Purbi Garjan

समाज

समाजसेवी अफरोजद्वारा राजगढ मदरसाका १८ बालबालिकालाई न्यानो कपडा वितरण

समाजसेवी अफरोजद्वारा राजगढ मदरसाका १८ बालबालिकालाई न्यानो कपडा वितरण

विर्तामोड । झापाको विर्तामोड -३ निवासी समाजसेवी अफरोज खान पठानले राजगढ मदरसाका ५० बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन्। बढ्दो चिसोका कारण न्यानो कपडा नपाएका मदरसाका बालबालिकालाई मदरसा तालिम कुरानका अध्यक्ष समेत रहेका अफरोज खान पठानले न्यानो कपडा वितरण गरेका हुन्। समाजसेवामा निरन्तर लागि परिरहेका अफरोजले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहभागीता जनाउँदै आइरहेका छन्। आज  राजगढ -५ मा रहेको मदरसाका बालबालिकालाई उनले सुइटर, ज्याकेट , टाउजर र ओछ्याउने म्याट वितरण गरेका हुन्।
Read More
मेचीनगर: राजवंशी समुदायले भव्य रुपमा मनाए “दधिकाद” पर्व

मेचीनगर: राजवंशी समुदायले भव्य रुपमा मनाए “दधिकाद” पर्व

मेचीनगर। झापाको मेचीनगर -७ इटाभट्टामा राजवंशी समुदायले "दधिकाद" पर्व धुमधाम साथ मनाएका छन्। विशेषगरी नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले बर्सेनि मनाउँदै आएको परम्परागत दधिकाद पर्व यो वर्ष पनि भव्य रूपमा मनाइएको छ । राजवंशी समुदायले आज मंगलबार झापाका विभिन्न स्थानमा हर्षोल्लासका साथ दधिकाद पर्व मनाएका हुन् । मेचीनगर -७ स्थित बाइरुबारीमा सम्पन्न "दधिकाद" पर्वमा राजवंशी समुदायले पर्व सँग सम्बन्धित विभिन्न ५ वटा खेलहरु खेलाएको स्थानीय युवा बब्लु राजवंशीले जानकारी दिए। कार्यक्रममा झुला खेल, चिप्ले बाँस खेल, बाँस खेल, भ्यागुते खेल र हाँडी खेल खेलाइएको थियोे । उक्त खेलमा सहभागी मध्य क्रमश झुला खेलमा बुधारु राजवंशी , चिप्ले बाँस…
Read More
पत्रकारद्वय पौडेल र आचार्य सम्मानित

पत्रकारद्वय पौडेल र आचार्य सम्मानित

मेचीनगर । पत्रकारद्वय मुक्ती पौडेर र युवराज आचार्य सम्मानित भएका छन् । छैटौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमका बिच आज पत्रकारद्वय पौडेल र आचार्य सम्मानित भएका हुन् । बिगत लामो समयदेखि झापाको मेचीनगरमा रहेर पत्रकारीता क्षेत्रमा सक्रिय हुँदै समाजमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको आयोजक नाइटचेस क्लबले जनाएको छ । पत्रकार मुक्ति पौडेल जनसंसद डटकमका सम्पादक तथा एभिन्यूज टेलिभिजनको झापा संवाददाता हुन् । त्यस्तै उनी मेची सामुदायिक सेवा केन्द्रका निर्वाचित वर्तमान अध्यक्ष समेत हुन् । त्यसैगरी युवराज आचार्य हाम्रो खबरपाटी डटकमका सम्पादक तथा न्यूज २४ टिभिका झापा संवाददाता हुन् । साथै उनी मेचीनगर नगरपालिकाको प्रेस…
Read More
देवकोटा परिवारको सहयोगमा बन्यो जेसीज धारा, अध्यक्ष कार्कीद्वारा उद्घाटन

देवकोटा परिवारको सहयोगमा बन्यो जेसीज धारा, अध्यक्ष कार्कीद्वारा उद्घाटन

बाहुण्डाँगी । झापाको मेचीनगर नगरपालिका - ४ स्थित बाहुण्डाँगीमा जेसीज धारा उद्घाटन गरिएको छ । स्व टंकबहादुर देवकोटाको स्मृतिमा बाहुनडाँगी जेसीजको समन्वय तथा उनको परिवारको आर्थिक सहयोगमा निर्मित जेसीज धाराको आज सोमबार उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर -४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले धारामा पानी खोलेर उद्घाटन गरेका थिए भने कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिमबहादुर कुँवर, दाता परिवार , स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियोे । सार्वजनिक उपयोगका लागि स्व. देवकोटाको स्मृतिमा श्रीमती नर्वदा देवकोटा, छोरा बुहारीहरु सुरज, अनिसा, खेम, कला देवकोटा तथा देवकोटा परिवारले धारा निर्माण गर्न आर्थिक सहयोग गरेका थिए । सो अवसरमा…
Read More
सेल्टरदाता कार्कीको निधनमा एमालेको शोक सभा

सेल्टरदाता कार्कीको निधनमा एमालेको शोक सभा

माईधार । शिवसताक्षी नगरपालिका वाडनम्वर १० माइधार निवासी सावित्रा देवी कार्कीको निधनमा नेकपा एमाले शिवसताक्षीले शनिवार शोक सभा सम्पन्न गरेको छ । २०२७ साल देखीको कम्युनिस्ट आन्दोलनमा अनवरत रुपमा सक्रिय राजनीतिक योद्धा तथा एमाले नेताका सेल्टर दाता समध्वज कार्कीको श्रीमती सावित्राको निधनमा एमालेले निवासमै पुगेर श्रद्वान्जली सभा सम्पन्न गरेको हो । शोक सभामा मन्तव्य राख्दै नेकपा एमाले की केन्द्रिय सदस्य मेनुका काफ्लेले कार्कीको मृत्युले पार्टी र समाजमा अतुलनीय क्षति पुगेको बताईन् । उनले पार्टी भुमिगत भएका बेला स्वर्गिय सावित्राले पार्टीका नेतालाई महिनौ सम्म खाना पकाएर ख्खाउने र तत्कालिन शासकले नभेट्ने गरी लुकाउने गरेको केन्द्रिय सदस्य काफ्लेले बताईन् । ‘उहाँ ईमान्दार,…
Read More
विश्व सरणार्थी दिवस : अझै घर फर्किने आशमा छन् भुटानी सरणार्थी

विश्व सरणार्थी दिवस : अझै घर फर्किने आशमा छन् भुटानी सरणार्थी

प्रविण अधिकारी झापा । आज विश्व सरणार्थी दिवस । धुमधामका साथ विभित्र कार्यक्रमहरु गरेर विश्वभर मनाइँदैछ। तर  झापाको दमक स्थित बेलडाँगी शिविरमा रहेका भुटानी सरणार्थीहरु भने उक्त दिवसमा खासै उत्साहित देखिँदैन । दमक स्थित  बेलडाँगी शिविरमा रहेका भुटानी शरणार्थीहरु बिहिवार २४ औं विश्व शरणार्थी दिवस मनाउँदै गर्दा उनिहरु अझैसम्म मातृभूमि फर्किने आशमा बसिरहेका छन्। उनीहरुले शरणार्थी समस्या समाधान गर्न माग गर्दै धेरैपटक नेपाल सरकारलाई मात्रै नभएर संयुक्त राष्ट्रसंघ लगायतका दातृ निकायलाई  समेत आफुहरुलाई मातृभूमि फर्काइदिन हारगुहार गरिरहेका छन्। तर नेपाल सरकार र संयुक्त राष्ट्रसंघले उनिहरुलाई घर फर्काउनुको सट्टा बरु तेस्रो मुलुक पुनर्वास गर्ने योजना अघि सार्यो र सोही मौकामा सक्कली…
Read More
गृहमन्त्री लामिछाने एयरपोर्टमा ओर्लने बित्तिकै बिराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

गृहमन्त्री लामिछाने एयरपोर्टमा ओर्लने बित्तिकै बिराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

बिराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा विद्यार्थीहरुले एउटा सरकारी गाडी जलाइदिएका छन् भने पाँचवटा गाडी तोडफोड गरेका छन् । मोरङको रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् । यसैगरी पाञ्चालीस्थित कन्चनजंघा पार्टी प्यालेस बाहिर पार्किङमा रोकेर राखेका पाँचवटा गाडीमा समेत तोडफोड गरिएको छ । गृहमन्त्री रबि लामिछाने विराटनगर एयरपोर्टमा उत्रिना साथ विद्यार्थीहरुले विराटनगरको शान्ति सुरक्षा कमजोर रहेको संकेत गर्दै आगजनी गरेका थिए । मोरङ क्याम्पस अगाडी सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को- १ झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् । प्रहरीका अनुसार…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
Read More
आर्थिक लेनदेनका कारण घिमिरेले गरे ७०वर्षिय वृद्धको हत्या

आर्थिक लेनदेनका कारण घिमिरेले गरे ७०वर्षिय वृद्धको हत्या

डम्बर चौलागाइ , दोलखा २५ जेठ । आर्थिक लेनदेनका कारण भीमेश्वर नगरपालिका–१ क्षमावतीमा एक बृद्धको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आर्थिक लेनदेनका कारण हत्या भएको दोलखा प्रहरीले जनाएको छ । भीमेश्वर नगरपालिका–१ का ७७ वर्षीय बृद्ध झिलकवहादुर बिश्वकर्मा बाट एक बर्ष अघि दुई लाख ऋण ऋण लिएकाे र मारेपछि तिर्नै नपर्ने भनी छिमेकी ५२ बर्षिय गणेश घिमिरेले हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले हत्या आरोपीलाई सार्वजनिक गर्दै बृद्धको हत्या गरी भागेर काठमाडौं पुगेका घिमिरे लाई पक्राउ गरि सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दाेलखाको हत्यारा पत्ता लगाउने…
Read More