मेचीनगर । आयोजक युथ क्लब जोरसिमलसंगको सुरूवाती अग्रता जोगाउन नसक्दा उर्लाबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी "प्रथम निलसरी च्यालेन्ज कप २०८२" अन्तर्गत पहिलो खेलबाटै घर फर्किएको छ । प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आयोजकले उर्लाबारीलाई ४-१ गोल अन्तर पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । खेलको सुरूवाती अग्रता उर्लाबारी एफसीले लिएको थियो । उर्लाबारीका लागि खेल सुरू भएको १२ औं मिनेटमा नै राम थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाप पुर्ण रूपमा आयोजकमाथि दबाब राखेको उर्लाबारी दोस्रो हापमा केही अवसरहरू गुमाउँदा थप गोल गर्न सकेन । यता खेलाडीमा तालमेल नमिल्दा लय गुमाएको…

मेचीनगर। नेपाल जेसीजको ६१औं स्थापना दिवस तथा रेडक्रसको १६१औं स्थापना दिवसको अवसरमा झापाको चारआलीमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आज चारआलीमा आयोजित रक्तदान कार्यक्रममा पुरुष ५० र महिला ११ जना गरी ६१ यूनिट रगत संकलन गरिएको बाहुण्डाँगी जेसीजका अध्यक्ष नित्यानन्द चम्लागाईँले जानकारी दिए। कार्यक्रमको सभापतित्व नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष जेसी राघव कोइरालाले गरेका थिए भने प्रमुख अतिथि प्रदेश नं. १ का माननीय सांसद गोपाल तामाङ रहेका थिए। कार्यक्रम संयोजन चारआली जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी सुजुप सुवेदीले गरेका थिएभने आस्था पाठ बाहुण्डाँगी जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाईले गरेका थिए। त्यस्तै जेसीज मिसन…

झापा । सामाजिक कामहरुमा सक्रिय रहँदै आएको बाहुण्डाँगी जेसीजले सेयर बजारसम्बन्धी अभिमुखीकरण तालीम सफलतापूर्वक सम्पन्न गरेको छ। "युवा सशक्तीकरण" भन्ने मूल नाराअन्तर्गत आयोजित उक्त तालीम शाखाका पदाधिकारीहरूलाई नेतृत्वदायी भूमिकातर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो। नेपाल जेसीज २०२४ बाट TOT तालिम प्राप्त प्रशिक्षक तथा २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी किरण गौतम, कानुनी सल्लाहकार जेसी अनिस काफ्ले, र व्यवसाय क्षेत्रका उपाध्यक्ष जेसी प्रबिन चापागाईंले प्रशिक्षण दिएका थिए। तालीममा मेची जनसाधारण माध्यमिक विद्यालय तथा ओसायनिक अङ्ग्रेजी विद्यालयका शिक्षकहरू, साथै जेसीज पदाधिकारीहरूको सहभागिता रहेको अध्यक्ष नित्यनन्द चम्लागाईँले जानकारी दिए। सामाजिक क्षेत्रका उपाध्यक्ष जेसी बिमल रणपहेलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्रका उपाध्यक्ष जेसी एलिस…

झापा। मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा सम्पन्न युनियन सोतोकान कराते एशोसिएसन (USKAI) अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा पदक विजेता विद्यार्थीहरूलाई सोमबार एक विशेष समारोहमार्फत सम्मान गरेको छ। नेपाल, भारत, भुटान र श्रीलंकाका ५०० भन्दा बढी खेलाडी सहभागी उक्त प्रतियोगितामा नेपालबाट सहभागी भई झापा नेशनल स्कूलका पाँच जना छात्रले पदक जित्दै मुलुकको गौरव बढाएका हुन्। विद्यालयका उत्सव भट्टराईले कातामा कास्य र कुमुतेमा स्वर्ण, थोमस लिम्बूले कुमुतेमा स्वर्ण, सम्रित राजवंशीले कुमुतेमा कास्य, प्रवेश थामीले कुमुतेमा रजत तथा करन खनालले कुमुतेमा कास्य पदक जितेका हुन्। उनीहरूलाई वडा नम्बर -७ का वडाध्यक्ष प्रल्हादमणी ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । कार्यक्रममा अभिभावक,…

झापा। विश्व रेडक्रस दिवस तथा जेसीआई को ११० औं स्थापना दिवसको अवसरमा झापाको पाउ पाथीभरा मन्दिर परिसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी राघव कोइरालाको अध्यक्षतामा झापा, मोरङ र इलामका १६ वटा जेसीज शाखाहरूको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न हुने बाहुण्डाँगी जेसिज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाईँले जानकारी दिए। कार्यक्रमलाई रेडक्रस सोसाइटी झापाले प्राविधिक सहयोग पुर्याउनेछ भने स्थानीय विभिन्न संघसंस्थाहरूको सहआयोजनामा कार्यक्रम सञ्चालन हुनेछ। उक्त कार्यक्रममा मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी प्रमुख अतिथिको रूपमा सहभागी हुने छन्। बाहुनडाँगी जेसीजका अध्यक्ष जेसी नित्यानन्द चम्लागाईंका अनुसार रक्तदान कार्यक्रममार्फत समुदायमा मानवताको भावना प्रवर्द्धन गर्नुका साथै…

बाहुण्डाँगी । बाहुण्डाँगी युवा क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को उपाधि होडबाट बाहिरिएको छ । बिहीबार सम्पन्न खेलमा धाइजन एफसीसँग पराजित हुँदै आयोजक बाहुण्डाँगी सेमिफाइनलबाटै बाहिरिएको हो । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा धाइजन एफसीले आयोजकलाई २–१ गोल अन्तरले हराएको हो । फाइनल खेल शनिबार रेडहर्ष इलाम र धाइजन एफसीबीच हुनेछ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलको ३७ औँ मिनेटमा धाइजन एफसीका आर्यन राईले गोल गर्दै अग्रता दिलाए । त्यसैगरी, धाइजनकै आशिष चापागाईले ७९ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको प्लेयर अफ द म्याच धाइजनका आशिष चापागाई घोषित भए…

बाहुण्डाँगी । बाहुण्डाँगी युवा क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को अन्तिम चारमा स्थान पक्का गरेको छ । पेनाल्टी सुटआउटमा रथखोला फुटबल एकेडेमीलाई हराउँदै आयोजक सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आयोजकले रथखोलालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । योसँगै सेमिफाइनल समीकरण पुरा भएको छ । बुधबार पहिलो सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ भने बिहीबार आयोजक बाहुण्डाँगी युवा क्लब धाइजन एफसीसँग भीड्नेछ । ४०–४० मिनेटको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा आयोजकका विप्लब…

झापा । प्रहरी संगठन भित्र चरम राजनीतिक हस्तक्षेप छताछुल्ल हुँदै गइरहेको छ। सोही क्रममा विवादित छबीका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बु राजनीतिक आडबाटै झापा आएका छन् । उनी चितवनबाट सरुवा भएर झापा आएका हुन् । झापा प्रहरी प्रमुखको रूपमा सरुवा भएका लिम्बुको राजनीतिक पहुँचका कारण प्रहरीको सरुवा मापदण्ड मिचेर झापा आएका हुन् । सरुवा प्रक्रिया सामान्य प्रशासनिक निर्णय भए पनि, लिम्बुको सरुवा राजनीतिक पहुँचको प्रभावमा भएको भन्ने आरोपहरू उठेका छन् । सामान्यतया एक जिल्लाको प्रमुखबाट अर्काे जिल्लाको प्रमुखमा सरुवा हुँदैन । चितवन मन नपरेको भन्दै लिम्बूले झापा मागेर आएको स्रोतको दावी छ । उनी प्रधानमन्त्री केपी ओलीको पूर्व पिएसओ भएकाले…

बाहुण्डाँगी । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ मा शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको छ । जहदा फुटबल क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गर्ने तेश्रो टोली बनेको हो । बुधबार हुने सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेल निक्कै प्रतिष्पर्धात्मक भएको थियो । पहिलो हाफ १–१ को बराबरी सकिएको खेलको दोश्रो हाफमा भने शनिश्चरेले २ र जहदा एफसीले १ गोल गरेको थियो । शनिश्चरे एफसीका लागि ५ औँ मिनेटमा अभिषेक गुरुङले गोल गर्दै अग्रता दिलाए । रेजिन सुब्बाको…

झापा । बाहुन्डाँगी युवा क्लबको आयोजनामा यही वैशाख १३ गतेदेखि बाहुन्डाँगी च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ। मेचीनगर -४ स्थित सरस्वती माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता बारे आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । क्लबका अनुसार खेलकुद, शिक्षा, स्वास्थ्य, युवा जागरण, बालबालिका तथा सामाजिक चेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य सहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । क्लबले महिला, दलित, पिछडिएको वर्ग तथा स्थानीय युवाहरूलाई फुटबल तथा अन्य सामाजिक गतिविधिमा सक्रिय गराउँदै आएको छ। प्रतियोगिताको पहिलो पुरस्कार रु. १,११,१११, र दोस्रो पुरस्कार रु. ६१,००१ रहेको छ। उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उच्च गोलकर्तालाई…