निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार दिउँसो करिब ४ः४५ बजे झापाबाट इलामतर्फ आउँदै गरेको WB29B2944 नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकको दायाँतर्फबाट करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा ट्रकका सहचालक भारत, दक्षिण दिनाजपुर, गंगारामपुर निवासी करिब ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रक चालक भारत, दक्षिण दिनाजपुर, गंगारामपुर निवासी करिब ३० वर्षीय रबिन बर्मुन र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–३ का २९ वर्षीय आशबहादुर तामाङ घाइते भएका छन्। प्रहरीका अनुसार चालक बर्मुनको…
झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति गठन तथा पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक कार्यमा अग्रसरता देखाउँदै आएको उक्त संस्थाले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित पहिलो पाइला नेपाल कमल शाखाको कार्यसमिति गठन तथा पदस्थापना कार्यक्रम सम्पन्न गरेको अध्यक्ष सञ्जु निरौलाले जानकारी दिनुभयो । कमल गाउँपालिका–५ पाडाजुँगीस्थित वनमारा क्याफेमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुमसिंह राई प्रमुख अतिथि र उपाध्यक्ष प्रमिला तिवारी विशेष अतिथि रहनुभएको थियो। कार्यक्रम शाखा अध्यक्ष सञ्जु निरौलाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, संस्थाका केन्द्रीय महासचिव मिलन…
झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपाल जेसीजको सर्कुलरअनुसार इटहरी जेसीज, उदयपुर जेसीज र गोलबजार जेसीजले करिब २२ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन्। उक्त सामग्री १० जना सिमान्तकृत बालबालिकालाई प्रदान गरिएको हो। वितरण गरिएका विद्यार्थीहरूमध्ये ५ जना किसान समुदाय, ४ जना मेचे समुदाय र १ जना दनुवार समुदायका रहेका छन्। इटहरी जेसीजका अध्यक्ष मिसन पराजुलीले विद्यार्थीहरूको अध्ययनमा सहजता ल्याउने उद्देश्यले सामग्री वितरण गरिएको बताए। विद्यालयका प्रधानाध्यापक निरज पोख्रेलले सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।
मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। होटलका अध्यक्ष बलराम साकोटाले पर्यटन मन्त्री खड्क प्रसाद पौडेल ‘गणेश’लाई भेट गरी उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको होटलले जनाएको छ। विपद्को यस कठिन घडीमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गरिएको यो सहयोगले प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्रणमा लिएर पुनः भन्सार कार्यालयमा बुझाएपछि झापाका केही व्यापारीले आपत्ति जनाएका छन् । बुधबार साँझ भारतबाट खरिद गरी ल्याइएको सामान मेची भन्सार कार्यालयमा भन्सार गराएर प्रज्ञापनपत्रसहित बिर्तामोडतर्फ ढुवानी गर्ने क्रममा चारआली चोकमा प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएर पुनः भन्सार बुझाएको हो । व्यवसायीका अनुसार चारआलीमा चेकिङमा खटिएका प्रहरीले सामान नियन्त्रणमा लिएपछि आफूहरूले “भन्सार गरेको सामान हो, प्रज्ञापनपत्र छ” भन्दै जानकारी गराएका थिए । तर प्रहरीले प्रज्ञापनपत्र हुँदाहुँदै पनि भोलि लिएर आउनु, अहिले हेर्न भ्याइँदैन भन्दै सामान बरामद गरेका थिए । अनिशा थापा,…
निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको स्थानीयको गुनासो छ। तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको समयसँग सम्बन्धित ऐतिहासिक शिलालेख फुटेर जीर्ण बनेपछि टुक्राटुक्रा अवस्थामा रहेको र अहिले टालटुल गरेर राखिएको बताइएको छ। कन्याम चिया बगानका स्टाफ होम प्रसाद रिजालका अनुसार राजाको पालामा राखिएको उक्त शिलालेख समयक्रममा फुटेर टुक्राटुक्रा भएको थियो। फुटेका टुक्राहरू कम्पनी परिसरमै यताउता छरिएर रहेको अवस्थामा पछि संकलन गरी जोडजाड गरेर पुनः खडा गरिएको उहाँले बताउनुभयो। “वीरेन्द्रले उद्घाटन गरेको शिलालेख थियो। पछि फुटेर गयो। त्यसका टुक्राहरू यताउता छरिएर रहेका रहेछन्,” रिजालले भन्नुभयो, “पछि कम्पनीकै तर्फबाट टुक्राहरू…
प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँत तस्करी प्रकरणमा सिलिगुडी अदालतले मुख्य अभियुक्तलाई वन्यजन्तु (संरक्षण) ऐन, १९७२ अन्तर्गत ५ वर्षको कठोर कारावास र ₹५० हजार जरिवाना सजाय सुनाएको छ। यो घटना २० डिसेम्बर २०२५ को हो। विशेष सूचनाका आधारमा कुर्सेओङ वन डिभिजनअन्तर्गतको घोषपुकुर रेञ्ज को टोलीले बागडोग्रा बिहार मोड, एशियन हाइवे–२ मा नेपाल नम्बरको महिन्द्रा XUV500 गाडी रोकेको थियो। वन रेञ्जरको नेतृत्वमा सञ्चालन गरिएको उक्त अभियानमा वन सहायक सरन तामाङ र आरडीएल मञ्जुर आलम सहभागी थिए। गाडीको तलासीका क्रममा अवैध रूपमा ओसारपसार भइरहेको हात्तीको दाँत बरामद गरिएको थियो। यस…
प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्यालयमा कार्यरत एक शिक्षिकाको रहस्यमय मृत्युका कारण विद्यालय परिवार, समाज र मृतक शिक्षिकाको परिवार शोकमा डुबेको छ। सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर -२ नेत्रगन्ज निवासी २९ वर्षीय कविता कुमारी ढुंगाना विद्यालयको आवासीय भवनभित्र रहेको एउटा कोठामा बाहिरबाट चाबी लगाएको अवस्थामा मृत फेला परेकी हुन्। प्रहरीले मृत फेला परेकी ढुंगानाको कोठाबाट मृतक भण्डारीको राहदानी, कतारको परिचयपत्र र दुईवटा चिठी समेत बरामद गरेको छ। उक्त चिठी मध्य एउटा चिठीमा कविता कुमारी ढुंगानाको हस्ताक्षर रहेको छ। उक्त चिठीमा लेखिएको छ - " म कविता कुमारी…
झापा । खुला सीमा क्षेत्रमा नागरिकको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्दै सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले सीमा नाकाहरूमा सीमा समन्वय टोली (Border Interaction Team–BIT) परिचालन गरेको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउने उद्देश्यले विशेष अवधारणाअन्तर्गत BIT टोली परिचालन गरेको हो। उक्त टोलीले सीमा नाकाबाट आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणसँग मैत्रीपूर्ण व्यवहार गर्दै आवश्यक सहजीकरण गर्नेछ। BIT टोलीले विशेषगरी सीमा क्षेत्रमा हुने मानव बेचबिखन, अवैध गतिविधि तथा शंकास्पद गतिविधिको निगरानी र नियन्त्रण मा भूमिका खेल्ने जनाइएको छ। टोलीले सीमा नाकामा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको आवागमनमा सहयोग गर्ने, यात्रुहरूलाई आवश्यक…
मेचीनगर — सशस्त्र प्रहरी बलले मेचीनगरमा भन्सार छली गरेर ल्याइएका कपडा बरामद गरेको छ। आज दिउँसो १२:२० बजेको समयमा मेचीनगर नगरपालिका–७ जोरसिमलस्थित चेकपोइन्टमा खटिएको सशस्त्र प्रहरी टोलीले उक्त सामग्री फेला पारेको हो। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर काँकडभिट्टाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर डाँगीको कमाण्डमा खटिएको ९ जनाको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको कपडा बरामद गरेको जनाएको छ। बरामद गरिएको सामग्रीमा चार बोरा लत्ताकपडा रहेका छन्, जसको भन्सार मूल्य रु. १,२८,६५० (एक लाख अठ्ठाइस हजार छ सय पचास) बराबर रहेको प्रहरीले जनाएको छ। उक्त सामान आवश्यक…