Skip to main content

Purbi Garjan

धुलाबारीमा दोस्रो वडाध्यक्ष कप जिल्ला स्तरीय भलिबल भोलिदेखी

मेचीनगर।  झापाको मेचीनगर–१०, धुलाबारीस्थित नन्दा कोरिडोरमा दोस्रो वडाध्यक्ष कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ। मेचीनगर–१० वडा खेलकुद विकास समितिको आयोजनामा वैशाख १७ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाइएको छ।

प्रतियोगितामा जिल्लाका ८ टोली सहभागी हुनेछन्। सहभागी टोलीहरूमा बिर्तामोड, कनकाई, शिवसताक्षी, भद्रपुर नगरपालिका, हल्दीबारी गाउँपालिका तथा आयोजक मेचीनगर नगरपालिकाका दुई टोली समावेश छन्।

आयोजक समितिले बुधबार पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। गत वर्ष सफलतापूर्वक सम्पन्न नगरस्तरीय प्रतियोगितालाई यस वर्ष जिल्ला स्तरमा विस्तार गरिएको जनाइएको छ।
मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले भलिबल खेलको विकास, खेलाडीलाई प्रोत्साहन तथा युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले वडा कार्यालयले भलिबलसहित अन्य खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएको जानकारी दिए।

प्रतियोगिताका विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।

वडा सदस्य तथा खेलकुद विकास समिति संयोजक सोम ओझाका अनुसार प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई नगद १ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।
त्यसैगरी, प्रतियोगिताभर उत्कृष्ट सेटर, लिबेरो, स्पाइकर, ब्लकर र ‘म्यान अफ द सिरिज’ लाई जनही नगद २–२ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिताको उद्घाटन मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali