Purbi Garjan

खेलकुद

“प्रथम निलसरी च्यालेन्ज कप” उर्लाबारीलाई पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश

“प्रथम निलसरी च्यालेन्ज कप” उर्लाबारीलाई पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश

मेचीनगर । आयोजक युथ क्लब जोरसिमलसंगको सुरूवाती अग्रता जोगाउन नसक्दा उर्लाबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी "प्रथम निलसरी च्यालेन्ज कप २०८२" अन्तर्गत पहिलो खेलबाटै घर फर्किएको छ । प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आयोजकले उर्लाबारीलाई ४-१ गोल अन्तर पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । खेलको सुरूवाती अग्रता उर्लाबारी एफसीले लिएको थियो । उर्लाबारीका लागि खेल सुरू भएको १२ औं मिनेटमा नै राम थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाप पुर्ण रूपमा आयोजकमाथि दबाब राखेको उर्लाबारी दोस्रो हापमा केही अवसरहरू गुमाउँदा थप गोल गर्न सकेन । यता खेलाडीमा तालमेल नमिल्दा लय गुमाएको…
Read More
अन्तर्राष्ट्रिय मेडल विजेता विद्यार्थीलाई झापा नेशनल स्कूलद्वारा सम्मान

अन्तर्राष्ट्रिय मेडल विजेता विद्यार्थीलाई झापा नेशनल स्कूलद्वारा सम्मान

झापा। मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा सम्पन्न युनियन सोतोकान कराते एशोसिएसन (USKAI) अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा पदक विजेता विद्यार्थीहरूलाई सोमबार एक विशेष समारोहमार्फत सम्मान गरेको छ। नेपाल, भारत, भुटान र श्रीलंकाका ५०० भन्दा बढी खेलाडी सहभागी उक्त प्रतियोगितामा नेपालबाट सहभागी भई झापा नेशनल स्कूलका पाँच जना छात्रले पदक जित्दै मुलुकको गौरव बढाएका हुन्। विद्यालयका उत्सव भट्टराईले कातामा कास्य र कुमुतेमा स्वर्ण, थोमस लिम्बूले कुमुतेमा स्वर्ण, सम्रित राजवंशीले कुमुतेमा कास्य, प्रवेश थामीले कुमुतेमा रजत तथा करन खनालले कुमुतेमा कास्य पदक जितेका हुन्। उनीहरूलाई वडा नम्बर -७ का वडाध्यक्ष प्रल्हादमणी ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । कार्यक्रममा अभिभावक,…
Read More
प्रथम बाहुण्डाँगी च्यालेन्ज कप: आयोजकलाई पराजित गर्दै धाइजन फाइनलमा

प्रथम बाहुण्डाँगी च्यालेन्ज कप: आयोजकलाई पराजित गर्दै धाइजन फाइनलमा

बाहुण्डाँगी । बाहुण्डाँगी युवा क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को उपाधि होडबाट बाहिरिएको छ । बिहीबार सम्पन्न खेलमा धाइजन एफसीसँग पराजित हुँदै आयोजक बाहुण्डाँगी सेमिफाइनलबाटै बाहिरिएको हो । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा धाइजन एफसीले आयोजकलाई २–१ गोल अन्तरले हराएको हो । फाइनल खेल शनिबार रेडहर्ष इलाम र धाइजन एफसीबीच हुनेछ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलको ३७ औँ मिनेटमा धाइजन एफसीका आर्यन राईले गोल गर्दै अग्रता दिलाए । त्यसैगरी, धाइजनकै आशिष चापागाईले ७९ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको प्लेयर अफ द म्याच धाइजनका आशिष चापागाई घोषित भए…
Read More
प्रथम बाहुण्डाँगी च्यालेन्ज कप: रथखोलालाई हराउँदै आयोजक सेमिफाइनलमा

प्रथम बाहुण्डाँगी च्यालेन्ज कप: रथखोलालाई हराउँदै आयोजक सेमिफाइनलमा

बाहुण्डाँगी । बाहुण्डाँगी युवा क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को अन्तिम चारमा स्थान पक्का गरेको छ । पेनाल्टी सुटआउटमा रथखोला फुटबल एकेडेमीलाई हराउँदै आयोजक सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आयोजकले रथखोलालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । योसँगै सेमिफाइनल समीकरण पुरा भएको छ । बुधबार पहिलो सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ भने बिहीबार आयोजक बाहुण्डाँगी युवा क्लब धाइजन एफसीसँग भीड्नेछ । ४०–४० मिनेटको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा आयोजकका विप्लब…
Read More
प्रथम बाहुण्डाँगी च्यालेन्ज कप: मोरङलाई हराउँदै शनिश्चरे सेमिफाइनलमा

प्रथम बाहुण्डाँगी च्यालेन्ज कप: मोरङलाई हराउँदै शनिश्चरे सेमिफाइनलमा

बाहुण्डाँगी । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ मा शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको छ । जहदा फुटबल क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गर्ने तेश्रो टोली बनेको हो । बुधबार हुने सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेल निक्कै प्रतिष्पर्धात्मक भएको थियो । पहिलो हाफ १–१ को बराबरी सकिएको खेलको दोश्रो हाफमा भने शनिश्चरेले २ र जहदा एफसीले १ गोल गरेको थियो । शनिश्चरे एफसीका लागि ५ औँ मिनेटमा अभिषेक गुरुङले गोल गर्दै अग्रता दिलाए । रेजिन सुब्बाको…
Read More
बाहुन्डाँगी युवा क्लबद्वारा प्रथम बाहुन्डाँगी च्यालेन्ज कप आयोजना हुँदै

बाहुन्डाँगी युवा क्लबद्वारा प्रथम बाहुन्डाँगी च्यालेन्ज कप आयोजना हुँदै

झापा । बाहुन्डाँगी युवा क्लबको आयोजनामा यही वैशाख १३ गतेदेखि बाहुन्डाँगी च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ। मेचीनगर -४ स्थित सरस्वती माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता बारे आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । क्लबका अनुसार खेलकुद, शिक्षा, स्वास्थ्य, युवा जागरण, बालबालिका तथा सामाजिक चेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य सहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । क्लबले महिला, दलित, पिछडिएको वर्ग तथा स्थानीय युवाहरूलाई फुटबल तथा अन्य सामाजिक गतिविधिमा सक्रिय गराउँदै आएको छ। प्रतियोगिताको पहिलो पुरस्कार रु. १,११,१११, र दोस्रो पुरस्कार रु. ६१,००१ रहेको  छ। उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उच्च गोलकर्तालाई…
Read More
समाजसेवी तामाङको जन्मदिन विशेष “भेट्रान रोड रेस” कार्यक्रम हुँदै

समाजसेवी तामाङको जन्मदिन विशेष “भेट्रान रोड रेस” कार्यक्रम हुँदै

मेचीनगर। झापाको मेचीनगर -६ काकडभिट्टामा नयाँ वर्ष विशेष "भेट्रान रोड रेस कार्यक्रम-२०८२" हुनेभएको छ। "खेलकुद र सेवामा योगदान, प्रत्येक पाइलामा भेट्रानलाई सम्मान" नारा सहित समाजसेवी विमला तामाङको ४१ औँ जन्मदिनको उपलक्ष्यमा उक्त कार्यक्रम गरिने आयोजक काकडभिट्टा भेट्रान फुटबल क्लबले जानकारी दिएको छ। नयाँ वर्ष २०८२ को पहिलो दिन बैशाख १ गते बिहान ७ बजे काकडभिट्टा खेलमैदानबाट कार्यक्रम शुरु हुने र कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथिका रुपमा प्रदेश सभा सदस्य माननीय गोपाल तामाङको उपस्थिति रहने छ। उक्त रेस कार्यक्रममा क्रमश प्रथम हुनेले नगद रु ३० हजार, दोस्रो  हुनेले २० हजार, तेस्रो हुनेले १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्तै…
Read More
बैशाख १३ देखि प्रथम बाहुण्डाँगी च्यालेन्ज कप हुने

बैशाख १३ देखि प्रथम बाहुण्डाँगी च्यालेन्ज कप हुने

मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न आम भेलाबाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ हुने जानकारी गराइएको हो । २०८२ वैशाख १३ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा विद्या विकास एकाडेमी रहेको छ । मुख्य प्रायोजक संस्थाबाट प्रतियोगिता सम्पन्न गर्न १ लाख ७२ हजार रुपैयाँ प्राप्त हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले नगद ६१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटि बाहुण्डाँगी रहेका…
Read More
मेचीनगर वडा स्तरीय फुटबल: ५ र ६ सेमिफाइनल प्रवेश

मेचीनगर वडा स्तरीय फुटबल: ५ र ६ सेमिफाइनल प्रवेश

मेचीनगर। झापाको मेचीनगर - ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बिहिवार मेचीनगर ५ र ६ सेमिफाइनल प्रवेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ७ लाई ३-१ को गोल अन्तरले पछि पार्दै ५ सेमिफाइनलमा प्रवेश गरेको हो । जितका लागि राज क्षेत्रीले २ र अनिस खड्काले १ गोल गरे । यता वडा नम्बर ७ का अरुण मेचेले गोल गरे । खेलको म्यान अफ द म्याच बिजेता टिमका राज क्षेत्री भए । उनलाइ नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीले ट्रफी र नगद हस्तान्तर गरेका थिए । यसैगरी दोस्रो खेलमा मेचीनगर १२ लाई मेचीनगर…
Read More
मेचीनगर वडा स्तरीय फुटबल प्रतियोगिता: ९ र ११ सेमिफाइनल प्रवेश

मेचीनगर वडा स्तरीय फुटबल प्रतियोगिता: ९ र ११ सेमिफाइनल प्रवेश

झापा । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बुधवार मेचीनगर ११ र मेचीनगर ९ सेमिफाइनलमा प्रबेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ३ लाई २-१ को गोल अन्तरले पछि पार्दै ११ सेमिफाइनलमा प्रबेश गरेको हो । जितका लागि सुजल धिमाल र सागर बर्देवाले गोल गरे । मेचीनगर ३ का प्रदिप दहालले सान्तवाना गोल गरे । खेलको म्यान अफ द म्याच भएका सुजल धिमाल भए । यसैगरी दोस्रो खेलमा मेचीनगर २ लाई टाइब्रेकरमा ५- ४ को गोल अन्तरले पराजित गर्दै वडा नम्बर ९ बिजयी भएको हो । खेलको निर्धारित समयमा १-१…
Read More