Skip to main content

Purbi Garjan

बलभद्रमा वडा स्तरीय फुटबल प्रतियोगिता हुने

मेचीनगर । मेचीनगर–३ वडा कार्यालयअन्तर्गत रहेको खेलकुद समितिको आयोजनामा आगामी बैशाख १६ गतेदेखि वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

वडा कार्यालयको आर्थिक सहयोगमा बलभद्र आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्न तयारी गरिएको वडा खेलकुद समितिका संयोजक तथा वडा सदस्य खेम सावाले जानकारी दिनुभयो।

मेचीनगरका १५ वटा वडाबीच प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा विजेता टिमले नगद ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने अर्पण मगरले बताउनुभयो। १६ गतेदेखि शुरु हुने प्रतियोगिताको फाइनल खेल २४ गते हुनेछ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिडफिल्डरलाई नगदसहित पुरस्कार प्रदान गरिनेछ। साथै, प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ पुरस्कारसमेत वितरण गरिने वडा सचिव सन्तोष पराजुलीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali