Skip to main content

Purbi Garjan

आज सबै विद्यालय बन्द गरेर सम्मान कार्यक्रम उपस्थित हुन मेचीनगरको निर्देशन

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक–कर्मचारी तथा विद्यार्थी सम्मान कार्यक्रमका लागि नगरभित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई पठनपाठन बन्द गरी कार्यक्रममा सहभागी हुन निर्देशन दिएको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले असार २२ गते जारी गरेको पत्रअनुसार असार २५ गते सोमबार बिहान १०:३० बजे वडा नं. ६ नजिकको सामुदायिक भवनमा कार्यक्रम आयोजना गरिएको उल्लेख छ । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक–कर्मचारी तथा सम्मानित हुने विद्यार्थीको अनिवार्य उपस्थिति रहने उल्लेख गरिएको छ।

पत्रमा शैक्षिक वर्ष २०८१ मा उत्कृष्ट भएका विद्यार्थी, सेवानीवृत्त स्थायी शिक्षक तथा कर्मचारीलाई सम्मान गरिने जनाइएको छ। साथै सम्बन्धित विद्यालयलाई सम्मानित हुने व्यक्तिहरूलाई जानकारी गराई अनिवार्य उपस्थितिका लागि समन्वय र सहजीकरण गर्न निर्देशन दिइएको छ।

यस विषयमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख होमनाथ भण्डारीले नगरपालिकाको आधिकारिक कार्यक्रम भएकाले सो दिन विद्यालयको नियमित पठनपाठन बन्द गरी सहभागी हुनुपर्ने बताए। उनका अनुसार विद्यालय प्रशासन, शिक्षक, कर्मचारी तथा सम्मानित विद्यार्थीको उपस्थितिलाई अनिवार्य बनाइएको छ। नगरको निर्देशन पछि अधिकांश विद्यालयहरुले आज पठनपाठन नहुने र विद्यालय बन्द रहेको सूचना जारी गरेका छन्।   

नगरपालिकाको उक्त निर्णयपछि भने शैक्षिक क्षेत्रमा बहस सुरु भएको छ। विद्यालय सञ्चालनकै समयमा कार्यक्रम राख्दा नियमित पठनपाठन प्रभावित हुने भन्दै अभिभावक तथा सरोकारवालाले चासो व्यक्त गरेका छन्। हप्तामा दुई दिन विद्यालय बन्द भएपनि विद्यालय सञ्चालन हुनुपर्ने दिनमै कार्यक्रम आयोजना गरेर विद्यार्थीहरुको पढाइ प्रभावित पारेको अभिभावकहरुको गुनासो छ।

नगरपालिकाले भने उत्कृष्ट विद्यार्थी तथा सेवानीवृत्त शिक्षक–कर्मचारीको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali