Skip to main content

Purbi Garjan

बलभद्रमा वडा स्तरीय फुटबल प्रतियोगिता हुने

मेचीनगर । मेचीनगर–३ वडा कार्यालयअन्तर्गत रहेको खेलकुद समितिको आयोजनामा आगामी बैशाख १६ गतेदेखि वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

वडा कार्यालयको आर्थिक सहयोगमा बलभद्र आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्न तयारी गरिएको वडा खेलकुद समितिका संयोजक तथा वडा सदस्य खेम सावाले जानकारी दिनुभयो।

मेचीनगरका १५ वटा वडाबीच प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा विजेता टिमले नगद ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने अर्पण मगरले बताउनुभयो। १६ गतेदेखि शुरु हुने प्रतियोगिताको फाइनल खेल २४ गते हुनेछ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिडफिल्डरलाई नगदसहित पुरस्कार प्रदान गरिनेछ। साथै, प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ पुरस्कारसमेत वितरण गरिने वडा सचिव सन्तोष पराजुलीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali