Skip to main content

Purbi Garjan

ताजा खबर

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११ गते दिउँसो १२ः३० बजे झापा गाउँपालिका–१ सालमारामा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा, झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापा गाउँपालिका–१ सालमारा निवासी ३० वर्षीय सलमान मिया र ३६ वर्षीय नसिम अक्तर मिया रहेका छन्। प्रहरीका अनुसार भारतको कुत्तुवाभिट्टाबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागेर जाँच गर्ने क्रममा सलमान मियाले लगाएको कुर्ताको दाहिने खल्तीमा रहेको साबुनको रातो रङको बट्टाभित्र सेतो प्लास्टिकमा पोका पारी राखिएको खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो। उक्त पदार्थ…
Read More
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। रातभर अवैध ओसारपसार, साना चालकमाथि कडाइ तर ठूला गिरोहलाई छुट दिने गरेको स्थानीयको आरोप काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टामा सीमा सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको सशस्त्र प्रहरी बलको भूमिकामाथि पछिल्ला दिनमा गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। सीमा सुरक्षा तथा चोरी निकासी–पैठारी नियन्त्रण गर्ने जिम्मेवारी भए पनि नाका आसपासका विभिन्न क्षेत्रहरूबाट रातको समयमा खुलेआम तस्करी भइरहेको पाइएको छ। मेचीनगरको उत्तर–पूर्वी क्षेत्र तिरिङ, नकलबन्द, तुर्केनी, पिङ्कीठ्याक, मेचीडाँडा, गैरीगाउँ, भान्साखोला तथा सतिघट्टा लगायतका क्षेत्र हुँदै रातभर कपडा, मोटर पार्ट्सजस्ता सामग्री भारतबाट नेपाल भित्रिने क्रम बढ्दो…
Read More
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्। आज (शुक्रबार) बिहान करिब ११:४० बजे नयाँ मेची पुलमा नियमित जाँचका क्रममा सशस्त्र सीमा बल (SSB) ४१औँ बटालियन, रानीडाँगाको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको WB 74 BU 1274 नम्बरको मारुती सुजुकी एर्टिगा गाडी रोकेको थियो। जाँचका क्रममा गाडीमा सवार धनजित पटगिरी (४७) को साथबाट सुन र चाँदीजस्ता बहुमूल्य धातु तथा सिक्का फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। साथै गाडीमा रहेका अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको सशस्त्र सीमा बलले जनाएको छ। बरामद सामग्री अनुसार करिब १०० ग्राम चाँदीको…
Read More
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाटक झापाको मेचीनगरमा मञ्चन गरिएको छ। मेचीनगर–६ स्थित वडा कार्यालय नजिकैको सामुदायिक भवनमा परिवर्तन थिएटरद्वारा प्रस्तुत उक्त नाटकले पञ्चायतकालीन शासन प्रणालीमा राज्यले सर्वसाधारणमाथि गरेको दमनलाई सशक्त रूपमा चित्रण गरेको हो। नाटकमा “जो साँचो बोल्छ, उ मारिन्छ” भन्ने सन्देशलाई केन्द्रमा राख्दै जेल जीवनको भयावह यथार्थ प्रस्तुत गरिएको छ। विशेषगरी ८ नम्बर चौकीलाई ‘नर्क समान’ र ‘आतंकको केन्द्र’का रूपमा देखाइएको छ, जहाँ लगिएका कैदीहरू सुरक्षित फर्किने अवस्था नरहेको चित्रण गरिएको छ। कथामा सामान्य आरोपमै निर्दोष नागरिकहरूलाई जेल हालिने र त्यहाँ अमानवीय व्यवहार गरिने प्रसंगहरू…
Read More
रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

प्रविण अधिकारी /नुवाकोट। छिमेकी मुलुक भारतको दार्जिलिङ जिल्ला बागडोग्रास्थित गोर्खा समुदायको पाँच सदस्यीय टोलीले रसुवाका बाढी प्रभावित परिवारहरूलाई राहत वितरण गरेको छ। टोलीले नुवाकोटका अस्थायी आश्रय केन्द्रहरूमा बसिरहेका २५० परिवारलाई कुल ८ लाख रुपैयाँ नगद सहयोग वितरण गरेको हो। इन्द्रकुमार राईको नेतृत्वमा रहेको उक्त टोलीमा चन्दन सिटौला, अनिल गुरुङ, बुद्धि शर्मा तथा नेपाली पत्रकार प्रशान्त आचार्य रहेका थिए। गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण घर, सम्पत्ति र जीविकोपार्जन गुमाएका परिवारलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले उक्त सहयोग सिधै प्रभावितहरूलाई हस्तान्तरण गरिएको हो। २५० परिवारलाई वितरण गरिएको सहयोग बाहेक, पूर्ण रूपमा प्रभावित तथा आफन्त हराइरहेका र काजकिरिया शुरु गरेका २०…
Read More
देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान साधुगाउँबाट देउरालीतर्फ आउँदै गरेको प्र.१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो भित्री सडकखण्डमा पल्टिँदा देउमाई–१ चमैता निवासी करिब ३५ वर्षीय चालक तीर्थराज बस्नेतलाई गाडीले थिचेको थियो। दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे बिहान ६ बजे प्रहरी चौकी रक्सेमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक गेहनाथ तिम्सिनाको कमाण्डमा ट्राफिकसहितको टोली घटनास्थलतर्फ खटिएको थियो। टोली बिहान ७ः५० बजे घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाका बेला बोलेरोमा चालक बस्नेत एक्लै सवार रहेको बुझिएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको थप…
Read More
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार दिउँसो करिब ४ः४५ बजे झापाबाट इलामतर्फ आउँदै गरेको WB29B2944 नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकको दायाँतर्फबाट करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा ट्रकका सहचालक भारत, दक्षिण दिनाजपुर, गंगारामपुर निवासी करिब ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रक चालक भारत, दक्षिण दिनाजपुर, गंगारामपुर निवासी करिब ३० वर्षीय रबिन बर्मुन र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–३ का २९ वर्षीय आशबहादुर तामाङ घाइते भएका छन्। प्रहरीका अनुसार चालक बर्मुनको…
Read More
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्रणमा लिएर पुनः भन्सार कार्यालयमा बुझाएपछि झापाका केही व्यापारीले आपत्ति जनाएका छन् । बुधबार साँझ भारतबाट खरिद गरी ल्याइएको सामान मेची भन्सार कार्यालयमा भन्सार गराएर प्रज्ञापनपत्रसहित बिर्तामोडतर्फ ढुवानी गर्ने क्रममा चारआली चोकमा प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएर पुनः भन्सार बुझाएको हो । व्यवसायीका अनुसार चारआलीमा चेकिङमा खटिएका प्रहरीले सामान नियन्त्रणमा लिएपछि आफूहरूले “भन्सार गरेको सामान हो, प्रज्ञापनपत्र छ” भन्दै जानकारी गराएका थिए । तर प्रहरीले प्रज्ञापनपत्र हुँदाहुँदै पनि भोलि लिएर आउनु, अहिले हेर्न भ्याइँदैन भन्दै सामान बरामद गरेका थिए । अनिशा थापा,…
Read More
कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको स्थानीयको गुनासो छ। तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको समयसँग सम्बन्धित ऐतिहासिक शिलालेख फुटेर जीर्ण बनेपछि टुक्राटुक्रा अवस्थामा रहेको र अहिले टालटुल गरेर राखिएको बताइएको छ। कन्याम चिया बगानका स्टाफ होम प्रसाद रिजालका अनुसार राजाको पालामा राखिएको उक्त शिलालेख समयक्रममा फुटेर टुक्राटुक्रा भएको थियो। फुटेका टुक्राहरू कम्पनी परिसरमै यताउता छरिएर रहेको अवस्थामा पछि संकलन गरी जोडजाड गरेर पुनः खडा गरिएको उहाँले बताउनुभयो। “वीरेन्द्रले उद्घाटन गरेको शिलालेख थियो। पछि फुटेर गयो। त्यसका टुक्राहरू यताउता छरिएर रहेका रहेछन्,” रिजालले भन्नुभयो, “पछि कम्पनीकै तर्फबाट टुक्राहरू…
Read More
काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा बरामद गरेको छ। मंगलबार राति १२:१० बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले सो सामान बरामद गरेको हो। प्रहरीका अनुसार मेचीनगर–७ निवासी कोपिला तामाङको भान्सा घरमा खानतलासी गर्दा भारतबाट अवैध रूपमा भित्र्याई भन्सार छली गरी राखिएको अवस्थामा २० बोरा कपडा र १० कार्टुन कस्मेटिक सामान फेला परेको हो। बरामद गरिएको सामानको अनुमानित मूल्य २४ लाख ९९ हजार ८१० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त सामान आवश्यक प्रक्रिया पूरा गरी मेची…
Read More
ne_NPNepali