Purbi Garjan

दिन: २०८२ श्रावण २, बिहीबार

सेप्टिक ट्याङ्कीमा निसासिँदा पाँचथरमा एकजनाको मृत्यु, एकको अवस्था गम्भीर

सेप्टिक ट्याङ्कीमा निसासिँदा पाँचथरमा एकजनाको मृत्यु, एकको अवस्था गम्भीर

फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ मा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा निसासिँदा एक श्रमिकको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर बनेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बुधबार साँझ करिब ५:३० बजे घुर्विसे पञ्चमी सहकारी संस्थाको भवनमा निर्माण भइरहेको करिब १२ मिटर गहिरो सेप्टिक ट्याङ्कीमा चार जना फसेका थिए। अक्सिजनको कमीका कारण बेहोस भएका मजदुरमध्ये ३८ वर्षीय रत्न चेम्जोङलाई उपचारका लागि इलाम अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए। अन्य तीनमध्ये २४ वर्षीय भिष्म चेम्जोङको अवस्था गम्भीर रहेको र उनलाई झापाको बिर्तासिटी अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी ४० वर्षीय बिरु चेम्जोङ र ३० वर्षीय संगीत चेम्जोङको होस खुलेको छ।…
Read More
साफ यू–२० महिला फुटबलमा आज नेपाल र श्रीलंका दोस्रोपटक आमनेसामने

साफ यू–२० महिला फुटबलमा आज नेपाल र श्रीलंका दोस्रोपटक आमनेसामने

झापा । साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपाल आज फेरि श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ। नेपालले यसअघि श्रीलंकालाई ७–० गोल अन्तरले पराजित गरिसकेको छ। आजको खेलमा पनि नेपाल उत्कृष्ट जित निकाल्ने तयारीका साथ मैदानमा उत्रने छ । जारी प्रतियोगितामा नेपालले तीन खेल खेलेर दुई जित र एक हार व्यहोरेको छ। पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–२ गोल अन्तरले पराजित भएको थियो। त्यस्तै तेस्रो खेलमा श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको थियोे । प्रतियोगितामा ९ अंक सहित बंगलादेश पहिलो स्थानमा छ…
Read More
ne_NPNepali