइएको बजेटबाट सोमबार आयोजित कार्यक्रममा किसानलाई विभिन्न प्रकारका साना कृषि औजारहरू प्रदान गरिएको हो। वडा कार्यालय परिसरमा आयोजित वितरण कार्यक्रममा मकै छोड्ने हाते र खुट्टी मेसिन, हातले जोत्ने मेसिन, दबै छिट्ने ट्याङ्की, बेल्चा, फरुवा लगायतका औजारहरू वितरण गरिएको थियो। वडाध्यक्ष हर्कबहादुर बस्नेतका अनुसार, किसानले आफ्ना टोल विकास समिति मार्फत आवश्यक औजारको माग गरेका थिए र कार्यालयले सोही अनुसार उपकरणहरू उपलब्ध गराएको हो। “कृषकहरूलाई कृषि पेसा सञ्चालनमा सहजता होस् भन्ने उद्देश्यले यस्ता औजार वितरण गरिएको हो,” उनले बताए। वडा नं. ३ का…

विराटनगर। गृहमन्त्री रमेश लेखकले खुला सीमानाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि सुरक्षा निकायलाई ३० दिनको कडा निर्देशन दिएका छन्। विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले औपचारिक आयात विस्थापित गर्ने गरी भइरहेको तस्करीले अर्थतन्त्रमा गम्भीर असर पारेको भन्दै तत्काल नियन्त्रणमा ल्याउन निर्देशन दिएका हुन्। “तस्करी अपराध बढाउने, राजस्व घटाउने र कानुनी शासनमा अवरोध सिर्जना गर्ने तत्व हो। यसलाई अब सहन सकिँदैन। ३० दिनभित्र नियन्त्रण नभए गृह मन्त्रालय कडा कदम चाल्नेछ,” मन्त्री लेखकले चेतावनी दिए। गोष्ठीमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित कोशी प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा…

मेचीनगर । आयोजक युथ क्लब जोरसिमलसंगको सुरूवाती अग्रता जोगाउन नसक्दा उर्लाबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी "प्रथम निलसरी च्यालेन्ज कप २०८२" अन्तर्गत पहिलो खेलबाटै घर फर्किएको छ । प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आयोजकले उर्लाबारीलाई ४-१ गोल अन्तर पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । खेलको सुरूवाती अग्रता उर्लाबारी एफसीले लिएको थियो । उर्लाबारीका लागि खेल सुरू भएको १२ औं मिनेटमा नै राम थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाप पुर्ण रूपमा आयोजकमाथि दबाब राखेको उर्लाबारी दोस्रो हापमा केही अवसरहरू गुमाउँदा थप गोल गर्न सकेन । यता खेलाडीमा तालमेल नमिल्दा लय गुमाएको…