Skip to main content

Purbi Garjan

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला
इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

सोमबार बिहान करिब १०ः३० बजे आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे १ ज ३३४७ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा पाँचथर मिक्लाजुङ–३ का बोलेरो चालक ३६ वर्षीय खेमराज मगरसहित मनकुमारी लावती, उनकी १२ वर्षीया छोरी लामसिमी लावती, २३ महिनाका छोरा लाम्सेमा लावती र तुम्बेवा–१ का २१ वर्षीय जनक तामाङ घाइते भएका छन्।

घाइतेमध्ये १२ वर्षीया लामसिमीको दाहिने आँखामा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्था रहेकाले थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

प्रविण अधिकारी /नुवाकोट। छिमेकी मुलुक भारतको दार्जिलिङ जिल्ला बागडोग्रास्थित गोर्खा समुदायको पाँच सदस्यीय टोलीले रसुवाका बाढी प्रभ...
देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
ne_NPNepali