झापा । बिराटनगरबाट गाइघाटतर्फ गइरहेको यात्रुबाहक बस सप्तकोशी नदीमा खसेको छ। साँझ ६:०५ बजे यात्रुसहित कोशी ब्यारेजको पुलबाट बस खसेको हो । सप्तरी प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार कोशी ब्यारेजको ३५ नम्बर ढोकाबाट बस खसेको र बसमा अन्दाजी १५-२० जना यात्रु रहेको उनले बताए। कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको र घटनाको थप विवरण आउन बाँकी छ।

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) बाट एकाएक गायब भएका छन् । शनिबार राति लामिछानेको सबै प्लेटफर्मबाट गायब भएका हुन् । गुगलमा इन्डेक्स भएका उनका अकाउन्टहरू सम्बन्धित सामाजिक सञ्जालका प्लेटफर्मबाट भने हटेका छन् । अकाउन्टमा समस्या आएको हो वा उनी आफै गायब भएका हुन् भन्ने विषय अहिलेसम्म बाहिरिएको छैन । लामिछानेको फेसबुकमा ११ लाख, इन्स्टामा तीन लाख ३७ हजार र एक्समा दुई लाख ६६ हजार बढी फलोअर थिए । लामिछानेको एक लाख पाँच हजार बढी सब्स्क्राइबर भएको युट्युब च्यानल भने यथावत छ । सामाजिक सञ्जालबाट लामिछाने एकाएक किन गायब भए भन्ने विषयले चौतर्फी चर्चा पाइरहेको…

बिराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले अनशनस्थलबाटै पक्राउ गरेपछि बिराटनगर तनावग्रस्त बनेको छ। सुरक्षाकर्मी र केदार कार्की समर्थकबीच दोहोरो झडप भएपछि अवस्था तनावग्रस्त बनेको हो । झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरुको संख्या यकिन छैन। झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन्। घाइतेहरुको संख्या पनि यकिन छैन। झडपका कारण प्रदेशसभा भवननजिकको अनशनस्थल तनावग्रस्त बनेको छ। १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति हटाएको आदि विषयमा विरोध जनाउँदै पूर्वमुख्यमन्त्री कार्कीले आमरण अनशनमा बसेका थिए । उनले विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि आमरण अनशनमा बसेका…

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि आज बिहान शङ्कास्पद वस्तु भेटिएको छ । धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि राति १ बजे तारसहितको वस्तु कालो झोलामा राखिएको अवस्थामा फेला परेपछि रातिबाटै प्रहरीले सो स्थानलाई निगरानीमा राखेको थियो । बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको र सेनाको टोली सो वस्तुलाई निष्क्रिय गर्ने कार्यमा लागेको प्रहरीले जनाएको छ।

झापा । झापाको अर्जुनधारा नगरपालिकाबाट भरुवा बन्दुक १ थान र चोरीका सामानसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। शुक्रबार राति अन्दाजी १०:१० बजे अर्जुनधारा नगरपालिका वडा नं.०७ मिलडाँडा बस्ने ईन्दिरा अधिकारीले संचालन गरेको किराना पसलमा ताला फुटाई विभिन्न सामानहरुचोरी भएको उजुरी प्रहरी चौकी शनिश्चरेमा परेको थियोे । उजुरी पछि प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटि गई चोरी गर्ने व्यक्तिहरुको अनुसन्धान तथा खोजतलास शुरु भएको थियोे । सोही क्रममा हिजो शनिबार २६ गते अन्दाजी १०:३० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं. ०४ देवान चोक स्थित चोरीमा संलग्न युवाहरूलाई शंकाष्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको थियोे । उनिहरु मध्ये वर्ष २२ को…

नुवाकोट । बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको ९एन–एजेडी कलसाइनकाे हेलिकाेप्टर नुवाकोटको शिवपुरी गाउँपालिका- ७ सूर्यचौर (सुइरेचाैर)मा दुर्घटना हुँदा सवार पाँच जनाको मृत्यु भएको छ। दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ।हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ सवार थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्बन्धविच्छेद भएको थियो। दुर्घटनाको खबर प्राप्त भएपछि प्राधिकरणले उद्धारका लागि प्रभु एयरको ९एन–एएनएल कल साइनको हेलिकोप्टर पठाएको थियोे ।

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…

काठमाण्डौ – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार आफैँ संसद् चल्न नदिने र संसदीय छानविन समिति बन्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कांग्रेस नेताहरुले संसद्मा भएको अवरोधको जिम्मेवार पनि सरकार नै भएको ठहर गरेको छ । बैठकले अब संसद्मा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न पर्सि सोमवार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ । सरकारले संसद् पनि चल्न नदिने र उपप्रधानमन्त्रीमाथि छानविनका लागि संसदीय समिति पनि बन्न नदिने रवैयाविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न सोमवार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय…