Purbi Garjan

दिन: २०८३ बैशाख १९, शनिबार

युवतीमाथि जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ

युवतीमाथि जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ

झापा । झापाको शिवसताक्षी नगरपालिका–९ दुधे क्षेत्रमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार शिवसताक्षी–९ निवासी २३ वर्षीय अमृत धन कुलुङ राईले १९ वर्षीया युवती (परिवर्तित नाम ‘लालमैया’) लाई गत माघ २० गते दिउँसो करिब ३ बजेतिर आफ्नै पुरानो (हाल कोही नबस्ने) घरमा लगेर जबरजस्ती करणी गरेको आरोप लागेको हो। घटनापछि पीडित युवतीले वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी थिइन्। सोही आधारमा प्रहरी टोली खटिई अनुसन्धानका क्रममा वैशाख १६ गते दुधे चोकबाट आरोपित कुलुङ राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि झापा जिल्ला अदालतमा उपस्थित…
Read More
ne_NPNepali