Skip to main content

Purbi Garjan

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्।

आज (शुक्रबार) बिहान करिब ११:४० बजे नयाँ मेची पुलमा नियमित जाँचका क्रममा सशस्त्र सीमा बल (SSB) ४१औँ बटालियन, रानीडाँगाको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको WB 74 BU 1274 नम्बरको मारुती सुजुकी एर्टिगा गाडी रोकेको थियो।

जाँचका क्रममा गाडीमा सवार धनजित पटगिरी (४७) को साथबाट सुन र चाँदीजस्ता बहुमूल्य धातु तथा सिक्का फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। साथै गाडीमा रहेका अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको सशस्त्र सीमा बलले जनाएको छ।
बरामद सामग्री अनुसार करिब १०० ग्राम चाँदीको सिक्का १ थान, १०–१० ग्रामका सुनका बार ४ थान, २० ग्राम बराबरका सुनका सिक्का ३ थान बरामद गरिएको हो ।

पक्राउ पर्नेहरूमा धनजित पटगिरी (४७), आशिष पोद्दार (३३), विकास अग्रवाल (३६) र चालक नबा कुमार राय (४१) रहेका छन्। उनीहरू सबै भारतीय नागरिक हुन्।

बरामद गरिएको सुन–चाँदी, गाडी र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि पानीटंकी भन्सार कार्यालयमा बुझाइएको छ। उनीहरूमाथि भन्सार ऐन, १९६२ अनुसार थप प्रक्रिया अघि बढाइने जनाइएको छ। यसअघि काकडभिट्टा नाकाबाट तत्कालीन डिएसपी विकास थापाको टोलीले सुन र डलर बरामद गरेको थियोे । नेपालतर्फ अहिले सुरक्षा व्यवस्था कमजोर भएको मौका छोप्दै तस्करहरुले सुनचाँदी काकडभिट्टा नाकाबाट तस्करी गर्ने गरेको विशेष स्रोतको दावी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

प्रविण अधिकारी /नुवाकोट। छिमेकी मुलुक भारतको दार्जिलिङ जिल्ला बागडोग्रास्थित गोर्खा समुदायको पाँच सदस्यीय टोलीले रसुवाका बाढी प्रभ...
ne_NPNepali