Skip to main content

Purbi Garjan

नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुला, १६ सय पदका लागि दरखास्त आह्वान

झापा, १० असोज । नेपाल प्रहरीले प्रहरी जवान र कार्यालय सहयोगी पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले आज सूचना जारी गर्दै झण्डै १६ सय पद पूर्तिका लागि आवेदन माग गरेको हो ।

सूचना अनुसार जनपद प्रहरी जवानतर्फ १,५५३ पद, कार्यालय सहयोगी हजामतर्फ ११ पद, कुचीकारतर्फ १५ पद र खेलाडीतर्फ १५ पद खुला प्रतियोगिताबाट समावेशी प्रावधानअनुसार भर्ना गरिनेछ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म आवेदन दिन सक्नेछन् । खेलाडीतर्फ आवेदन दिन चाहनेले फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते र तेक्वान्दो विधामध्ये कुनै एकमा दक्षता भएको प्रमाणित गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali