झापा । पछिल्लो समय चर्चामा रहेकि गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा भिडियोहरू राखी आफ्नो चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा पुगेर उजुरी दिएकी छन्। एआईबाट आफ्ना भिडियो बनाएर चरित्रहत्या गरेको भन्दै उनले ब्युरोमा उजुरी दिएकी हुन्। ‘दिपु कान्छो’ नामबाट खोलिएको फेसबुक पेजले यसअघि समिक्षाको चरित्र माथि आँच आउने गरि सार्वजनिक गरिएको रिल्स भिडियो भाइरल बनेको थियोे । उनले फेसबुक, टिकटक र युट्युवमा समेत आपत्तिजनक भिडियो पोस्ट गरिएको विवरण उल्लेख गर्दै उजुरी दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

बिर्तामोड। न्यु रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ । एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । इलाम गोल्डकपको विजेता एनआरटीले फाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबको सामना गर्नेछ । खेलको ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गर्न सफल भए । जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक विशाल सुनारले विफल बनाएका थिए भने विदेशी खेलाडी एलेक्सको…

बिर्तामोड । विर्तामोडमा जारी "प्रथम झापा कप २०८१" मा दर्शकको साथ न्यून रहेको पाइएको छ । मंसिर २९ गतेदेखि विर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन भइरहेको झापा कप फुटबल प्रतियोगितामा दोस्रो क्वाटरफाइनलका खेल सञ्चालन भइसक्दा समेत फुटबल हेर्ने दर्शकको संख्या न्यून रहिरहेको छ । खेलमैदानको पुर्व, पश्चिम, उत्तर र दक्षिणमा करिब १० हजार दर्शक अट्ने व्यवस्थित बाँसको प्यारापिट निर्माण गरिएको छ । तर, मैदानको उत्तर, दक्षिण र पश्चिममा विद्यार्थीसहित खेलप्रेमी दर्शकहरू उल्लेख्य रहेपनि पुर्वपट्टी भने वारपार नै दर्शक न्युन रहने गरेका छन् । अहिले दैनिक १ देखि ३ हजारको हाराहारीमा दर्शक मैदान उपस्थित हुँदा त्यसको करिब तीन भागको एक भाग चै…

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले विचार संश्लेषण गर्ने भएको छ । एकीकृत जनक्रान्तिको कार्यदिशा, प्रचण्ड र किरणसँग विद्रोह पश्चात विचारधारात्मक, संङ्घर्ष, उत्पादन संस्कृतिमा गरिएको विकासलाई अझमाथि उठाउने, जनतालाई अपिल गर्ने र साम्राज्यवाद विरुद्ध प्रतिरोध तिब्र पार्ने उद्येश्यले नेकपाले विचार संश्लेषण गर्ने भएको हो । विचार संश्लेषणका लागि नेकपाले आगामी छ महिना वरपर विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । केन्द्रीय समितिका निर्णयहरुलाई काठमाडौँमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिदै प्रचार विभाग प्रमुख/ इन्चार्ज अनिल सीले विचार विश्लेषणमा पार्टीले विशेष जोड दिएको बताए । विप्लवको विचार संश्लेषणसँगै माओवादीहरूबिचको एकता अझै अनिश्चित बनेको छ ।

झापा । झापाको कमल गाउँपालिका–३ केर्खाबाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल-३ स्थित केर्खाबाट गौरादह नगरपालिका-५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई डलरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यहाँस्थित पूर्वपश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश१–०२–००१ख ९५३० नम्बरको यात्रुबाहक बसमा सवार मियाँले बोकेको झोला जाँच गर्दा स्रोत नखुलेको डलर एक सय दरका दुई सय ९७ थान फेलापरेको हो । आजको नेपाली दररेट अनुसार उक्त डलरको नेपाली रु ४० लाख ३३ हजार आठ सय ५४ रहेको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले…

कपिलवस्तु। विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक बिहीबार अपरान्ह १ बजे सुरु भएर ४ बजेदेखि स्थगन भएको छ । आज बिहीबार महासचिव विप्लव सीले व्याख्यासहित प्रस्ताव पेश गरेपछि अध्ययनका लागि बैठक स्थगन गरिएको प्रवक्ता प्रकाण्ड सी ले बताए । शुक्रबार बिहानैदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । बैठक कपिलवस्तुकाे शिवगढीस्थित केन्द्रीय कार्यालय रहेको प्रकाशन तथा प्रचार विभाग इन्चार्ज अनिल सीले बताएका छन्

विर्तामोड । नेपाल पत्रकार महासंघको भोली हुने निर्वाचनको लागि नेपाल प्रेस युनियनको तर्फबाट झापामा दुई उम्मेदवारको नाम सिफारिस भएपछि लफडा शुरु भएको छ। प्रेस चौतारी र प्रेस युनियनले झापा सहित देशैभर चुनावी गठबन्धन गरेका छन्। यता केन्द्रले जिल्लालाई पत्राचार गरेरै आधिकारिक उम्मेदवार राजेन्द्र गौतम रहेको बताएको छ भने जिल्लाले केन्द्रको आदेश इन्कार गर्दै हालका जिल्ला अध्यक्ष एकराज गिरीलाई अगाडि सारेको छ। महासंघको निर्वाचनमा प्रेस युनियन नेपाल र प्रेस चौतारीको साझा प्यानलमा युनियनको तर्फबाट अध्यक्ष पदमा वर्तमान अध्यक्ष एकराज गिरी र युनियन झापा शाखाको सल्लाहकार राजेन्द्र गौतमको उम्मेदवारी दर्ता भएको स्थितमा प्रेस युनियनको केन्द्रीय समितिले गौतमलाई आधिकारीक उम्मेदवार तोकेको थियोे ।…

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने गृह जिल्ला भ्रमणका लागि भोलि आइतवार झापा आउने भएका छन् । जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा आउने तयारी रहेको नेकपा एमालेका झापा अध्यक्ष प्रेमबहादुर गिरीले जानकारी दिए। मंसिर २३ र २४ गते झापाका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रमहरुमा सम्बोधन गर्न आउन लागेका ओलीलाई एमालेले जिल्लामा भव्य स्वागतको तयारी गरेको जनाएको छ। प्राप्त जानकारी अनुसार जिल्लामा तय भएको कार्यक्रम मध्य मुख्य कार्यक्रम दमक विजनेश टावरको उद्घाटन रहेको छ । जिल्लामा दमक विजनेश टावरको कार्यक्रमलाई भव्य र अन्य सबै कार्यक्रमहरुलाई सभ्य रुपमा सम्पन्न गर्न पार्टीको तर्फबाट…

प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर -५ स्थित माङ्हिम टोलमा ३ दिने धार्मिक मेला लाग्ने भएको छ। विगतका वर्षहरुझैँ यस वर्षपनि यहि मंसिर ३० गतेदेखि पुष २ गतेसम्म मेला सञ्चालन हुने समितिका अध्यक्ष महेन्द्र लावतीले बताए । उक्त धार्मिक सांस्कृतिक मेलामा मंसिर ३० गते पुर्णिामाका दिन पुजापाठ तथा विभित्र सांस्कृतिक नृत्य हुने र बाँकी २ दिन विभिन्न प्रकारका खेलकुद तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा सांगीतिक कार्यक्रम गरिने स्थानीय समाजसेवी दिलिपजंग सुब्बाले बताए । लिम्बूहरुको कुल देवताका रुपमा पुजा गरिँदै आएको युमा माङहिम मन्दिर परिसरमा मेला आयोजना हुने भएको हो । शनिबार पत्रकारहरुसँग कुरा गर्दै आयोजक समितिले मेलामा रचना रिमाल,…

मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि मनाइरहेको छ । सोही क्रममा नगरपालिकाले अभियानको १२ औं दिन शुक्रबार लैंगिक हिंसा र कानुन सम्बन्धि नगरका सरोकारवाला निकायबिच अन्तरक्रिया सम्पन्न गरेको छ । मेचीनगर सभाहलममा उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षता आयोजित अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नगर प्रमुख बुढाथोकीले लैंगिक हिंसा गर्ने कार्य समाजको कुरीति हो । यसलाई नियन्त्रण गर्न नगरपालिकाले विभिन्न कार्यक्रमहरू अगाडि सारिएको बताए । त्यस्तै उनले लैंगिक हिंसा गर्नेलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कार्वाही अगाडि बढाउनुपर्ने बताए । जुनसुकै बहाना र…