Skip to main content

Purbi Garjan

सेप्टिक ट्याङ्कीमा निसासिँदा पाँचथरमा एकजनाको मृत्यु, एकको अवस्था गम्भीर

फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ मा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा निसासिँदा एक श्रमिकको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर बनेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बुधबार साँझ करिब ५:३० बजे घुर्विसे पञ्चमी सहकारी संस्थाको भवनमा निर्माण भइरहेको करिब १२ मिटर गहिरो सेप्टिक ट्याङ्कीमा चार जना फसेका थिए।

अक्सिजनको कमीका कारण बेहोस भएका मजदुरमध्ये ३८ वर्षीय रत्न चेम्जोङलाई उपचारका लागि इलाम अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए। अन्य तीनमध्ये २४ वर्षीय भिष्म चेम्जोङको अवस्था गम्भीर रहेको र उनलाई झापाको बिर्तासिटी अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी ४० वर्षीय बिरु चेम्जोङ र ३० वर्षीय संगीत चेम्जोङको होस खुलेको छ। श्रमिक निसासिएको खबर पाएपछि प्रहरी चौकी फाक्तेपबाट प्रहरी सहायक निरीक्षक शेरबहादुर राईसहितको टोली र स्थानीयले उद्धारमा खटिएका थिए।

प्रहरीका अनुसार उद्धार कठिन भएपछि स्काभेटर प्रयोग गरेर बाटो बनाएर मजदुरलाई बाहिर निकालिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार अक्सिजनको मात्रा कम भएर उनीहरु बेहोस भएको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali