मेचीनगर । मेचीनगर–३ वडा कार्यालयअन्तर्गत रहेको खेलकुद समितिको आयोजनामा आगामी बैशाख १६ गतेदेखि वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। वडा कार्यालयको आर्थिक सहयोगमा बलभद्र आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्न तयारी गरिएको वडा खेलकुद समितिका संयोजक तथा वडा सदस्य खेम सावाले जानकारी दिनुभयो। मेचीनगरका १५ वटा वडाबीच प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा विजेता टिमले नगद ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने अर्पण मगरले बताउनुभयो। १६ गतेदेखि शुरु हुने प्रतियोगिताको फाइनल खेल २४ गते हुनेछ। त्यस्तै, प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स र…