Skip to main content

Purbi Garjan

कोरियामा म्यानपावरमार्फत श्रमिक पठाउने योजना रोकियो

झापा, ३१ भदौ । निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीको म्यानपावर व्यवसायीमार्फत कोरियामा सीपयुक्त श्रमिक पठाउने योजना नयाँ सरकारले रोक लगाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्यविधि कार्यान्वयन नगर्ने निर्णय सार्वजनिक गर्दै सरोकारवालालाई जानकारी गराएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीको निर्णय शंकास्पद देखिएपछि प्रारम्भिक छानबिन गर्दै मन्त्रालयलाई पत्राचार गरेको थियो। उजुरीहरूमा मन्त्रीले निजी व्यवसायीबाट लाभ लिएर श्रमिक पठाउने अनुमति दिन खोजेको आरोप लगाइएको छ ।

हालसम्म नेपाल र कोरियाबीचको जीटुजी सम्झौता अनुसार इपीएस प्रणालीमार्फत ई–९ भिसामा साधारण श्रमिक पठाउने गरिँदै आएको छ । सरकारले निजी क्षेत्रमार्फत ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि अघि बढाए पनि त्यसले इपीएस प्रणालीमा प्रतिकूल असर पार्न सक्ने भन्दै आयोगले आपत्ति जनाएको छ।

अख्तियारले कतिपय बिचौलियाले कोरिया पठाउने नाममा रकम असुल्ने गरेको उजुरीहरू प्राप्त भएको उल्लेख गर्दै निजी क्षेत्रमार्फत श्रमिक पठाउने व्यवस्था उपयुक्त नहुने ठहर गरेको छ। साथै, इपीएस प्रणालीमार्फत जाने श्रमिकलाई मोबाइल सेट वितरण गर्ने प्रस्तावमा पनि शोषणको सम्भावना रहेको भन्दै आयोगले चेतावनी दिएको छ।

अख्तियारले श्रमिकलाई सुरक्षित, पारदर्शी र मितव्ययी तरिकाले सरकारी संयन्त्रबाटै विदेश पठाउने नीति अवलम्बन गर्न सुझाव दिएको छ। मन्त्री भण्डारीसम्बन्धी अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali