Skip to main content

Purbi Garjan

सेप्टिक ट्याङ्कीमा निसासिँदा पाँचथरमा एकजनाको मृत्यु, एकको अवस्था गम्भीर

फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ मा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा निसासिँदा एक श्रमिकको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर बनेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बुधबार साँझ करिब ५:३० बजे घुर्विसे पञ्चमी सहकारी संस्थाको भवनमा निर्माण भइरहेको करिब १२ मिटर गहिरो सेप्टिक ट्याङ्कीमा चार जना फसेका थिए।

अक्सिजनको कमीका कारण बेहोस भएका मजदुरमध्ये ३८ वर्षीय रत्न चेम्जोङलाई उपचारका लागि इलाम अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए। अन्य तीनमध्ये २४ वर्षीय भिष्म चेम्जोङको अवस्था गम्भीर रहेको र उनलाई झापाको बिर्तासिटी अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी ४० वर्षीय बिरु चेम्जोङ र ३० वर्षीय संगीत चेम्जोङको होस खुलेको छ। श्रमिक निसासिएको खबर पाएपछि प्रहरी चौकी फाक्तेपबाट प्रहरी सहायक निरीक्षक शेरबहादुर राईसहितको टोली र स्थानीयले उद्धारमा खटिएका थिए।

प्रहरीका अनुसार उद्धार कठिन भएपछि स्काभेटर प्रयोग गरेर बाटो बनाएर मजदुरलाई बाहिर निकालिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार अक्सिजनको मात्रा कम भएर उनीहरु बेहोस भएको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali