Purbi Garjan

दिन: २०८२ पुष ३, बिहीबार

मेचीनगरमा पहिलो पटक रेपिड चेस च्याम्पियनसीप हुँदै

मेचीनगरमा पहिलो पटक रेपिड चेस च्याम्पियनसीप हुँदै

मेचीनगर । मेचीनगरमा पहिलो पटक रेपिड चेस च्याम्पियनसीप प्रतियोगिता आयोजना हुने भएको छ । नाइट चेस क्लब काँकरभिट्टाको आयोजनामा यही पुस ५ गते प्रथम केसीसी प्रेसिडेन्ट खुला रेपिड चेस च्याम्पियनसीप प्रतियोगिता हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिन क्लबले पत्रकार सम्मेलन आयोजना गरेको थियो । क्लबका अध्यक्ष विश्वविजय घिमिरेले नयाँ प्रतिभाको प्रोत्साहन र उत्पादनमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । क्लबका वरिष्ठ उपाध्यक्ष तथा टुर्नामेन्ट डाइरेक्टर राजु पौडेलका अनुसार प्रतियोगिता विभिन्न क्याटोगोरीमा सञ्चालन हुनेछ भने विजेतालाई १ हजार ५ सयदेखि १० हजार रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिनेछ । काँकरभिट्टामा पहिलो पटक आयोजना हुन लागेको यस प्रतियोगितामा भारतलगायत अन्य…
Read More
समुदाय जुट्यो,विद्यालय सजियो: युथ फर सोसाइटीको हरियाली अभियान

समुदाय जुट्यो,विद्यालय सजियो: युथ फर सोसाइटीको हरियाली अभियान

मेचिनगर । झापाको मेचिनगर नगरपालिका–१५, बिचार्निस्थित ज्ञानदीप प्राथमिक विद्यालय अगाडि युथ फर सोसाइटी मेचीनगर -१५ को आयोजनामा समुदायस्तरीय फुल रोप्ने कार्यक्रम सम्पन्न भएको छ। गाउँलाई हरियाली, स्वच्छ र आकर्षक बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बिचार्नी कीर्तन समूह, पाथीभरा कीर्तन समूह तथा युथ फर सोसाइटी मेचीनगर-१५ का सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले आफूसँग भएका फुलका बिरुवा तथा सार्न मिल्ने फुलका बोटहरू रोपण गरेका थिए। फुलले वातावरणीय सौन्दर्य बढाउनुका साथै सामुदायिक चेतना अभिवृद्धि गर्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने युथ फर सोसाइटी मेचीनगर-१५ ले जनाएको छ। कार्यक्रम सफल बनाउन प्रत्यक्ष सहयोग पुर्‍याउने ज्ञानदीप प्राथमिक विद्यालय, बिचार्नी कीर्तन समूह, पाथीभरा कीर्तन समूह…
Read More
ne_NPNepali