Skip to main content

Purbi Garjan

विप्लव नेतृत्वको नेकपाद्वारा जनश्रममार्फत २ सय मिटर बाटो निर्माण

कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पलाता गाउँ कमिटीले जनश्रममार्फत करिब २०० मिटर लम्बाइको घोरेटो बाटो निर्माण गरेको छ।

पलाता गाउँपालिका–२ कालजोसी डाँडामा विहिबार पार्टी कार्यकर्ता र स्थानीयवासीको सक्रिय सहभागितामा करिब ५० जनाले बाटो निर्माणमा श्रमदान गरेका हुन्। सो कार्य नेकपाका केन्द्रीय सदस्य तथा गाउँपालिकाका इन्चार्ज साहासी सीको नेतृत्वमा सम्पन्न भएको नेकपाले जनाएको छ।

स्थानीयलाई आवतजावतमा ठूलो कठिनाई भएपछि नेकपाको पहलमा बाटो निर्माण गरिएको हो। निर्माण कार्यमा नेता साहासी स्वयं पनि दिनभर श्रमदानमा सहभागी भएका थिए।

‘जनताको साथमा रहेको जनताको पार्टी भएकाले समस्या समाधानका लागि बजेटको मुख ताकेर बस्ने होइन, जनश्रम गरेर भए पनि बाटो निर्माण गरेका हौं,’ नेता साहासीले ज्वाला खबरसँग प्रतिक्रिया दिएका छन्।

नेकपाले स्थानीय जनताको आवश्यकता बुझेर बाटो निर्माण गरेपछि बस्तीका बासिन्दा उत्साहित भएका छन्।
‘पार्टीले उत्पादनमूलक कार्यसँगै विकास निर्माणमा प्रत्यक्ष हातेमालो गरेकोमा धन्यवाद छ,’ स्थानीयवासीले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali