Skip to main content

Purbi Garjan

चीनविरुद्ध नेपालको विष्फोटक ब्याटिङ, ३१४ रनको विशाल लक्ष्य

झापा । सिंगापुरमा जारी टी–ट्वान्टी एसियाली छनोट अन्तर्गत चीनविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ३१४ रनको विशाल योगफल खडा गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा २ विकेटको क्षतिमा ३१४ रन बनाउँदै विपक्षी टोलीलाई कठिन लक्ष्य दिएको हो।

नेपालका लागि कुशल भुर्तेलले आक्रामक पारी खेल्दै ४३ बलमा सर्वाधिक १२९ रन जोडे। उनले आफ्नो इनिङ्समा १६ छक्का र ५ चौका प्रहार गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए।

त्यस्तै अर्का ब्याट्सम्यान कुशल मल्लले पनि उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा अविजित ८५ रन बनाए। कप्तान रोहित पौडेलले समेत आक्रामक ब्याटिङ गर्दै २१ बलमा अविजित ६९ रन जोडे।

तीनै शीर्ष क्रमका ब्याट्सम्यानको विस्फोटक प्रदर्शनका कारण नेपालले विशाल स्कोर बनाउन सफल भएको हो। अब चीनले जितका लागि ३१५ रनको चुनौती सामना गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali