Skip to main content

Purbi Garjan

दोस्रो महिला झापा गोल्डकप : पोखरालाई हराउँदै झापा -११ सेमिफाइनल प्रवेश

झापा । दोस्रो  एक्स्ट्रिम झापा महिला गोल्डकपको उद्घाटन खेलमा सजिना स्याङताङको ह्याट्रिकको मद्दतले झापा–११ फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबलाई १०–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

एकपक्षीय खेलमा झापाले पोखरालाई दबाबमा राखेको थियो । खेल अवधिभर पोखराले झापाको पोस्टमा गोलको अवसर सिर्जना गर्न सकेन । पहिलो हाफमा प्रतिस्पर्धात्मक खेल पस्केको पोखराले दोस्रो हाफमा ८ गोल खाएको थियो । झापाको जितमा सजिना स्याङताङले ह्याट्रिकसहित ४, ममता राउतले २ तथा सेमिहाङमा लिम्बु, सञ्जु तामाङ, अञ्जली चन्द र पुनम चेम्जोङले १–१ गोल गरे ।

झापाले पहिलो गोलका लागि खेलको ३६ औँ मिनेट पर्खिनु प¥यो । झापाका लागि पहिलो गोल सेमिहाङमा लिम्बुले गरिन् । अञ्जली चन्दले गरेको कर्नर प्रहारमा डि–बक्समा रहेकी उनले वान टचमा गोल गरिन् । ४१ औँ मिनेटमा झापाका लागि सजिना स्याङताङले गरिन् । २–० ले अगाडि रहेको झापाका लागि ५५ औँ मिनेटमा सजिनाले नै व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरिन् ।

६५ औँ मिनेटमा झापाका वैकल्पिक खेलाडी सञ्जु तामाङले मैदानको मध्यभागबाट सिंगल खेल्दै सुन्दर गोल गरिन् । ६६ औँ मिनेटमा सजिनाले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ७४ औँ मिनेटमा झापाका ममता राउतले गोल गरिन् । ७८ औँ मिनेटमा अर्काे गोल थप्दै झापालाई बलियो अवस्थामा पु¥याइन् ।

ह्याट्रिक पूरा गरेकी सजिनाले ८० औँ मिनेटका अर्काे गोल थपिन् । ८५ औँ मिनेटमा झापाका पुनम चेम्जोङले पोखराका खेलाडीबाट रिबाउन्स भएको बललाई डिबक्समा रहेकी चेम्जोङले गरेको कडा प्रहार गोल भएको थियो । खेलको अतिरिक्त समयमा अञ्जली चन्दले गोल गर्दै १०–० को अवस्थामा खेललाई पु¥याइन् ।
खेलको प्लेयर अफ द म्याच विजेता झापाकी सजिना स्याङताङ घोषित भइन् । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाइन् । आइतबार विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब र भारतको एभी एफसीबीच हुनेछ ।

प्रतियोगितामा आयोजक झापा–११ सहित आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको एभी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुन आर्मी एफसी र सशस्त्र प्रहरीको एपिएफ एफसीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैंयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिड फिल्डर, डिफेनडर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैंयाँ पुरस्कार पाउनेछ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले दुधे रंगशालालाई नगर गौरवको आयोजनाका रुपमा राखिएको बताए । उनले यस रंगशालालाई एकेडेमीका रुपमा विकास गर्दै महिला फुटबल खेलाडी उत्पादनको गन्तव्य बनाउने धारणा राखे । कार्यक्रम आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दोस्रो महिला झापा गोल्डकप : पोखरालाई हराउँदै झापा -११ सेमिफाइनल प्रवेश

दोस्रो महिला झापा गोल्डकप : पोखरालाई हराउँदै झापा -११ सेमिफाइनल प्रवेश

झापा । दोस्रो  एक्स्ट्रिम झापा महिला गोल्डकपको उद्घाटन खेलमा सजिना स्याङताङको ह्याट्रिकको मद्दतले झापा–११ फुटबल क्लबले आरएस पोखरा ...
मेचीनगरमा वडास्तरीय सार्वजनिक सुनुवाइ, विकास निर्माणदेखि शौचालयसम्म उठे प्रश्न

मेचीनगरमा वडास्तरीय सार्वजनिक सुनुवाइ, विकास निर्माणदेखि शौचालयसम्म उठे प्रश्न

मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजना तथा सामुदायिक विकास मञ्चको सहजीकरणमा बिहीबार वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भए...
खुट्टिडाँगी सामुदायिक वनको २७औँ साधारण सभा, आम्दानी बढाउन व्यावसायिक याेजना अघि सारियाे

खुट्टिडाँगी सामुदायिक वनको २७औँ साधारण सभा, आम्दानी बढाउन व्यावसायिक याेजना अघि सारियाे

मेचीनगर । झापाको मेचीनगर–९ स्थित खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूहको २७औँ वार्षिक साधारण सभा कात्तिक १५ गते सम्पन्न भएको छ । ...
झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
ne_NPNepali