Skip to main content

Purbi Garjan

खुट्टिडाँगी सामुदायिक वनको २७औँ साधारण सभा, आम्दानी बढाउन व्यावसायिक याेजना अघि सारियाे

मेचीनगर । झापाको मेचीनगर–९ स्थित खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूहको २७औँ वार्षिक साधारण सभा कात्तिक १५ गते सम्पन्न भएको छ । सभाले आगामी आर्थिक वर्षका लागि २१ लाख रुपैयाँको बजेट तथा वनको संरक्षण, पर्यटन प्रवर्द्धन र आयआर्जन वृद्धि गर्ने विभिन्न योजनालाई प्राथमिकतामा राखेको छ ।
वन समूहले वन क्षेत्रमा पर्यटकको चहलपहल बढाउने उद्देश्यले सेल्फी पुल निर्माण सम्पन्न गर्ने योजना अघि सारेको छ । त्यसैगरी, नयाँ व्यावसायिक स्टल निर्माण गरी स्थानीय उत्पादन तथा परिकारको प्रवर्द्धन गर्ने र समूहको आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ ।

वनका कार्यालय सचिव राजु धिमालका अनुसार समूहले सहिद मार्गमा प्रवेशद्वार निर्माण गर्ने योजना पनि बनाएको छ ।यसका लागि दाता तथा दानवीरको खोजी गरिनेछ । साथै, वन क्षेत्रमा जडीबुटी खेती विस्तार गर्ने र राँगा पालन व्यवसाय सञ्चालन गर्ने योजना अघि सारिएको उनले जानकारी दिए ।

समूहले वनको आम्दानीका नयाँ स्रोत पहिचान गर्ने उद्देश्यले आधुनिक माछापालनसमेत सुरु गरेको छ । वन संरक्षणसँगै व्यावसायिक गतिविधि विस्तार गरेर उपभोक्ताको आर्थिक अवस्था सुधार गर्ने लक्ष्य समूहले राखेको छ ।

साधारण सभामा प्रमुख अतिथिका रूपमा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथिका रूपमा सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष वेदप्रसाद भण्डारी तथा विशेष अतिथिका रूपमा मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ लगायतले वनकाे विकासमा सहयाेग गर्ने वचन दिएका थिए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ मेचीनगरकी अध्यक्ष जानुका ओली, अगुवा महिला रेणुका डाँगी, शिव रेग्मी, ऋषिराम खनाल र डिल्लीराम न्यौपाने, युवराज रेग्मी लगायतकाे पनि आतिथ्यता रहेकाे थियाे ।

सभामा वन संरक्षण, दिगो उपयोग, पर्यटन विकास र स्थानीय स्रोतसाधनको परिचालनमार्फत समूहलाई आर्थिक रूपमा सबल बनाउने विषयमा जोड दिइएको थियो । वन समुहका अध्यक्ष टङ्क बहादुर नेपालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुस्मा कार्की डोलीले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खुट्टिडाँगी सामुदायिक वनको २७औँ साधारण सभा, आम्दानी बढाउन व्यावसायिक याेजना अघि सारियाे

खुट्टिडाँगी सामुदायिक वनको २७औँ साधारण सभा, आम्दानी बढाउन व्यावसायिक याेजना अघि सारियाे

मेचीनगर । झापाको मेचीनगर–९ स्थित खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूहको २७औँ वार्षिक साधारण सभा कात्तिक १५ गते सम्पन्न भएको छ । ...
झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
ne_NPNepali