Skip to main content

Purbi Garjan

बडादशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा आराधना

झापा, १० असोज । बडादशैं अन्तरगत नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता दुर्गाको पाँचौं स्वरूप हुन्। स्कन्दकुमारकी माता भएकीले यिनको नाम स्कन्दमाता रहेको हो।

गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्द (कुमार) रहेका छन्। यिनको यो स्वरूपलाई कल्याणकारी वा मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना देवी पनि भनिन्छ।

नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपमा भगवतीको आराधना गर्छन्।

पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ। तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपमा भगवतीको आराधनाको विशेष महत्त्व रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali