Purbi Garjan

Breaking News 3

झापामा जङ्गली हात्ती मृत फेला

झापा, ४ असोज । मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् । मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए । घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ ।   वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताए । ‘हिजो बेलुका सो क्षेत्रमा भारतबाट १२ वटा हात्ती प्रवेश गरेको सूचना प्राप्त भएको थियो,” उहाँले भन्नुभयो, “बिहान त एउटा हात्ती मरेको खबर आयो ।’ के कारणले हात्ती म¥यो भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रमुख…
Read More

घटस्थापना देखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला

झापा, १ असोज । घटस्थापना (असोज ६ गते) देखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो।   बैठकले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ। यस्तै, यातायात व्यवसायीले टिकट बिक्रीमा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुवाहक सवारीसाधनको सरोकार भएका निकायसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने निर्णय…
Read More

कोरियामा म्यानपावरमार्फत श्रमिक पठाउने योजना रोकियो

झापा, ३१ भदौ । निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीको म्यानपावर व्यवसायीमार्फत कोरियामा सीपयुक्त श्रमिक पठाउने योजना नयाँ सरकारले रोक लगाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्यविधि कार्यान्वयन नगर्ने निर्णय सार्वजनिक गर्दै सरोकारवालालाई जानकारी गराएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीको निर्णय शंकास्पद देखिएपछि प्रारम्भिक छानबिन गर्दै मन्त्रालयलाई पत्राचार गरेको थियो। उजुरीहरूमा मन्त्रीले निजी व्यवसायीबाट लाभ लिएर श्रमिक पठाउने अनुमति दिन खोजेको आरोप लगाइएको छ । हालसम्म नेपाल र कोरियाबीचको जीटुजी सम्झौता अनुसार इपीएस प्रणालीमार्फत ई–९ भिसामा साधारण श्रमिक पठाउने गरिँदै आएको छ । सरकारले निजी क्षेत्रमार्फत ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि अघि बढाए पनि त्यसले इपीएस…
Read More

काँकडभिट्टा नाकाबाट १ अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात

झापा, १६ भदौ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालू आर्थिक वर्ष २०८२–८३ को साउन महिनामा १ अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार रुपैयाँको, अलैँची ३२ करोड ४३ लाख २१ हजार रुपैयाँको, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख रुपैयाँको, अम्लिसो आठ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा छ…
Read More

धरानमा पहिरोले एक घरमा क्षति, १२ घर उच्च जोखिममा

धरान, २३ साउन । तीन दिनदेखि लगातार भइरहेको वर्षासँगै गएराति आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पुर्‍याएको छ भने सो क्षेत्रका १२ भन्दा बढी घर उच्च जोखिममा परेका छन्। राति करिब १ः३० बजे खसेको पहिरोले स्थानीय छजुङ भोटेको घरको माथिल्लो भाग पुरिँदा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। “राति ठूलो आवाज आयो, भुइँचालो हो कि भनेर डर लाग्यो,” भोटेले भने, “बाहिर निस्केर हेर्दा पहिरो खसिरहेको देखियो। हेर्दाहेर्दै घर पुरियो।”   स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए । घटनापछि तत्कालै घटनास्थल पुगेका वडा नं. ३ का सदस्य मिङ्मा भोटेले वडाको…
Read More

श्रमिकले बन्द गरे झापाका चारवटा चिया बगान

झापा, २२ साउन । झापाका चिया श्रमिकहरूले जिल्लाका चारवटा चिया बगान बन्द गरेका छन् । ३० दिने अल्टिमेटमभित्र आफ्ना माग पूरा नभएपछि उनीहरुले चिया बगान बन्द गरेका हुन् । श्रमिकहरूले भद्रपुरको गौरीशङ्कर, रिद्धिगणेश, सूर्य र मेचीनगरको नाज टी इस्टेटमा हडताल गरेका हुन् । गौरीशङ्कर, रिद्धिगणेश र सूर्य टी इस्टेटमा साउन १८ देखि र नाज टी इस्टेटमा हिजोदेखि श्रमिकहरूले काम बन्द गरेको नेपाल चिया कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईले जानकारी दिनु भयो । जिल्लाका अन्य बगानहरूमा पनि क्रमशः हडताल गर्दै जाने उहाँले बताउनुभयो ।   श्रम ऐन २०७४ को दफा ११६ (ग)अनुसार श्रमिकहरूले विभिन्न माग राखेका छन् । श्रम ऐन…
Read More

कोशी प्रदेशमा ट्रान्सफर्मर चोरीको श्रृंखला: १३ जना पक्राउ, ३६८.५ किलो तामा बरामद

झापा, २१ साउन । कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लाका विभिन्न स्थानमा पछिल्लो समय ट्रान्सफर्मर चोरीका घटनाहरू तीव्र गतिमा बढ्न थालेका छन् । २०८१ माघ १५ गतेदेखि सुरु भएका यस्ता घटनाहरूले सिँचाइ प्रभावित बनाउँदै कृषकलाई गम्भीर समस्यामा पारिरहेका छन् । प्राप्त जानकारी अनुसार, मोरङ जिल्लामा ८ स्थान, सुनसरीमा १२ स्थान र झापामा २ स्थानमा चोरीका घटना भएको पुष्टि भएको छ । साउन ९ गते राति मोरङको रंगेली नगरपालिका–९ इटाभट्टा टोलमा दुई मोटरसाइकलमा आएका तीन व्यक्तिहरू संकास्पद अवस्थामा भेटिएपछि प्रहरी देख्नासाथ फरार भएका थिए। घटनास्थल नजिकै ट्रान्सफर्मरमा चढिरहेका मोरङ ग्रामथान–४ निवासी अर्जुन कुमार थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाको गम्भीरतालाई ध्यानमा…
Read More
ne_NPNepali