विर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका किराँत लिम्बूवान प्रदेश कमिटीका इन्चार्ज दिपेश सि ले अब देशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताएका छन्। आज जिल्ला समिति झापाको छैटौं पूर्ण बैठकमा आफ्नो भनाइ राख्दै उनले यतिबेला नेपालमा देखिएको संकटको समाधान अहिलेको दलाल नेत्रित्वको सत्ता बाट संभव नभएको बताउंदै अब नेकपाको नेत्रित्वमा मात्र आजको नेपालको संकटको समाधान गर्न संभव रहेको बताएका हुन । बैठकमा प्रमुख अथीतीको रुपमा सहभागी उनले नेपालको सत्ता कुनै पनि हालतमा यो अवस्थामा चल्न नसक्ने हुनाले अब नेकपाले अगाडि सारेका प्रस्तावहरुमा सबै अग्रगामी, परिवर्तनकामी शक्तीहरुले गंभिर भएर सोच्नु पर्ने बेला आएको उनले बताए । उनिहरु गंभिर नबन्ने र यसरी नै…
प्रविण अधिकारी सुनसरी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले अहिले हरेक तह र तप्कामा माओवादी रहेको बताएका छन्। आज सुनसरीको धरानमा आयोजित पार्टी ध्रुवीकरण तथा राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले आज विश्वभर माओवादी पुगेको बताएका हुन्। माओवादी जनयुद्ध लड्दै आएका माओवादीहरु अहिले नेपालका हरेक पार्टीमा रहेको र देशबाहिर समेत विभिन्न देशहरुमा माओवादी पुगेको उल्लेख गरेका हुन्। महासचिव विप्लवले जनयुद्ध लडेका लडाकु कमान्डर हरु अहिले रुस युक्रेन युद्धमा समेत नेतृत्व गरिरहेको बताउँदै अब फेरि सबै माओवादीहरु एकै ठाउँमा उभ्भिने बेला आएको बताएका छन्। उनले आज विभिन्न पार्टीमा पुगेका पुराना माओवादी नेताकार्यकर्तालाई स्वागत गर्दै अब देशको नेतृत्व नेकपाले…
काकडभिट्टा । पछिल्लो समय झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा अत्यधिक सवारी दुर्घटना बढेसँगै सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजबाट सार्वजनिक सवारीसाधनहरुमा टाइमकार्ड लागु गरिएको छ। आज शनिबार बिहान झापाको मेचीनगर -६ स्थित पुर्वी नाका काँकडभिट्टामा एक कार्यक्रममार्फत झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले टाइमकार्डको शुभारम्भ गरेका हुन्। उनले सवारी चालकलाई टाइम कार्ड हस्तान्तरण तथा हस्ताक्षर गराएर कार्यक्रमको शुभारम्भ गरेका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा शुरुआत गरिएको उक्त कार्यमा सबै निकाय जिम्मेवार भएर लाग्नुपर्ने प्रजिअ बास्तोलाले बताए । काकडभिट्टा बसपार्कबाट पश्चिम सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानमा प्रस्थान गर्ने मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा , मोरङ र सुनसरी…
सप्तरी । उदयपुरको गाइघाटबाट झापाको काकडभिट्टा आउँदै गरेको बस दुर्घटनामा परेको छ। सप्तरीको बरमझियामा आज आइतबार बिहान करिब साढे ६ बजे बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, गाईघाटबाट काकरभिट्टा आउदै गरेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको स ५ प १५९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बस पल्टिँदा उदयपुरकी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। घाइते २६ मध्ये, ८ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि विराटनगर पठाइएको छ, अन्य १८ जनाको उपचार धमेश्वर अस्पतालमा…
मेचीनगर । नेपालीहरुको महान चाड बडादशैँ , शुभ दिपावली एवम् छठ पर्वलाई लक्षित गरेर आजबाट झापाको पुर्वी नाका काकडभिट्टा सहित विभिन्न स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क ) सञ्चालनमा आएको छ। यात्रुहरुलाई सहज र सुरक्षित यात्राका लागि झापाको पूर्वी सिमावर्ती सहर काँकरभिट्टाको बसपार्कमा यात्रु सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ भने बुधबारे , विर्तामोड र दमकमा समेत नागरिक सहायता कक्ष राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए। आज मंगलबार एक औपचारिक कार्यक्रमका बीच झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले यात्रु सहायता कक्षको उद्घाटन गरेका हुन्। चाडपर्वको समयमा टाढा टाढाबाट आएर समस्यामा परेका यात्रु,…
पाँचथर। पाँचथरमा बाढीपहिरोमा परी ५ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म ६ जना बेपत्ता र एक जनाको उद्धार गरिएको छ । पहिरोमा परी फिदिम ४ मा बसोबास गर्दै आएकी २४ वर्षीया सपना शेर्पा, ५ वर्षीया डोल्मा शेर्पा, फिदिम ८ का ८२ वर्षीया पश्चिमा शेर्पा, फिदिम २ मजिटेकी ३५ वर्षीया रञ्जना राई र फिदिम १ का ५० वर्षीय गोपी नेपालीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले बताए । फिदिम २ की मृतक रञ्जना राईका छोरा विपन राईलाई घाइते अवस्थामा उद्धार गरिएको उनको भनाइ छ । फालेलुङ– ५ की ३६ वर्षीया कमला राई, फिदिम–१ का कृष्ण…
मेचीनगर । नेपाल जेसीज क्षेत्र "क" को सम्मेलन भोलिदेखि झापाको मेचीनगर स्थित धुलाबारीमा हुने भएको छ। भोलीदेखि हुने सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको र भव्य उद्घाटनको तयारी रहेको आयोजकले जनाएको छ। झापाको बाहुण्डाँगीदेखि सर्लाहीको मलंगवासम्मका ४६ वटा शाखाका प्रतिनिधिहरु सहभागी हुने वृहत् सम्मेलनलाई जेसीजकर्मीहरुले विशेष उत्सवको रुपमा लिएका छन् । धुलाबारी स्थित पासाङ ल्हामू स्मृति प्रतिष्ठान टाउन हल धुलाबारीमा हुने समारोहमा कोशी प्रदेशका माननीय खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यता एवम् प्रदेश सांसद तथा मेचीनगर नगरपालिकाको तर्फबाट विशेष आतिथ्यता रहने 'क्षेत्र क सम्मेलन-२०२४' निर्देशक जेसीआई सिनेटर अनन्तप्रकाश वस्तिले बताए । समारोहमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन पोख्रेलसहित…
बिर्तामोड । झापाका पुराना कम्युनिष्ट योद्धाका रुपमा परिचित नेता लोकबन्धु कन्दङवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आईतबार बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमका बीच कन्दङवा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। कन्दङवाको नेतृत्वमा सयौं मानिसहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कन्दङवा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुन् । उनी नेकपा एमालेमा रहेर लामो समय राजनीतिमा क्रियाशील थिए भने माधवकुमार नेपालसँग एकीकृत समाजवादीमा आएका उनी त्यहाँबाट पनि स्वतन्त्र भएर बसेका थिए। कन्दङवासँगै नेकपा एमाले जिल्ला कमिटी सदस्य सिता रणपहेलीपनि माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव…
बिराटनगर । मोरङको ग्रामथान गाउँपालिका -४ कटरियाबाट गएराती ९ जना जुवाडे पक्राउ परेका छन्। प्रदेश प्रहरीले विशेष सुचनाको आधारमा शनिबार राति ८ बजे छापा मारी उनिहरुको साथबाट कौडा, मोबाइल , १८ लाख ५० हजार पैसा र उनिहरुले प्रयोग गर्ने गरेका विभिन्न ब्रान्डका गाडी बरामद गरेको छ। प्रहरीले विशेष सुचनाको आधारमा ९ जना जुवाडे र उनिहरुको गाडी समेत नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। उक्त जुवा खालबाट मुख्य नाइके मानिएका अर्जुन तुम्रुक फरार रहेको र उनको गाडी भने प्रहरी नियन्त्रणमा रहेको छ। अहिले प्रहरी नियन्त्रणमा रहेको तुम्रुकको गाडी छुटाउन प्रशासनलाई दबाब आइरहेको समेत पाइएको छ। स्रोतका अनुसार जुवा खेलाउन स्थानीय प्रशासनलाई सेटिङ…
बिराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले अनशनस्थलबाटै पक्राउ गरेपछि बिराटनगर तनावग्रस्त बनेको छ। सुरक्षाकर्मी र केदार कार्की समर्थकबीच दोहोरो झडप भएपछि अवस्था तनावग्रस्त बनेको हो । झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरुको संख्या यकिन छैन। झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन्। घाइतेहरुको संख्या पनि यकिन छैन। झडपका कारण प्रदेशसभा भवननजिकको अनशनस्थल तनावग्रस्त बनेको छ। १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति हटाएको आदि विषयमा विरोध जनाउँदै पूर्वमुख्यमन्त्री कार्कीले आमरण अनशनमा बसेका थिए । उनले विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि आमरण अनशनमा बसेका…