Purbi Garjan

दिन: २०८२ आश्विन १०, शुक्रबार

नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुला, १६ सय पदका लागि दरखास्त आह्वान

झापा, १० असोज । नेपाल प्रहरीले प्रहरी जवान र कार्यालय सहयोगी पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले आज सूचना जारी गर्दै झण्डै १६ सय पद पूर्तिका लागि आवेदन माग गरेको हो । सूचना अनुसार जनपद प्रहरी जवानतर्फ १,५५३ पद, कार्यालय सहयोगी हजामतर्फ ११ पद, कुचीकारतर्फ १५ पद र खेलाडीतर्फ १५ पद खुला प्रतियोगिताबाट समावेशी प्रावधानअनुसार भर्ना गरिनेछ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म आवेदन दिन सक्नेछन् । खेलाडीतर्फ आवेदन दिन चाहनेले फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते र तेक्वान्दो विधामध्ये कुनै एकमा…
Read More

बडादशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा आराधना

झापा, १० असोज । बडादशैं अन्तरगत नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता दुर्गाको पाँचौं स्वरूप हुन्। स्कन्दकुमारकी माता भएकीले यिनको नाम स्कन्दमाता रहेको हो। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्द (कुमार) रहेका छन्। यिनको यो स्वरूपलाई कल्याणकारी वा मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना देवी पनि भनिन्छ। नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपमा भगवतीको आराधना गर्छन्। पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ। तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपमा भगवतीको आराधनाको विशेष महत्त्व रहेको बताइएको छ।
Read More
ne_NPNepali