Purbi Garjan

पूर्वी गर्जन

पूर्वी गर्जन

744 Posts

झापाको अर्जुनधारा स्थित दोभान एकीकृत कृषि परियोजनाको पराल स्टोकमा आगलागी

झापा, १५ माघ ।  झापाको अर्जुनधारा नगरपालिका–७ स्थित दोभान एकीकृत कृषि परियोजनाको परालको स्टोकमा आगलागी भएको छ। परियोजनाका सञ्चालक दिपल कार्कीका अनुसार करिब ५ विगाह बराबरको पराल जलेर नष्ट हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। आगलागी नियन्त्रणका लागि बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीय बासिन्दा खटिएका थिए ।
Read More
दमक झडप: एमालेका तीन जना घाइते, दुइवटा सुनको सिक्री हरायो

दमक झडप: एमालेका तीन जना घाइते, दुइवटा सुनको सिक्री हरायो

झापा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत उम्मेदवारी मनोनयनको दिन झापा क्षेत्र नं. ५ को दमकमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ। घटनामा तीन जना एमाले कार्यकर्ता घाइते भएका छन्। नेकपा (एमाले) झापा क्षेत्र नं. ५ निर्वाचन क्षेत्र समन्वय समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, निर्वाचन आयोगले तोकेको स्थानभन्दा बाहिर एमालेका क्षेत्रीय अध्यक्ष तथा उम्मेदवार  केपी शर्मा ओलीलाई उम्मेदवारी दर्ता गर्न नदिने नियतले रास्वपाका कार्यकर्ताले संगठित आक्रमण गरेको एमालेले जनाएको छ। विज्ञप्तिमा रास्वपाका कार्यकर्ताद्वारा गरिएको आक्रमणबाट तीन जना कार्यकर्ता घाइते भएको र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको उल्लेख छ। साथै, आक्रमणका क्रममा दुई जना कार्यकर्ताको सुनको सिक्रीसमेत लुटिएको…
Read More
झापा–५ मा माओवादीबाट संजय राई उम्मेदवार, मनोनयन भोलि

झापा–५ मा माओवादीबाट संजय राई उम्मेदवार, मनोनयन भोलि

झापा–५ मा नेकपा (माओवादी केन्द्र) ले युवा नेता संजय राईलाई उम्मेदवार बनाउने निश्चित भएको छ। पार्टीका अनुसार राईले ‘गुलाफ’ चुनाव चिह्न लिएर निर्वाचन मैदानमा उत्रिनेछन्। उनको मनोनयन दर्ता भोलि हुने बताइएको छ। माओवादी पक्षले संजय राईलाई देशभक्त, जनप्रिय र संघर्षशील युवा नेताका रूपमा प्रस्तुत गर्दै पछिल्ला एक दशकदेखि झापामा राष्ट्रघात र जनघातविरुद्ध निरन्तर संघर्ष गर्दै आएको दाबी गरेको छ। पार्टी निकट स्रोतका अनुसार राज्यद्वारा गरिएको दमन सहँदै उनले जनताको पक्षमा राजनीतिक गतिविधि अगाडि बढाएका छन्। पार्टीले आगामी निर्वाचनलाई पुराना सत्ताधारी शक्तिविरुद्धको निर्णायक संघर्षका रूपमा व्याख्या गरेको छ। “एल्गोरिदम र भाइरल राजनीतिभन्दा बाहिर रहेर वास्तविक जनप्रतिनिधि चुन्ने समय आएको छ,” माओवादी…
Read More
सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

सुनसरीमा मार्बल बोकेको ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

सुनसरी । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका–८ स्थित कब्रिस्थान नजिक हुलाकी लोकमार्गमा मार्बल बोकेको ट्रक दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान करिब ६ बजेको समयमा विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको मार्बल बोकेको ट्रक अनियन्त्रित भई हुलाकी लोकमार्गको पश्चिमतर्फ रहेको मकैबारीमा पल्टिएको हो। दुर्घटनामा ट्रकमा सवार ९ जनामध्ये अगाडि सवार ३ जना सकुशल निस्किएका थिए भने पछाडि सवार ५ जना कामदार ट्रकमा च्यापिएका थिए। घटनापछि विराटनगरबाट आएको एक क्रेन को सहायताले ट्रक निकाल्ने क्रममा पछाडि सवार पाँचै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। मृतकहरूलाई पोष्टमार्टमका लागि बिहान ८:२० बजे जिल्ला अस्पताल सुनसरी, इनरुवा…
Read More
मेचीनगरमा माघ ३ देखि पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप, १४ विद्यालयको सहभागिता

मेचीनगरमा माघ ३ देखि पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप, १४ विद्यालयको सहभागिता

मेचीनगर । विद्यार्थीहरूको प्रतिभा र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्कूलस् ब्रेन वेभ सर्कलको आयोजनामा माघ ३ गतेदेखि ५ गतेसम्म पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप आयोजना हुने भएको छ। आयोजकले बुधबार धुलाबारीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा स्कूलस् ब्रेन वेभ सर्कलका संरक्षक तथा प्याब्सन मेचीनगरका पूर्व अध्यक्ष डम्बर रुचालले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै खेलकुदप्रति उत्साह जगाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए। https://youtu.be/wM_3HfMFcUI उनका अनुसार स्पोर्ट कप अन्तर्गत फुटबल, म्याराथुन दौड तथा टेबल टेनिस प्रतियोगिता सञ्चालन हुनेछन्। माघ ३ गते मेचीनगर–३ स्थित बडाखाल खेल मैदानमा सिनियर छात्र तथा छात्रातर्फको फुटबल प्रतियोगिता हुने छ भने सोही…
Read More
झापा–५ मा राजनीतिक झट्का, सुमन सिंह अघि सार्दै माओवादी हेडक्वाटर

झापा–५ मा राजनीतिक झट्का, सुमन सिंह अघि सार्दै माओवादी हेडक्वाटर

झापा । आगामी निर्वाचनलाई लक्षित गर्दै झापा–५ मा नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिन थालेको छ। नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले वैकल्पिक राजनीतिक धार निर्माण गर्ने रणनीतिसहित सुमन सिंहलाई उम्मेदवारका रूपमा अघि सार्ने विषयमा आन्तरिक छलफल तीव्र पारेको छ। पार्टी स्रोतहरूका अनुसार वर्तमान राजनीतिक परिदृश्यमा देखिएको पश्चिमा प्रभावलाई सन्तुलनमा ल्याउने उद्देश्यसहित सिंहलाई अघि सार्ने तयारी भइरहेको छ। यस सन्दर्भमा छिमेकी मुलुक चीन र भारतबाट अप्रत्यक्ष सहयोगको सम्भावनाबारे समेत राजनीतिक वृत्तमा चर्चा चलेको छ, यद्यपि यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन। झापा–५ मा एमाले अध्यक्ष केपी ओलीसहित काठमाडौ महानगरका मेयर बालेन शाह भिड्ने चर्चा चुलिएको बेला एकीकृत जनक्रान्तिले…
Read More
समुदाय विपद् व्यवस्थापन सम्बन्धी १८ दिने तालिम मेचीनगरमा सम्पन्न

समुदाय विपद् व्यवस्थापन सम्बन्धी १८ दिने तालिम मेचीनगरमा सम्पन्न

मेचीनगर, झापा । झापाको मेचीनगर नगरपालिकाको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर–२ गण, झापाको समन्वयमा सञ्चालन गरिएको समुदाय विपद् व्यवस्थापन सम्बन्धी १८ दिने तालिम सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा सञ्चालन गरिएको उक्त तालिममा स्थानीय स्वयंसेवक तथा नगर प्रहरी गरी २० जनाको सहभागिता रहेको थियो। तालिममा सशस्त्र प्रहरी बलका प्रशिक्षकहरूले स्थानीयकमार्फत स्थानीय तहमा आइपर्न सक्ने विभिन्न विपद् जोखिम, त्यसको पूर्वतयारी, उद्धार तथा न्यूनीकरणका उपायबारे व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए। तालिम समापनका अवसरमा आज काकडभिट्टा खेलमैदानमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै तालिमका क्रममा सिकेका सीप र ज्ञानको प्रदर्शनीसमेत गरिएको थियो। समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल वराह बाहिनीका प्रमुख डिआइजी कुमार…
Read More

इन्डो–नेपाल मिडिया कपमा तराई प्रेस क्लब दार्जिलिङ च्याम्पियन

काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधि तराई प्रेस क्लब दार्जिलिङले आफ्नो नाममा लेखाएको छ। सोमबार काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा भएको फाइनलमा तराई प्रेस क्लबले भद्रपुर प्रेस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो।     खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तराई प्रेस क्लबले आक्रामक प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। खेलको ३२औँ मिनेटमा प्रवेश भुजेलले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि ४४औँ मिनेटमा दावा लामाले गोल थप्दै उपाधि सुनिश्चित गरे। फाइनल खेलमा निर्णायक भूमिका खेलेका दावा लामा ‘म्यान अफ द म्याच’ घोषित भए र नगद १ हजार…
Read More
भद्रपुरमा कोशी पाथिभरा इन्डो-नेपाल क्रिकेट हुने

भद्रपुरमा कोशी पाथिभरा इन्डो-नेपाल क्रिकेट हुने

बिर्तामोड । झापाको भद्रपुरमा कोशी पाथिभरा इन्डो-नेपाल टि २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रतियोगिता मेची क्रिकेट ग्राउन्डमा हुनेछ । आयोजक भद्रपुर क्रिकेट क्लबले भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता यही माघ २१ गतेदेखि २८ गतेसम्म हुनेछ । क्लबका अध्यक्ष आदित्य पराजुलीका अनुसार प्रतियोगितामा भारतका चार र नेपालका चारवटा टिमको सहभागिता रहनेछ । भारतका राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनाऊ, क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किमले प्रतियोगितामा सहभागिता जनाउने छन् । त्यस्तै, नेपालका आयोजक भद्रपुर क्रिकेट क्लब, विराटनगर किंग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड…
Read More

इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२ को तयारी अन्तिम चरणमा

काँकडभिट्टा, झापा । नेपाल र भारतका पत्रकारहरूबीच हुने इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता पुस २७ र २८ गते काकडभिट्टा खेल मैदानमा हुँदैछ। प्रतियोगिताको तयारी तथा व्यवस्थापनका विषयमा शुक्रबार काकडभिट्टा मा .बि.काे खेलमैदान मा आयोजक समितिको बैठक तथा पत्रकार सम्मेलन सम्पन्न भएको थियो। उक्त बैठकमा नेपाल र भारतका पत्रकार, खेलप्रेमी तथा आयोजक समितिका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैठकले खेल तालिका, व्यवस्थापन, सुरक्षा, मिडिया समन्वय तथा अतिथि सत्कार सम्बन्धी आवश्यक निर्णयहरू गरेको आयोजक समितिले जनाएको छ। प्रतियोगितामा नेपाल र भारतका पत्रकार टोलीबीच मैत्रीपूर्ण फुटबल खेल हुनेछ, जसले दुई देशका सञ्चारकर्मीबीचको आपसी सम्बन्ध, मित्रता र सहकार्यलाई…
Read More
ne_NPNepali