Skip to main content

Purbi Garjan

समुदाय जुट्यो,विद्यालय सजियो: युथ फर सोसाइटीको हरियाली अभियान

मेचिनगर । झापाको मेचिनगर नगरपालिका–१५, बिचार्निस्थित ज्ञानदीप प्राथमिक विद्यालय अगाडि युथ फर सोसाइटी मेचीनगर -१५ को आयोजनामा समुदायस्तरीय फुल रोप्ने कार्यक्रम सम्पन्न भएको छ।

गाउँलाई हरियाली, स्वच्छ र आकर्षक बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बिचार्नी कीर्तन समूह, पाथीभरा कीर्तन समूह तथा युथ फर सोसाइटी मेचीनगर-१५ का सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

सहभागीहरूले आफूसँग भएका फुलका बिरुवा तथा सार्न मिल्ने फुलका बोटहरू रोपण गरेका थिए। फुलले वातावरणीय सौन्दर्य बढाउनुका साथै सामुदायिक चेतना अभिवृद्धि गर्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने युथ फर सोसाइटी मेचीनगर-१५ ले जनाएको छ।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष सहयोग पुर्‍याउने ज्ञानदीप प्राथमिक विद्यालय, बिचार्नी कीर्तन समूह, पाथीभरा कीर्तन समूह तथा उपस्थित सबैलाई आयोजकले आभार व्यक्त गरेको छ। साथै, फुल रोपणका लागि माटो सहयोग गर्ने रेम्बो खवास, दीपी कटुवाल र सहयोगी राजकुमार राजबंशीप्रति विशेष धन्यवाद दिइएको छ।

संस्थाका सदस्य स्मृति राउत र दीक्षा साहले समुदायको साथ, सहयोग र सद्भाव अमूल्य रहेको बताउँदै फुल रोप्ने अभियानले थप ऊर्जा प्रदान गरेको उल्लेख गरे। यस्तै, आयुस्क श्रेष्ठले रोपिएका फुलको संरक्षण र हुर्काइमा सबैको निरन्तर सहयोग आवश्यक रहेको बताइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali