Skip to main content

Purbi Garjan

कोशी प्रदेशमा ट्रान्सफर्मर चोरीको श्रृंखला: १३ जना पक्राउ, ३६८.५ किलो तामा बरामद

झापा, २१ साउन । कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लाका विभिन्न स्थानमा पछिल्लो समय ट्रान्सफर्मर चोरीका घटनाहरू तीव्र गतिमा बढ्न थालेका छन् । २०८१ माघ १५ गतेदेखि सुरु भएका यस्ता घटनाहरूले सिँचाइ प्रभावित बनाउँदै कृषकलाई गम्भीर समस्यामा पारिरहेका छन् ।

प्राप्त जानकारी अनुसार, मोरङ जिल्लामा ८ स्थान, सुनसरीमा १२ स्थान र झापामा २ स्थानमा चोरीका घटना भएको पुष्टि भएको छ । साउन ९ गते राति मोरङको रंगेली नगरपालिका–९ इटाभट्टा टोलमा दुई मोटरसाइकलमा आएका तीन व्यक्तिहरू संकास्पद अवस्थामा भेटिएपछि प्रहरी देख्नासाथ फरार भएका थिए। घटनास्थल नजिकै ट्रान्सफर्मरमा चढिरहेका मोरङ ग्रामथान–४ निवासी अर्जुन कुमार थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रादेशिक अपराध अनुसन्धान समूह विराटनगरको नेतृत्वमा ३५ भन्दा बढी सादा पोशाकधारी प्रहरी परिचालित गरेर छानबिन थालिएको थियो।

चोरीमा संलग्न ७ जना र चोरीका सामान किन्ने ६ जना गरी जम्मा १३ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेहरूमा मोरङ, सुनसरी र भारतका नागरिकहरू समेत रहेका छन्।

प्रहरीले चोरीमा संलग्न मोरङ  ग्रामथान गाउँपालिका-४ का ४२ वर्षीय अर्जुन कुमार माझी (चौधरी), ग्रामथान-५ सिमरिया टोल का ३१ वर्षीय इरज धामी, सुनसरी दुहवी नगरपालिका-३ लबिपुर का ३५ वर्षीय अनुज विस्वास (चौधरी), मोरङ बेलबारी नगरपालिका-४ कसेनीका २६ वर्षीय अर्जुन चौधरी, भारत घर भई हाल सुनसरी दुहवी नगरपालिका-४ मलाटीमा ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मिँया (विहारी), मोरङ बेलबारी नगरपालिका-३ का २७ वर्षीय रञ्जित तामाङ र जिल्ला सुनसरी दुहवी नगरपालिका-२ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरीलाई पक्राउ गरेको छ ।

त्यस्तै चोरीको सामान खरिद गर्ने मोरङ विराटनगर महानगरपालिका ३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर महानगरपालिका-६ का ६२ वर्षीय कृष्ण गोपाल ताम्राकार, सुनसरी दुहबी-३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी-२ का ३१ वर्षीय कपिल भट्ट र सुनसरी इटहरी उपमहानगरपालिका-४ का ३९ वर्षीय सिताराम राईलाई पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा...
हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
ne_NPNepali