काठमाडौं। जारी विश्वकप अन्तर्गत भर्खरै सम्पन्न खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ। अफगानिस्तानले दिएको ५७ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्दै ऐतिहासिक सफलता हात पारेको हो । दक्षिण अफ्रिकाका लागि एडेन मारक्रमले २१ बलमा अविजित २३ रन जोडे भने रिजा हेन्ड्रिक्सले २५ बलमा अविजित २९ रन जोडे। अर्का ओपनर क्विन्टन डेककले ८ बलमा ५ रन जोडेर बोल्ड आउट भएका थिए। दक्षिण अफ्रिका सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक विश्वकपको फाइनल पुगेको हो। त्यसअघि टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन जोडेकाे थियाे। अफगानिस्तानलाई अलआउट गर्न मार्को…

झापा । झापाको गौरीगञ्ज वडा नं १ स्थित बनियानी खोलाले बगाउँदा १३ वर्षीय बालक बेपता भएका छन् । बेपता हुनेमा वडा नं १ महाभारा बस्ने मेदे बिकका १३ बर्षिय छोरा मिलन बिक रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। हिजो साँझ ६ बजेतिर उनी साथीहरुसँग फुटबल खेली खोलामा पौडी खेल्न गएको र सोही क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ। हाल उनको जनपद प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा बालकको खोजी कार्य जारी रहेकोमा हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विनोद सापकोटा झापा । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ठग बस्तीकी रामकुमारी राजबंशीलाई आफ्नै गोठमा बाँधेको गाईको बीमा गरेको थाहा थिएन । वडा अध्यक्ष मनोज खुलाल कार्की लगायतको पशुप्राविधिक र बीमा कम्पनीको प्रतिनिधि उनी घरमा नभएको बेला गत वर्षको असारमा गाईको बीमा गरिदिएका रहेछन् । ‘घरमा आएर घाँस हाल्न जाँदा गाईको कानमा पहेँलो ट्याग लगाईएको रहेछ,’ उनले भनिन्, ‘छिमेकीलाई सोधेँ मेरो गाइको कानमा कसले ‘टप’ लगाईदियो ?, छिमेकीले उनलाई ‘वडा अध्यक्ष लगायतको टोली आएर गाईको बीमा गरिदिनु भयो,’ भने । रामकुमारीलाई बीमा भनेको के हो थाहै थिएन । उनले केही रेकर्डका लागि चिन्ह लगाएर गएको होला भन्ने ठानिन् । गएको…

झापा । झापाको कचनकवल गाउँपालिका-३ ठुलो केचनामा विषालु सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । हिजो साँझ ५ः३० बजेको समयमा कचनकवल-३ बस्ने हरिप्रसाद राजवंशीकी १२ वर्षीया छोरी मनिषा राजवंशीलाई आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा विषालु सर्पले टोकेको थियो । बालिकालाई बनियानी स्थित सर्प दंश उपचार केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेचीनगर । मेचीनगर नगरपालिकाको आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा प्राथमिकताका साथ शिक्षा क्षेत्रलाई समेटिएको छ । सोमबार प्रस्तुत गरेको प्रस्तावित बजेटमा शिक्षा सम्बन्धि २० बुँदा समावेश छन् । शिक्षालाई प्राथमिकता दिने प्रतिवद्धता अनुसार नगरपालिकाले शिक्षालाई सञ्चार र प्रविधिसँग जोड्ने देखि शिक्षक, कर्मचारी तथा प्रारम्भिक बाल कक्षाका सहजकर्ताको पारिश्रमिकलाई निरन्तरता दिइने उल्लेख छ । त्यस्तै विद्यालयमा शैक्षिक विकासका लागि प्रविधिमैत्री शिक्षक तालिम सञ्चालन गर्ने उल्लेख छ । विद्यालयका प्रअ तथा विव्यसका पदाधिकारीहरुका लागि असल अभ्यास भएका विद्यालय तथा पालिकाको अवलोकन भ्रमणको व्यवस्था गर्ने उल्लेख छ । त्यस्तै गुणस्तर सुधारका लागि विव्यस, शिअसं, बाल क्लब पदाधिकारी र शिक्षकहरुको क्षमता विकासका…

मेचीनगर। झापाको मेचीनगर नगरपालीका वडा नं १४ मा अवस्थित फुलवासा खोलामा डुबेर २० महिनाको बच्चाको मृत्यु भएको छ। मंगलबार अन्दाजि ७:३० बजेको समयमा नमुना टोल स्थित बामरा सतारको छोरा २० महिनाको रिहान सतार घर देखि अन्दाजि ३०० मिटर पुर्वमा रहेको फुलवासा खोलामा खेल्ने क्रममा अचानक डुवि मृत्यू भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरी टोलि खटि गई घट्ना स्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरी लास पोष्टमाटमको लागि प्रादेशीक अस्पताल भद्रपुर झापा पठाईएको सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको छ।

मेचीनगर । मेचीनगर नगरपालिकाले कृषि क्षेत्र र कृषकलाई प्रोत्साहन दिनेगरी आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । आर्थिक विकास सम्बन्धि नीति अन्तर्गत कृषि विकासतर्फ खेती योग्य जमीनमा १२ महिना सिंचाई सुविधा पुर्याउन अभियानकै रुपमा डिप वोरिङ, सोलार पम्प, कुलो मर्मत तथा निर्माण, वाटर लिफ्टिङ्ग स्प्रिङ्कल सिंचाई योजना र बर्षको पानी संकलन गर्ने पोखरी निर्माण आदिको माध्यमबाट सिंचाई सुविधाको व्यवस्थापन गरी सिंचाईका पूर्वाधारहरु मर्मत तथा पुनः निर्माण गरी आवश्यकता अनुसार नयाँ कुलो पैनी निर्माण गर्ने नीति लिइएको छ । नगरपालिका क्षेत्रभित्र हात्तीको कारण हुने क्षतिलाई न्यूनिकरण गर्न हात्तीबाट बढी प्रभावितक्षेत्रहरुमा हात्तीले कम क्षति पुर्याउने बालीको…

विनोद सापकोटा सुरुङ्गा । कनकाई नगरपालिका वडा नम्बर ३ को प्यारागन एकाडेमिले यस वर्षदेखि कक्षा ११ मा पनि अध्यापन गराउने भएको छ । पूर्व प्राथमिक तहदेखि कक्षा १० सम्म यस अघि सञ्चालन भएको प्रविधि र पूर्वाधारयुक्त सो विद्यालयले व्यवस्थापन समूहमा कम्प्युटर विज्ञानको साथ अध्ययन अध्यापन गराउने सोमबार पत्रकार सम्मेलन गरेर विद्यालय सञ्चालकले जानकारी दिएको छ। विद्यालयकी संस्थापक तथा सञ्चालन समितिकी अध्यक्ष चम्पा खनाल सुवेदीले कन्काई नगरपालिकाको निजी विद्यालयतर्फ अब्बल प्यारागन एकाडेमीले कक्षा ११ मा पनि अध्ययन अध्यापन गराउने बताइन्। ’एसईई को रिजल्ट आए लगत्तै विद्यार्थी भर्ना प्रक्रिया सुरु हुनेछ,' उनले भनिन् । विद्यालयले कक्षा ११ सञ्चालनका निमित्त सबै तयारी पूरा…

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि २ अर्ब ५ करोड २९ लाखको बजेट सार्वजनिक गरेको छ । आज सम्पन्न दोस्रो नगरसभामाको पाँचौ अधिवेशनमा नगरउप्रमुख मिना पोखरेल उप्रेतीले बजेट प्रस्तुत गर्दै चालू खर्च तर्फ ७३ करोड ९६ लाख तथा पुजीगत तर्फ एक अर्ब ३१ करोड ७ लाख ८ हजार रकम विनियोजन गरिएको बताइन् । नगरसभामा प्रस्तुत भएको बजेट चालू तर्फ ३६ प्रतिशत र पुजीँगत खर्च ६३ प्रतिशत सहित बित्तिय व्यवस्थापन तर्फ एक प्रतिशत रकम बिनियोजन भएको छ । मेयर गोपालचन्द्र बुढाथोकीको अध्यक्षमा भएको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले…

मेचीनगर । झापाको मेचीनगर-१३ स्थित छबिलाल मार्गमा निर्माणाधीन प्लमवाल भत्किएको छ । इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था नबुझी अन्धाधुन्ध निर्माण गर्दा काम सम्पन्न नहुँदै प्लमवाल भत्किएको हो । मेचीनगर वडा नम्बर १३ र नगरपालिका तथा केही सामाजिक व्यक्तित्वको बिशेष पहलमा संघीय सरकारको १ करोड १६ लाख विनियोजित बजेटबाट धमाधम निर्माण भइरहेको १० फुट अग्लो प्लमवाल करिब ६० मिटर भत्किएको छ भने करिब २० मिटर चर्किएको छ । माथी ३०, बेस ६० सेन्टिमिटर र २ मिटर अग्लो वाल जमिनमुनिको बेसमै कमजोर ढलान भएका कारण क्षति भएको मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए । "स्थानीय…