Skip to main content

Purbi Garjan

मेचीनगर–४ मा टोल विकासको नयाँ अवधारणा पत्र सार्वजनिक, प्रत्येक टोललाई रु. ५० हजार अनुदान

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ ले २५ वटै टोललाई समेट्दै पाँचवर्षे दृष्टिसहितको टोल विकास अवधारणा पत्र सार्वजनिक गरेको छ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै प्रत्येक टोललाई रु. ५० हजारको टोल सुधार अनुदान छुट्याइएको घोषणा गरिएको हो।

अवधारणा पत्रले तत्कालीन आवश्यकता—जस्तै सडक बत्ती, धारा मर्मत, सरसफाइ, करेसाबारी र फुलबारी विकास—मात्र होइन, सांस्कृतिक पुनर्जीवन, स्वास्थ्य र पोषण, सामाजिक समावेशीकरण, आर्थिक आत्मनिर्भरता, शिक्षा–प्रतिभा विकास तथा पर्यावरण संरक्षणलाई दीर्घकालीन लक्ष्य बनाएको छ।

पाँचवर्षे योजना अनुसार पहिलो वर्ष भौतिक संरचना र आधारभूत तालिममा जोड दिइने, दोस्रो वर्षदेखि आर्थिक र सांस्कृतिक विस्तार गरिने र पाँचौँ वर्षसम्म आत्मनिर्भर टोल मोडेलको स्थापना गर्ने लक्ष्य लिइएको छ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, बैज्ञानिक सुमन पौडेल शुभ चिया सहकारीका अध्यक्ष रमेश दाहाल,साना किसान सहकारी अध्यक्ष टुकादेबी भण्डारी लगायतले मन्तव्य राखेका थिए । वडा अध्यक्ष अर्जुन कुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि र २५ वटै टोल विकास समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

हेर्नुहोस् के – के छन् योजना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali