Skip to main content

Purbi Garjan

युवतीमाथि जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ

झापा । झापाको शिवसताक्षी नगरपालिका–९ दुधे क्षेत्रमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार शिवसताक्षी–९ निवासी २३ वर्षीय अमृत धन कुलुङ राईले १९ वर्षीया युवती (परिवर्तित नाम ‘लालमैया’) लाई गत माघ २० गते दिउँसो करिब ३ बजेतिर आफ्नै पुरानो (हाल कोही नबस्ने) घरमा लगेर जबरजस्ती करणी गरेको आरोप लागेको हो।

घटनापछि पीडित युवतीले वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी थिइन्। सोही आधारमा प्रहरी टोली खटिई अनुसन्धानका क्रममा वैशाख १६ गते दुधे चोकबाट आरोपित कुलुङ राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि झापा जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali