Skip to main content

Purbi Garjan

धुलाबारीमा दोस्रो वडाध्यक्ष कप जिल्ला स्तरीय भलिबल भोलिदेखी

मेचीनगर।  झापाको मेचीनगर–१०, धुलाबारीस्थित नन्दा कोरिडोरमा दोस्रो वडाध्यक्ष कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ। मेचीनगर–१० वडा खेलकुद विकास समितिको आयोजनामा वैशाख १७ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाइएको छ।

प्रतियोगितामा जिल्लाका ८ टोली सहभागी हुनेछन्। सहभागी टोलीहरूमा बिर्तामोड, कनकाई, शिवसताक्षी, भद्रपुर नगरपालिका, हल्दीबारी गाउँपालिका तथा आयोजक मेचीनगर नगरपालिकाका दुई टोली समावेश छन्।

आयोजक समितिले बुधबार पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। गत वर्ष सफलतापूर्वक सम्पन्न नगरस्तरीय प्रतियोगितालाई यस वर्ष जिल्ला स्तरमा विस्तार गरिएको जनाइएको छ।
मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले भलिबल खेलको विकास, खेलाडीलाई प्रोत्साहन तथा युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले वडा कार्यालयले भलिबलसहित अन्य खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएको जानकारी दिए।

प्रतियोगिताका विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।

वडा सदस्य तथा खेलकुद विकास समिति संयोजक सोम ओझाका अनुसार प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई नगद १ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।
त्यसैगरी, प्रतियोगिताभर उत्कृष्ट सेटर, लिबेरो, स्पाइकर, ब्लकर र ‘म्यान अफ द सिरिज’ लाई जनही नगद २–२ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिताको उद्घाटन मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali