Skip to main content

Purbi Garjan

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाटक झापाको मेचीनगरमा मञ्चन गरिएको छ।

कलाकारहरुको समुह

मेचीनगर–६ स्थित वडा कार्यालय नजिकैको सामुदायिक भवनमा परिवर्तन थिएटरद्वारा प्रस्तुत उक्त नाटकले पञ्चायतकालीन शासन प्रणालीमा राज्यले सर्वसाधारणमाथि गरेको दमनलाई सशक्त रूपमा चित्रण गरेको हो।

नाटकमा “जो साँचो बोल्छ, उ मारिन्छ” भन्ने सन्देशलाई केन्द्रमा राख्दै जेल जीवनको भयावह यथार्थ प्रस्तुत गरिएको छ। विशेषगरी ८ नम्बर चौकीलाई ‘नर्क समान’ र ‘आतंकको केन्द्र’का रूपमा देखाइएको छ, जहाँ लगिएका कैदीहरू सुरक्षित फर्किने अवस्था नरहेको चित्रण गरिएको छ।

कथामा सामान्य आरोपमै निर्दोष नागरिकहरूलाई जेल हालिने र त्यहाँ अमानवीय व्यवहार गरिने प्रसंगहरू समेटिएका छन्। भिरबाट लडेर मरेको गाईको मासु खाएको आरोपमा एक महिला जेल पुगेको घटना, प्रधानपञ्चको नातिको साइकल चोरीको झुटो आरोपमा पक्राउ परेका इरफान अलीलाई वीरगन्जबाट सारेर यातनास्थल मानिएको चौकीमा पुर्‍याइएको र ८ नम्बर चौकीमा मारिएको कथा मुख्य रूपमा देखाइएको छ।

नाटकले जेलभित्र हुने धार्मिक विभेद, नेपाली भाषा नजान्ने कैदीमाथि हुने अत्याचार, चौकिदारद्वारा गरिने दमन र शक्तिशाली व्यक्तिहरूले हत्यारासम्मलाई आममाफी दिने विकृत प्रथालाई समेत उजागर गरेको छ।

परिवर्तन थिएटरले प्रस्तुत गरेको यस नाटकले पञ्चायती शासनकालमा न्याय प्रणाली कमजोर र राजनीतिक प्रभावमा रहेको अवस्थालाई संकेत गर्छ। त्यस समयमा आलोचना गर्नेलाई दमन गर्ने र निर्दोष नागरिकलाई समेत यातना दिने प्रवृत्ति रहेको ऐतिहासिक सन्दर्भसँग यो विषय जोडिएको छ।

नाटकले दर्शकलाई इतिहासको त्यो कालखण्ड सम्झाउँदै राज्यद्वारा गरिएको दमनविरुद्ध प्रश्न उठाउन प्रेरित गरेको छ। स्थानीय दर्शकहरूले नाटकलाई यथार्थपरक र चेतनामूलक भएको प्रतिक्रिया दिएका छन्।

उक्त नाटक आजबाट असोज २० गतेसम्म चल्नेछ भने प्रत्येक दिन दिउँसो २ र ५ बजेको २ वटा शो हुने नाटकको निर्देशक कविता नेपालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

प्रविण अधिकारी /नुवाकोट। छिमेकी मुलुक भारतको दार्जिलिङ जिल्ला बागडोग्रास्थित गोर्खा समुदायको पाँच सदस्यीय टोलीले रसुवाका बाढी प्रभ...
देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
ne_NPNepali