Purbi Garjan

समाचार

महिलालाई आत्मनिर्भर बनाउन वडाद्वारा सिलाइ – कटाई मेसिन वितरण

महिलालाई आत्मनिर्भर बनाउन वडाद्वारा सिलाइ – कटाई मेसिन वितरण

शिवगञ्ज। शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले वडाका उद्यमी महिलालाई आत्मनिर्भर बनाउन सिलाइ–कटाई (हेभी खुट्टे) मेसिन वितरण गरेको छ । वडाको सिलिङ बजेटमा समावेस भएको उद्यमी महिलाका लागि सिलाईकटाई मेसिन वितरण गरिएको वडा सदस्य नरेन्द्र बस्नेतले बताए । उनका अनुसार वडामा सिलाई कटाईको शिप भएर पनि बेरोजगार एवम उद्यमी बन्न चाहाने महिलालाई आत्म निर्भर बनाउनका लागि मेसिन प्रदान गरिएको हो । वडाले बिभिन्न कार्यक्रम ल्याएर एउटा समुहलाई ९ थान मेसिन प्रदान गरिएको वडा पालिकाले जनाएको छ । सो समुहमा २१ महिला आवद्ध छन । मेसिन पाएपछि वडाका महिला खुसि भएका छन् । वडाले यी महिलालाई पहिलो पटक १ लाख खर्च…
Read More
मेचीनगर: ६ राजनीतिक दलद्वारा नगरपालिका विरुद्ध आन्दोलन गर्ने चेतावनी

मेचीनगर: ६ राजनीतिक दलद्वारा नगरपालिका विरुद्ध आन्दोलन गर्ने चेतावनी

मेचीनगर । मेचीनगर नगरपालिका नेतृत्वको कार्यशैली जनहितकारी नभएको भन्दै ६ दलले भदौबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । नगर नेतृत्व स्वेच्छाचारिता ढंगले अघि बढेको भन्दै ६ दल आक्रोशित बनेको हो । केन्द्रीय सरकारमा एमालेसँगै रहेको नेपाली कांग्रेससहित ६ वटा राजनीति दलले मेचीनगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने भएका बुधबार धुलाबारीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । मेचीनगर नगरपालिकामा एमालेको दुई तिहाई बहुमत रहेको छ । गत साउन १८ गते नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना उप्रेतीलाई कार्यशैली सच्याउन माग गर्दै २१ बुँदे ज्ञापन पत्रमार्फत ६ वटा दलले ध्यानाकर्षण गराएका थिए । नगरका नेतृत्वले ६ दलले गराएको ध्यानाकर्षणको विषयमा कुनै प्रतिक्रिया…
Read More
बिर्तामोडमा महिलालाई घाइते बनाएर साढे ५ लाख बढीको चोरी

बिर्तामोडमा महिलालाई घाइते बनाएर साढे ५ लाख बढीको चोरी

बिर्तामोड । बिर्तामोडमा चोरको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । बिर्तामोड नगरपालिका- ६ स्थित सुगम शान्ति टोलकी २० वर्षीया कृतिका अधिकारी घाइते भएकी छिन् । श्रीमान् विष्णुप्रसाद अधिकारी विदेशमा रहेको र गएराति घरको दोस्रो तलाको झ्यालबाट चोर पसेको थाहा पाएपछि उनले प्रतिकार गरेका थिइन् । सोही क्रममा उनको नाकमा सामान्य चोट लागि घाइते भई बेहोस भएकी थिइन् । घरमा एक वर्षीया छोरी नित्यनिसँगै सुतिरहेको अवस्थामा घरमा चोर पसेको उनले थाहा पाइन् । उनी बेहोस भएपछि चोरलेदराज फोडेर अन्दाजी तीन तोला सुन, एक तोला चाँदी, अन्दाजी लत्ताकपडा एक लाख रुपैयाँ बराबरको, झर्के थाल–१० थान, बटुका–५ थान, ओपो कम्पनीको मोबाइल–१ थान…
Read More
साम्राज्यवादी शक्ति विरुद्ध लड्न माओवादी एकता- दिपेश सी

साम्राज्यवादी शक्ति विरुद्ध लड्न माओवादी एकता- दिपेश सी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा कोशी प्रदेशका इन्चार्ज दिपेश सी ले विश्व साम्राज्यवादी शक्ति एमसिसी र एसपिपी लगायतका विभिन्न प्रोजेक्टका नाममा नेपाल घुसेकाले यसका विरुद्ध लड्न नेपालका हरेक बामपंथी , कम्युनिस्ट शक्तिहरु मिल्नुपर्ने परिस्थिति सिर्जना भएको बताएका छन्। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले अहिले नेपालमा विभित्र शक्ति राष्ट्रहरुले षड्यन्त्र गरिरहेकाले यसलाई परास्त नगर्ने हो भने नेपाल देशै नरहने खतरामा पुगेकाले कम्युनिस्ट , देशभक्त , बामपंथी लगायतका शक्तिहरु बीच ध्रुवीकरणको आवश्यकता रहेको उनले बताएका हुन्। नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बीच एकीकरणको हल्ला चलिरहेका बेला उनले नेताकार्यकर्तालाई स्पस्ट पार्दै माओवादी ध्रुवीकरणको हल्ला…
Read More
जनता विद्रोहको तयारीमा छन्, त्यसको नेतृत्व नेकपाले गर्छ – सुमनसिंह

जनता विद्रोहको तयारीमा छन्, त्यसको नेतृत्व नेकपाले गर्छ – सुमनसिंह

झाप। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी ले नेपालमा जुनसुकै बेला जनताले विद्रोह गर्न सक्ने परिस्थिति देखा परेको र त्यसको निर्णायक नेतृत्व अग्र भागमा रहेर नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताएका छन्। आज झापाको सुरुङ्गामा जारी पार्टीको छैठौं जिल्ला बैठकमा आफ्नो धारणा राख्दै नेता सिंहले नेपालमा नयाँ ढंगले विदेशी साम्राज्यवादी शक्तिहरुले षड्यन्त्र गरिरहेको र जनता त्यसको विरुद्ध रहेकाले यसका लागि तयारी अवस्थामा रहन पार्टीका नेताकार्यकर्तालाई निर्देश गरेका छन्। दलाल पुजीवादी व्यवस्थालाई मिल्काउने ताकत नेकपा सँग रहेको र जनताले समेत एक मात्रै आशा भरोसाका रुपमा अहिले नेकपालाई मानिरहेका बेला अब जित्ने गरीको आन्दोलनको तयारी अवस्थामा…
Read More
नेपाल रुपान्तरणको उत्कर्षमा छ – दिपेश सी

नेपाल रुपान्तरणको उत्कर्षमा छ – दिपेश सी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश इन्चार्ज दिपेश सी ले पछिल्लो समय नेपाल रुपान्तरणको उत्कर्षमा रहेको बताएका छन्। आज झापाको सुरुङ्गामा सम्पन्न झापा जिल्ला कमिटीको छैठौं पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पछिल्लोपटक नेपालमा अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुले विभिन्न ढंगले खेल्ने काम गरिरहेकाले राजनिती, आर्थिक , सांस्कृतिक हरेक हिसाबले नेपाल रुपान्तरणको उत्कर्षमा पुगेको उनले बताए। जिल्ला बैठकलाई सम्बोधन गर्दै क्रान्तिकारीहरुका विरुद्ध साम्राज्यवादी शक्तिहरु लागि परेकाले यसलाई चिर्नुपर्ने परिस्थिति रहेको उनले बताए। पछिल्लो समय प्रविधिको विकास तिव्र भएकोले क्रान्ति सम्भव नभएको भन्ने कुरा गलत रहेको बताउँदै प्रविधिको विकास हुने बित्तिकै क्रान्ति हुन्न भन्ने कुरा…
Read More
दिवंगत छोरीको सम्झनामा आमाबाबुको रचनात्मक सहयोग

दिवंगत छोरीको सम्झनामा आमाबाबुको रचनात्मक सहयोग

धरमपुर। झापाको शिवसताक्षीमा दिवंगत छोरी रन्जना खनालको जन्मजयन्तीको अवसर पारेर बुबा राधाकृष्ण खनाल र आमा सावित्राले समाजका विभिन्न व्यक्ति र समुहलाई रचनात्मक सहयोग गर्ने गरेका छन् । छोरीको अल्पायुमै स्वर्गबास भएपछि उनको सम्झनामा वर्षेनी विभिन्न कार्यक्रम गर्दे खनाल परिवारले रञ्जनाको जन्मजयन्ती मनाउने गरेका छन् । कहिले व्यक्तिलाई सहयोग हुन्छ भने कुनै वर्ष समुहलाई सहगोग गर्ने गरेको खनाल परिवारले जनाएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश क का सांसद राधाकृष्ण खनालले सडक दुर्घटनामा परेर मृत्यु भएकी छोरी रञ्जनाको स्मरणमा उनको जन्मदिनको अवसर पारेर विपन्न परिवारलाई सोमबार खाद्यान्न सामग्री प्रदान गरेका छन् । रञ्जनाको ०४९ साउन २८ जन्मदिन हो ।…
Read More
युवा संघद्वारा घैलाडुब्बा शिवालय मन्दिरमा निःशुल्क पानी वितरण

युवा संघद्वारा घैलाडुब्बा शिवालय मन्दिरमा निःशुल्क पानी वितरण

मेचीनगर । पुर्वको पवित्र धार्मिक तथा पर्यटकीय स्थल घैलाडुब्बा शिवालय पातालगंगा मन्दिर परिसरमा राष्ट्रिय युवा संघ मेचीनगर-८ वडा कमिटीले निःशुल्क पानी वितरण गरेको छ । साउनको अन्तिम सोमबार आज मन्दिरमा पुजा आरधाना गर्न आउने भक्तजनहरूलाई सहजताको लागि निःशुल्क पानी वितरण गरिएको हो। साउन महिना भरिको सोमबार भगवान् शिवको पुजा गर्न घैलाडुब्बा शिवालय पातालगंगा मन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति रहने गर्छ । त्यसमा पनि बिशेष गरि अन्तिम सोमबार बढी भिड हुने हुँदा युवा संघले निःशुल्क पानी वितरण गरेको आयोजक कमिटीले जानकारी दिएको छ। युवा संघ मेचीनगर वडा नम्बर -८ कमिटीले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता ललित थामीले गरेका थिए भने प्रमुख अतिथिका…
Read More
भिम खवासलाई पुनः अध्यक्षमा चयन गर्दै धुलाबारी क्याम्पसको साधारण सभा सम्पन्न

भिम खवासलाई पुनः अध्यक्षमा चयन गर्दै धुलाबारी क्याम्पसको साधारण सभा सम्पन्न

मेचीनगर । झापाको मेचीनगर -१० मा अवस्थित धुलाबारी क्याम्पसकाे अध्यक्षमा भिम खवास पुन: सर्वसम्मत चयन भएका छन् । आज धुलाबारी क्याम्पसकाे बार्षिक साधारण सभाले खवासलाई पुन: अध्यक्षमा चयन गरेकाे हाे । उनी यसअघि पनि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए । त्यस्तै सभाले समितिकाे उपाध्यक्षमा पुनित बंशल, सदस्यहरूमा वीपी भट्टराई, कृष्ण काैशल, सुष्मा कार्की डाेली, नमिता बुढाथोकी, शुशिला रिजाल र सदस्य सचिवमा क्याम्पस प्रमुख पुष्पराज पौडेल सर्वसम्मत चयन भएका छन्। समितिमा मेचीनगर नगरपालिका प्रमुख वा प्रतिनिधिका एक जना, कार्यक्रम संयाेजक एक जना र पुर्वाञ्चल युनिभर्सिटीका प्रतिनिधि एक जना रहनेछन् ।   नवनिर्मित कार्यसमितिको कार्यकाल ३ वर्षे रहने निर्वाचन समिति संयाेजक अधिवक्ता…
Read More
अखिल (समाजवादी ) झापाद्वारा “संगठन सुदृढ विस्तार तथा शिक्षालय सुधार” अभियान शुरु

अखिल (समाजवादी ) झापाद्वारा “संगठन सुदृढ विस्तार तथा शिक्षालय सुधार” अभियान शुरु

झापा । विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) झापाले “संगठन सुदृढ, विस्तार तथा शिक्षालय सुधार” अभियान आज देखि सुरु गरेको छ। संगठनले "आन्तरिक रुपमा संगठनलाई सुदृढ गरौँ , नवउदारवादी शिक्षा नितिको विरुद्धमा संघर्ष गरौँ" भन्ने मुल नाराका साथ अभियानको पहिलो दिन आज झापाको शनिश्चरे स्थित शनिश्चरे बहुमुखी क्याम्पसमा इकाई समिति गठन गरी उद्घाटन गरेको हो । वर्तमान समयमा, विद्यार्थीहरू आफ्नो हक - अधिकारबाट विमुख भएको र नयाँ पुस्तामा निराशा हावी भएको कारण आम विद्यार्थीहरुमा उर्जा भर्दै समाजवादी आन्दोलनमा प्रेरीत गर्न संगठनले ४५ दिने अभियान सुरु गरेको संगठनका केन्द्रीय सचिवालय सदस्य एवम् (झापा -मोरङ - सुनसरी)…
Read More