काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्। आज (शुक्रबार) बिहान करिब ११:४० बजे नयाँ मेची पुलमा नियमित जाँचका क्रममा सशस्त्र सीमा बल (SSB) ४१औँ बटालियन, रानीडाँगाको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको WB 74 BU 1274 नम्बरको मारुती सुजुकी एर्टिगा गाडी रोकेको थियो। जाँचका क्रममा गाडीमा सवार धनजित पटगिरी (४७) को साथबाट सुन र चाँदीजस्ता बहुमूल्य धातु तथा सिक्का फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। साथै गाडीमा रहेका अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको सशस्त्र सीमा बलले जनाएको छ। बरामद सामग्री अनुसार करिब १०० ग्राम चाँदीको…