Purbi Garjan

युवतीमाथि जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ

झापा । झापाको शिवसताक्षी नगरपालिका–९ दुधे क्षेत्रमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार शिवसताक्षी–९ निवासी २३ वर्षीय अमृत धन कुलुङ राईले १९ वर्षीया युवती (परिवर्तित नाम ‘लालमैया’) लाई गत माघ २० गते दिउँसो करिब ३ बजेतिर आफ्नै पुरानो (हाल कोही नबस्ने) घरमा लगेर जबरजस्ती करणी गरेको आरोप लागेको हो।

घटनापछि पीडित युवतीले वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी थिइन्। सोही आधारमा प्रहरी टोली खटिई अनुसन्धानका क्रममा वैशाख १६ गते दुधे चोकबाट आरोपित कुलुङ राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि झापा जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

उद्घाटन खेलमै मेक्सिकोको दमदार जित, दक्षिण अफ्रिकामाथि २–० को विजय

उद्घाटन खेलमै मेक्सिकोको दमदार जित, दक्षिण अफ्रिकामाथि २–० को विजय

झापा । घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिको राष्ट्रिय फुटबल टोली ले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिका ...
आज सबै विद्यालय बन्द गरेर सम्मान कार्यक्रम उपस्थित हुन मेचीनगरको निर्देशन

आज सबै विद्यालय बन्द गरेर सम्मान कार्यक्रम उपस्थित हुन मेचीनगरको निर्देशन

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक–कर्मचारी तथा विद्यार्थी सम्मान कार्यक्रमका लागि नगरभित्रका सामुदायिक, संस्थागत तथा ...

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौँ, २३ जेठ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुस...

घट्यो वर्षा, तातो लहर बढ्दै

झापा, १९ जेठ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ...
ne_NPNepali