Skip to main content

Purbi Garjan

मेचीनगरमा पहिलो पटक रेपिड चेस च्याम्पियनसीप हुँदै

मेचीनगर । मेचीनगरमा पहिलो पटक रेपिड चेस च्याम्पियनसीप प्रतियोगिता आयोजना हुने भएको छ । नाइट चेस क्लब काँकरभिट्टाको आयोजनामा यही पुस ५ गते प्रथम केसीसी प्रेसिडेन्ट खुला रेपिड चेस च्याम्पियनसीप प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताबारे जानकारी दिन क्लबले पत्रकार सम्मेलन आयोजना गरेको थियो । क्लबका अध्यक्ष विश्वविजय घिमिरेले नयाँ प्रतिभाको प्रोत्साहन र उत्पादनमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
क्लबका वरिष्ठ उपाध्यक्ष तथा टुर्नामेन्ट डाइरेक्टर राजु पौडेलका अनुसार प्रतियोगिता विभिन्न क्याटोगोरीमा सञ्चालन हुनेछ भने विजेतालाई १ हजार ५ सयदेखि १० हजार रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिनेछ ।

काँकरभिट्टामा पहिलो पटक आयोजना हुन लागेको यस प्रतियोगितामा भारतलगायत अन्य देशबाट पनि खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता संयोजक तथा क्लबका पूर्व अध्यक्ष शेरबहादुर बस्नेतले विशेष गरी कोशी प्रदेशलाई लक्षित गरी प्रतियोगिताको तयारी गरिएको जानकारी दिनुभयो ।

खेल संयोजक बसन्त श्रेष्ठका अनुसार प्रतियोगितामा विभिन्न चरणमार्फत कुल २१ जना खेलाडीलाई नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।
कार्यक्रमका प्रमुख अतिथि तथा मेचीनगर वडा नम्बर ६ का अध्यक्ष ललित तामाङले यस्ता प्रतियोगिताले मेचीनगरको मान, सम्मान र गरिमा बढाउने भन्दै सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले नाइट चेस क्लबले यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्दै आएको र नव प्रतिभा उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याएको स्मरण गराउनुभयो ।

क्लबका महासचिव राजेश राउतका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार र चौथो हुनेलाई ४ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट १५ औँ स्थानसम्मका खेलाडी तथा क्याटोगोरी अन्तर्गत ६ जनालाई पुरस्कृत गरिनेछ ।
प्रतियोगिताका लागि कुल ६० हजार ५ सय रुपैयाँ पुरस्कार रकम विनियोजन गरिएको छ । प्रतियोगिता यही पुस ५ गते शनिबार काँकरभिट्टा क्याम्पसको हलमा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali