Skip to main content

Purbi Garjan

संस्कृति

आज महाअष्ठमी : महागौरीको पूजाआजा गरिँदै

झापा, १४ असोज । नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ। दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । शास्त्रीय मान्यताअनुसार यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप नष्ट हुने विश्वास गरिन्छ ।   सेतो वर्ण र सेतो पहिरन धारण गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन् । यी देवीको मुद्रा शान्त खालको…
Read More

आज घरघरमा फूलपाति भित्र्याइँदै

झापा, १३ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी,…
Read More

बडादशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा आराधना

झापा, १० असोज । बडादशैं अन्तरगत नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता दुर्गाको पाँचौं स्वरूप हुन्। स्कन्दकुमारकी माता भएकीले यिनको नाम स्कन्दमाता रहेको हो। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्द (कुमार) रहेका छन्। यिनको यो स्वरूपलाई कल्याणकारी वा मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना देवी पनि भनिन्छ। नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपमा भगवतीको आराधना गर्छन्। पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ। तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपमा भगवतीको आराधनाको विशेष महत्त्व रहेको बताइएको छ।
Read More
आज दशैंको चौथो दिन : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

आज दशैंको चौथो दिन : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

झापा, ९ असोज । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको बताइन्छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ,“कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः…
Read More
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

झापा । हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले श्रद्धा एवं आस्थाका साथ मनाउँदै छन्। यस दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याइन्छ। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजापाठ गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आज उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने मान्यता छ भने अन्य दिन उखेलिएको कुश त्यसै दिन मात्र प्रयोग गर्न सकिन्छ। यस अवसरमा छोराछोरीले आ–आफ्ना बाबुलाई मनपर्ने भोजन तथा मिठाई खुवाई आदर र सम्मान प्रकट गर्ने परम्परा छ। बाबु नभएकाहरूले भने पवित्र स्थानमा गई तर्पण, पिण्डदान र श्राद्ध गरी सिदा…
Read More
ne_NPNepali