मेचीनगर। झापाको मेचीनगर -६ काँकरभिट्टा स्थित अरुणोदय बोर्डिङ्ग स्कुलले २९औं बार्षिक उत्सब भव्य रुपले मनाउने भएको छ । आइतवार पत्रकार भेटघाट गर्दै विद्यालयका अध्यक्ष भगिरथ राइले वार्षिकोत्सब हुने जानकारी गराएका हुन । काँकरभिट्टामा शिक्षामा नौलो अभ्यास गर्ने तयारी गर्दै पठन संस्कृति र प्लेली बिधिबाट पठनपाठन शुरु गरेको अरुणोदय स्कुलले आगामी मंगलवार र बुधवार २९औँ वार्षिकोत्सबलाई अरुणोदय महोत्सवको रुपमा भव्य रुपमा मनाउने तयारी गरेको छ । उत्सवको पहिलो दिन कक्षा ५ सम्मका विद्यार्थी र दोश्रो दिन कक्षा ५ माथिका विद्यार्थीले प्रतिभा प्रस्तुती गर्ने बताइएको छ । त्यस्तै अभिभावक नृत्य , विद्यार्थी अभिभावक सम्मान, विज्ञान प्रदर्शनी, परम्परागत सामाग्री प्रदर्शनी, पुस्तक तथा खेलकुद…
मेचीनगर। झापाको मेचीनगर -६ काकडभिट्टामा नयाँ वर्ष विशेष "भेट्रान रोड रेस कार्यक्रम-२०८२" हुनेभएको छ। "खेलकुद र सेवामा योगदान, प्रत्येक पाइलामा भेट्रानलाई सम्मान" नारा सहित समाजसेवी विमला तामाङको ४१ औँ जन्मदिनको उपलक्ष्यमा उक्त कार्यक्रम गरिने आयोजक काकडभिट्टा भेट्रान फुटबल क्लबले जानकारी दिएको छ। नयाँ वर्ष २०८२ को पहिलो दिन बैशाख १ गते बिहान ७ बजे काकडभिट्टा खेलमैदानबाट कार्यक्रम शुरु हुने र कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथिका रुपमा प्रदेश सभा सदस्य माननीय गोपाल तामाङको उपस्थिति रहने छ। उक्त रेस कार्यक्रममा क्रमश प्रथम हुनेले नगद रु ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्तै…
ललितपुर । विप्लव नेतृत्वको माओवादी केन्द्रका नेताहरूको ध्रुवीकरण हुने क्रम तीव्र भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेकपा महासचिव विप्लव सीको निवासमा आज एक कार्यक्रमका बीच माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ जना नेता-कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा महासचिव विप्लव सी, स्थायी कमिटी सदस्य शिलु सी, गोरखा जिल्ला इन्चार्ज कपिल सीलगायतका नेताहरूले अविर र खादा लगाएर भव्य स्वागत गरेका छन् । कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव विप्लव सीले सबैतिरबाट असल मानिसहरू एक हुनुपर्ने बेला आएकाे बताए । उनलेे भने, ‘माओवादीको छुट्टै आदर्श छ । आज हाम्रो पार्टीमा एउटा महत्वपूर्ण इट्टा थपिएको छ । हामीले नेपालमा आशा जगाउनुपर्छ ।”…
झापा । यातायात व्यवस्था कार्यालय झापाबाट ९ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही समय अगाडि पुर्वी गर्जन लगायतका सञ्चार माध्यममा बिचौलियाका कारण सेवाग्रहीले दुःख पाएको र बिचौलियाको कब्जामा यातायात कार्यालय रहेको समाचार सार्वजनिक भएको थियो । समाचार प्रकाशित भएसँगै आज यातायात कार्यालयबाट जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले ९ जना बिचौलियालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार दुईजना महिलासहित ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा बिर्तामोड वडा नम्बर १ की २४ बर्षिय गरिमा घिमिरे, ५२ बर्षिय सीता भेटवाल, २७ बर्षिय सुरज आचार्य, ४२ बर्षिय तुलसी खतिवडा र २९ बर्षिय रोशन…
मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न आम भेलाबाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ हुने जानकारी गराइएको हो । २०८२ वैशाख १३ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा विद्या विकास एकाडेमी रहेको छ । मुख्य प्रायोजक संस्थाबाट प्रतियोगिता सम्पन्न गर्न १ लाख ७२ हजार रुपैयाँ प्राप्त हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले नगद ६१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटि बाहुण्डाँगी रहेका…
मेचीनगर। झापाको मेचीनगर - ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बिहिवार मेचीनगर ५ र ६ सेमिफाइनल प्रवेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ७ लाई ३-१ को गोल अन्तरले पछि पार्दै ५ सेमिफाइनलमा प्रवेश गरेको हो । जितका लागि राज क्षेत्रीले २ र अनिस खड्काले १ गोल गरे । यता वडा नम्बर ७ का अरुण मेचेले गोल गरे । खेलको म्यान अफ द म्याच बिजेता टिमका राज क्षेत्री भए । उनलाइ नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीले ट्रफी र नगद हस्तान्तर गरेका थिए । यसैगरी दोस्रो खेलमा मेचीनगर १२ लाई मेचीनगर…
झापा । झापाको कचनकवल गाउँपालिकास्थित बनियानी बजारका दुई वटा पसलमा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ। केही दिनअघि विभिन्न मिडियामा "झापाको दक्षिणी भेगबाट व्यापक तस्करी, करोडौं राजस्व गुमाउँदै राज्य" शिर्षकमा समाचार प्रकाशित भएपछि उक्त छापा मारिएको हो। राजस्व अनुसन्धान कार्यालय तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले भन्सार छली गरी भारतबाट सामान ल्याएको सुराकीका आधारमा छापा मारेको हो। छापा ज्योति कपडा पसल र एके सप्लायर्समा परेको छ, जुन व्यवसायी अरुण चौधरीले सञ्चालन गर्दै आएका थिए। करिब तीन घण्टासम्म चलेको अपरेसनका क्रममा पसलका सम्पूर्ण कागजात छानबिनका लागि लगिएको छ भने पसलको माथिल्लो तला राजस्व कार्यालयले सिल गरेको छ। यसअघि, गत कात्तिक महिनामा…
फिक्कल । विश्वमा लोपोन्मुख रेडपान्डा संरक्षण र पर्यटन प्रर्वद्धनका लागि इलामको सन्दकपुरमा दोश्रो रेडपान्डा महोत्सव सुरु भएको छ । विभिन्न देशका पर्यटकहरु माझ रेडपान्डाको महत्व र अध्ययन गराउने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । आगामी चैत्र २३ गतेसम्म संचालन हुने महोत्सव इलाम क्षेत्र १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत र कोशी प्रदेशसभा सदस्य एवम सुशासन तथा योजना समितिको सभापति खगेश्वरी पौडेल अधिकारी (बन्दना) ले उद्धघाटन गरे । कार्यक्रममा बोल्दै संघीय सांसद बस्नेतले रेडपान्डाका माध्यमबाट पर्यटन प्रवर्धनमा सघाउ पुग्ने बताए । उनले रेडपान्डाको माध्यमबाट विश्व मानचित्रमा उभ्याउन सबल बन्न सबैको सहकार्य आवश्यक देखिएको छ । ‘ सन्दकपुर गाउँपालिकाको माइपोखरी विश्व सम्पाद…
झापा । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बुधवार मेचीनगर ११ र मेचीनगर ९ सेमिफाइनलमा प्रबेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ३ लाई २-१ को गोल अन्तरले पछि पार्दै ११ सेमिफाइनलमा प्रबेश गरेको हो । जितका लागि सुजल धिमाल र सागर बर्देवाले गोल गरे । मेचीनगर ३ का प्रदिप दहालले सान्तवाना गोल गरे । खेलको म्यान अफ द म्याच भएका सुजल धिमाल भए । यसैगरी दोस्रो खेलमा मेचीनगर २ लाई टाइब्रेकरमा ५- ४ को गोल अन्तरले पराजित गर्दै वडा नम्बर ९ बिजयी भएको हो । खेलको निर्धारित समयमा १-१…
झापा । विप्लव नेतृत्वको नेकपाले झापासहित देशभर जन प्रदर्शन गर्ने भएको छ। पार्टीको हालै सम्पन्न पोलिटब्युरो बैठकले जन प्रदर्शन सहित विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। आगामी चैत्र २४ गते झापा सहित देशभरका ७७ वटै जिल्लामा जन-प्रदर्शन गर्ने, चैत्र २७ गते देशभरका पालिका स्तरमा मसाल जुलुस गर्ने र वैशाख ५ गते सम्पुर्ण जिल्लाहरुमा कोण सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। यसैबीच नेकपा झापाले आज पार्टी कार्यालय विर्तामोडमा पार्टी सचिवालय बैठक बस्दै पार्टीको केन्द्रीय कार्यक्रमहरु भव्य रुपमा सम्पन्न गर्ने निर्णय गर्दै तयारीमा जुटेको छ। पार्टीका जिल्ला इन्चार्ज सुमनसिंह सी को नेतृत्वमा बसेको बैठकले सचिवालय सदस्यहरुलाई विभिन्न जिम्मेवारी हस्तान्तरण गर्दै कार्यक्रमको भव्य…