Skip to main content

Purbi Garjan

श्रमिकले बन्द गरे झापाका चारवटा चिया बगान

झापा, २२ साउन । झापाका चिया श्रमिकहरूले जिल्लाका चारवटा चिया बगान बन्द गरेका छन् । ३० दिने अल्टिमेटमभित्र आफ्ना माग पूरा नभएपछि उनीहरुले चिया बगान बन्द गरेका हुन् ।

श्रमिकहरूले भद्रपुरको गौरीशङ्कर, रिद्धिगणेश, सूर्य र मेचीनगरको नाज टी इस्टेटमा हडताल गरेका हुन् । गौरीशङ्कर, रिद्धिगणेश र सूर्य टी इस्टेटमा साउन १८ देखि र नाज टी इस्टेटमा हिजोदेखि श्रमिकहरूले काम बन्द गरेको नेपाल चिया कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईले जानकारी दिनु भयो । जिल्लाका अन्य बगानहरूमा पनि क्रमशः हडताल गर्दै जाने उहाँले बताउनुभयो ।

 

श्रम ऐन २०७४ को दफा ११६ (ग)अनुसार श्रमिकहरूले विभिन्न माग राखेका छन् । श्रम ऐन २०७४ को ११ अनुसार रोजगार सम्झौता गरेर मात्र काममा लगाउनुपर्ने, सबै श्रमिकलाई श्रम ऐन अनुसार उपदान, संचयकोष, चाडपर्व खर्च दिनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबैलाई सूचीकृत गरिनुपर्ने, पत्ती डबलीको दर वृद्धि हुनुपर्ने, २०८० साल साउनको दुई महिनाको प्रत्येक दिनको रु ६५ छुटेको रकम भुक्तानी दिनुपर्ने, व्यवसायजन्य स्वास्थ्य सुरक्षा समिति गठन र सुरक्षा सामग्रीको व्यवस्था हुनुपर्ने, दैनिक काम गर्ने कार्यथलोमा बाटोघाटो सुरक्षित बनाउनुपर्ने, दुई वर्षभन्दा बढी समय काम गरेकालाई नियमित श्रमिकको मान्यता हुनुपर्ने, ट्रेड युनियनसम्बन्धी सेमिनार गोष्ठीमा सहभागी हुँदा हाजिरी बिदा पाउनुपर्ने, सञ्चित रहेको घर बिदा, बिरामी बिदाको रकम नगद भुक्तानी दिनुपर्नेलगायतका माग चिया श्रमिकहरूले राखेका छन् ।

चिया श्रमिकहरूले आफ्ना माग बगान सञ्चालकसमक्ष राख्दै आएका छन् । तर, रोजगारदाताले २१ दिनसम्म वार्तामा नबोलाएको केन्द्रीय अध्यक्ष राईले बताए । दफा ११८ बमोजिम श्रम कार्यालयमा उजुरी गरेपछि श्रम कार्यालयले दुई पटक वार्ता बोलाएको थियो । तर वार्तामा सबै बगानले आधिकारिक प्रतिनिधि पठाएनन् भने कसैको आएर पनि कुनै सहमति हुन सकेन । दफा १२१ अनुसार ३० दिनको अल्टिमेटम दिँदा समेत अटेर गरेपछि बाध्य भएर हडतालमा उत्रिनु परेको केन्द्रीय अध्यक्ष राईको भनाइ छ । गौरीशङ्करमा ७०, रिद्धिगणेशमा २५, सूर्यमा ७० र नाज टी इस्टेटमा ६५ जना श्रमिक कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali